चितवन । जिल्लामा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स संक्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन्।
भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरू नयाँ थपिएका हुन। भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस फाउण्डेसनमा सन् २०२५ को पाँच महिनामा ती बिरामी थपिएका हुन्।
अस्पतालमा आएर परीक्षण गरेका र समुदायस्तरमा परीक्षण गरिएका २३ जना हुन । अहिले यस केन्द्रमा नियमित औषधि खानेको सङ्ख्या एक हजार एक सय ८८ जना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०८२ १३:२४