Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल  एक महिना देखि फाजु बाबा बेहोश ।। उपचारमा करोडौं खर्च ।। उपचारको लागि आर्थिक संकट ।।
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन ३, २०८२

काठमाडौं। कुनैबेला नेपालको नाना पाटेकर भनेर चिनिएका कलाकार श्याम सुन्दर श्रेष्ठ सिकिस्त विरामी परेका छन्। विगत एक महिनादेखि बेहोशी अवस्थामा फाजु बाबा समेत भनेर चिनिएका कलाकार श्रेष्ठको काठमाडौंको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ।

डाक्टरहरुका अनुसार, कलाकार श्रेष्ठको टाउकोमा दूर्घटनाको गंभीर चोट रहेको छ। सोही चोटका कारण टाउकोको शल्यक्रिया समेत गरिसकेको छ। डाक्टरहरुको अथक प्रयासका वावजुद पनि कलाकार श्रेष्ठको होश आउन सकेको छैन्।

 विसं.२०७८ साल जेष्ठ २८ गते काठमाडौंको ताहाचलस्थित चारदोबाटोमा राति ११ः३० बजे भएको गंभीर दूर्घटनामा कलाकार श्रेष्ठ परेका थिए। श्रेष्ठ सवार मोटरसाइकललाई विपरित दिशावाट हुइँकिएर आएको विरामी नबोकेको एम्बुलेन्सले ठक्कर दिएर फरार भएको थियो।

उक्त गंभीर दूर्घटनामा परेका श्रेष्ठको उपचार प्रहरीको सहयोगले काठमाडौंको सीतापाइला स्थित मनमोहन अस्पताल हुदै बाँसबारीको न्यूरो अस्पतालमा गरिएको थियो। बाँसबारीको न्यूरो अस्पतालमा ६ महिना लामो उपचार पश्चात होशमा आएका कलाकार श्रेष्ठको उपचारमा करोडौ खर्च भैसकेको छ। 

Deena-QR-3-1752944149.jpeg

Deena-QR-1-1752944147.jpeg

दूर्घटनाको चार बर्ष वितिसक्दा पनि दूर्घटना गराउने एम्बुलेन्स र उक्त एम्बुलेन्स चालकलाई प्रहरीले पत्ता लगाउन सकेको छैन्। पटक पटकको टाउको शल्यक्रिया तथा महंगो औषधि उपचारले केही सामान्य अवस्थामा आएपनि टाउकोमा सानो कुनै चोट पर्नासाथ पटक पटक उक्त समस्या आउने गरेको कलाकार श्रेष्ठकी पत्नी दिना मानन्धरले बताएकी छन्। महिना दिनअघि पनि शौचालय जाने क्रममा लडेर टाउकोमा चोट परेपछि बेहोश बनेको र हालसम्म पनि होश नआएको उनको भनाई छ। 

Deena-QR-2-1752944147.jpeg

विगत चार बर्षदेखि यसरी नै पटक पटक उपचारमा लाग्दालाग्दै आर्थिक अवस्थाले थेग्न नै नसकेको र अस्पतालको शुल्क तिर्न पनि कठिनाइ भैसकेको उनले तितो यथार्थ पोखेकी छन्। कठिन अवस्था तथा चरम आर्थिक समस्याले गर्दा विरामी पतिलाई बचाइदिन पत्नी दिना मानन्धरले सवै शुभचिन्तकहरुलाई आग्रह तथा अनुरोध गरेकी छन्।

नेपाली चलचित्र जंगली–बाबु लगायतका चलचित्र तथा म्युजिक भिडियोका अभिनेता रहेका कलाकार श्रेष्ठ गंभीर दूर्घटनामा पर्नुअघिसम्म सामाजिक क्षेत्रमा अत्यन्त सक्रिय थिए। सामाजिक संस्था श्रीशक्ति समूह मार्फत मर्कामा परेकाहरुलाई सहयोग गर्दैआएका कलाकार श्रेष्ठ गम्भिर अवस्थामा छन्।

उनको जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरिएको छ। शुभचिन्तकहरुले उनको बेहोश अवस्थामा उपचार भैरहेको बबरमहल स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा प्रत्यक्ष भेटेर सहयोग गर्न सकिन्छ। अस्पताल पुग्न नसक्ने सहयोगदाताहरुले निम्न बैंकको क्यूआर कोड मार्फत सहयोग गर्न सकिने भनिएको छ।

Deena-QR-1752944151.jpeg


 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्