काठमाडौं। नेपाली तथा नेपालभाषा चलचित्रका युगीन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ। विगत ५५ बर्षदेखि नेपाली तथा नेपालभाषा चलचित्र क्षेत्रमा निरन्तर योगदान दिएवापत अभिनयका महारथी मान–पदवी तथा अलंकार सहित जोशीलाई नेवाःसाधना कला केन्द्रले नगद ५० हजार सहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिन लागेको हो।

यही असार १२ गते विहीवार ललितपुरको भोल टोलस्थित ज्यापु प्रज्ञा–प्रतिष्ठानमा हुने भव्य समारोह वीच उक्त लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी आयोजक संस्था नेवाःसाधना कला केन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठ (बागमती भाइ) ले दिएका छन्।
उक्त सम्मान समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई नगर पिता विभूषण र नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशीलाई नेवाः तारा सम्मानवाट विभूषित गरिने जानकारी पनि आयोजक बागमती भाइले दिएका छन्।


प्रकाशन मिति–२०८२ साल जेठ २४ गते शनिवार ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०८२ १७:५५