धनकुटा । सुँगुरको मासु खाने क्रममा घाँटीमा मासु अड्किएर धनकुटाका वृद्धको मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बुको सुँगुरको मासु खाने क्रममा अचानक घाँटीमा मासु अड्किएर मृत्यू भएको प्रहरीले बताएको छ ।
जेठ २१ गतेका दिन घरमा मासु पकाएर खाने क्रममा वृद्ध लिम्बुको घाँटीमा मासु अड्किएपछि उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो ।
विराट टिचिङ अस्पतालमा डाक्टरले अड्किएको मासु लिम्बूको घाँटीबाट निकालिएको भएपनि घाँटीमा असर पारेका कारण उनको उपचारको क्रममा गएराति मृत्यु भएको डिएसपी ओमप्रकाश खनालले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०८२ १६:१४