Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
बुधबार, चैत ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, चैत ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार ३२, २०८२

मुस्ताङ । हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई लक्षित गरी सुविधा थप गरिएको छ । एकै दैनिक सयौं तिर्थालु आउने मन्दिरमा सहज पूजाआजाका लागि प्रवेशद्वारदेखि मन्दिर परिसरको स्तरोन्नति गरिएको छ ।

मन्दिरको पूरानो स्वरुपलाई असर नगर्ने गरी सामाजिक कार्यालयको सहयोगमा मन्दिर परिसरमा ढुङ्गा बिछ्याइएको छ । मन्दिरमा १०८ धारा र कुण्डमा स्नान गर्ने क्रममा चिप्लिएर लड्न थालेपछि मुक्तिनाथ व्यवस्थापन समितिको पहलमा मन्दिर परिसर, १०८ धारा र कुण्डमा तीन हजार १४० स्क्वायर फिट  ढुङ्गा बिछ्याइएपछि अहिले मन्दिर परिसर सफा र चिटिक्क देखिएको छ ।

मुक्तिनाथ व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले तिर्थालुको गुनासोलाई मध्यनजर गरी मन्दिरको प्रवेशद्वारदेखि मन्दिरसम्म आवश्यक सुविधा थप गर्न थालिएको बताए। प्रजिअ भुषालले भन्नुभयो, ‘‘तिर्थालुलाई मन्दिरमा कुनै अभाव महसुस हुन नदिने गरी संरचनाहरू थपिँदैछ, अहिले धेरै सहज छ ।’’

प्रजिअ भुषालले मन्दिरमा तिर्थालुको गुनासो र आवश्यकता समेत सङ्कलन गरी सामान्य आर्थिक खर्च हुने अवस्थामा तत्कालै व्यवस्थापन गर्ने गरिएको छ । समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा अवस्थित मन्दिरमा चिसो पानीमा स्नान गरेपछि तातोापनीको आवश्यकता महसुस गरेपछि दानपेटिकामा चढाएको भेटीबाट दुई सय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था समेत गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका कर्मचारी रविन सुबेदीले दिएको जानकारी अनुसार १०८ धारामा स्नान गर्ने क्रममा विगतमा दुर्घटनामा घाइते भएपछि स्नानस्थल सुरक्षित बनाउन राख्न रेलिङ निर्माण गरिएको छ । मन्दिर परिसरमा कपडा फेर्ने स्थmल, शौचालयको समेत क्षमता विस्तारसहित विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेको छ । मन्दिर व्यवस्थापन समितिले तिर्थालुलाई लेक लागेमा तत्कालै उपचार, मन्दिर आसपासका क्षेत्रमा कुनै समस्या भएमा उद्धारका लागि समते प्रहरी तथा स्वयमंसेवक परिचालन गर्ने गरिएको छ ।

एकैपटक ५० हजार तिर्थालुलाई सेवा दिन सकिने गरी संरचनाको डिजाइन गर्न भौतिक संरचना थप गर्न मुक्तिनाथ विकास समितिले पुरातत्व विभागसँग अनुमति समेत मागेको छ । मन्दिर परिसरमा निर्मित पूराना संरचनाले तिर्थयात्रुलाई असहज भएको अवस्थामा शौचालय, कपडा परिवर्तन गर्ने, मन्दिरमा प्रवेश र बाहिरिने बाटो विस्तार, कम्पाण्ड वाल निर्माण, वर्षात र हिमपाको समयमा बस्ने तथा मर्मतका लागि डिजाइन गरी पुरातत्व विभागमा पठाइएको छ । मुक्तिनाथ मन्दिरमा नेपाली तथा विदेशी तिर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी वार्षिक करिब आठ लाखको आगमन रहेको छ । मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तिर्थालु पुग्ने तथ्याङ्कले देखाउँछ ।  

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाज
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
अरुण नदीमा जेटबोट चढेर
अरुण नदीमा जेटबोट चढेर शनिबार, फागुन ३०, २०८२
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर बुधबार, फागुन २७, २०८२
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि मंगलबार, फागुन २६, २०८२
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र बुधबार, फागुन २०, २०८२
विसं २०८३ सालकाे सार्वजनिक बिदा
विसं २०८३ सालकाे सार्वजनिक बिदा मंगलबार, फागुन १९, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
  • नंः ३ बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
  • नंः ४ मौसम बारे मौसमविद् वरुण पौडेलको भनाई यस्तो छ
  • नंः ५ सीमाना पारको सम्बन्ध
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्