Top Navigation
Main Navigation
मंगलबार, पुस १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, पुस १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल  एक महिना देखि फाजु बाबा बेहोश ।। उपचारमा करोडौं खर्च ।। उपचारको लागि आर्थिक संकट ।।
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन ३, २०८२

काठमाडौं। कुनैबेला नेपालको नाना पाटेकर भनेर चिनिएका कलाकार श्याम सुन्दर श्रेष्ठ सिकिस्त विरामी परेका छन्। विगत एक महिनादेखि बेहोशी अवस्थामा फाजु बाबा समेत भनेर चिनिएका कलाकार श्रेष्ठको काठमाडौंको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ।

डाक्टरहरुका अनुसार, कलाकार श्रेष्ठको टाउकोमा दूर्घटनाको गंभीर चोट रहेको छ। सोही चोटका कारण टाउकोको शल्यक्रिया समेत गरिसकेको छ। डाक्टरहरुको अथक प्रयासका वावजुद पनि कलाकार श्रेष्ठको होश आउन सकेको छैन्।

 विसं.२०७८ साल जेष्ठ २८ गते काठमाडौंको ताहाचलस्थित चारदोबाटोमा राति ११ः३० बजे भएको गंभीर दूर्घटनामा कलाकार श्रेष्ठ परेका थिए। श्रेष्ठ सवार मोटरसाइकललाई विपरित दिशावाट हुइँकिएर आएको विरामी नबोकेको एम्बुलेन्सले ठक्कर दिएर फरार भएको थियो।

उक्त गंभीर दूर्घटनामा परेका श्रेष्ठको उपचार प्रहरीको सहयोगले काठमाडौंको सीतापाइला स्थित मनमोहन अस्पताल हुदै बाँसबारीको न्यूरो अस्पतालमा गरिएको थियो। बाँसबारीको न्यूरो अस्पतालमा ६ महिना लामो उपचार पश्चात होशमा आएका कलाकार श्रेष्ठको उपचारमा करोडौ खर्च भैसकेको छ। 

Deena-QR-3-1752944149.jpeg

Deena-QR-1-1752944147.jpeg

दूर्घटनाको चार बर्ष वितिसक्दा पनि दूर्घटना गराउने एम्बुलेन्स र उक्त एम्बुलेन्स चालकलाई प्रहरीले पत्ता लगाउन सकेको छैन्। पटक पटकको टाउको शल्यक्रिया तथा महंगो औषधि उपचारले केही सामान्य अवस्थामा आएपनि टाउकोमा सानो कुनै चोट पर्नासाथ पटक पटक उक्त समस्या आउने गरेको कलाकार श्रेष्ठकी पत्नी दिना मानन्धरले बताएकी छन्। महिना दिनअघि पनि शौचालय जाने क्रममा लडेर टाउकोमा चोट परेपछि बेहोश बनेको र हालसम्म पनि होश नआएको उनको भनाई छ। 

Deena-QR-2-1752944147.jpeg

विगत चार बर्षदेखि यसरी नै पटक पटक उपचारमा लाग्दालाग्दै आर्थिक अवस्थाले थेग्न नै नसकेको र अस्पतालको शुल्क तिर्न पनि कठिनाइ भैसकेको उनले तितो यथार्थ पोखेकी छन्। कठिन अवस्था तथा चरम आर्थिक समस्याले गर्दा विरामी पतिलाई बचाइदिन पत्नी दिना मानन्धरले सवै शुभचिन्तकहरुलाई आग्रह तथा अनुरोध गरेकी छन्।

नेपाली चलचित्र जंगली–बाबु लगायतका चलचित्र तथा म्युजिक भिडियोका अभिनेता रहेका कलाकार श्रेष्ठ गंभीर दूर्घटनामा पर्नुअघिसम्म सामाजिक क्षेत्रमा अत्यन्त सक्रिय थिए। सामाजिक संस्था श्रीशक्ति समूह मार्फत मर्कामा परेकाहरुलाई सहयोग गर्दैआएका कलाकार श्रेष्ठ गम्भिर अवस्थामा छन्।

उनको जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरिएको छ। शुभचिन्तकहरुले उनको बेहोश अवस्थामा उपचार भैरहेको बबरमहल स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा प्रत्यक्ष भेटेर सहयोग गर्न सकिन्छ। अस्पताल पुग्न नसक्ने सहयोगदाताहरुले निम्न बैंकको क्यूआर कोड मार्फत सहयोग गर्न सकिने भनिएको छ।

Deena-QR-1752944151.jpeg


 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्