Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
बुधबार, चैत ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, चैत ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, भदौ २१, २०८२

काठमाडौ । विवाहित महिलाहरूको सबैभन्दा बृहत सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड-२०२५ को अन्तिम प्रतिस्पर्धामा तीस जना छनाैट भएका छन्।

नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा सम्पन्न स्यासिङ सेरोमनीमा मिसेस नेपाल वर्ल्ड-२०२५ को अन्तिम प्रतिस्पर्धाका लागि छनाैट भएका उनीहरूलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको हो ।

मिसेस नेपाल वर्ल्ड-२०२५ को आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार यस संस्करणमा गृहिणी, चिकित्सक, इन्जिनियर, व्यवसायी, स्वास्थ्यकर्मी, शिक्षासेवी, फेसन डिजाइनर, नर्स, कर्मचारी, महिला अधिकारवादी, कानुन व्यवसायी, समाजसेवीदेखि पाइलटसम्मका महिलाहरू प्रतिस्पर्धामा रहेका छन् ।

अडिशनमा चितवनबाट सञ्जु भट्ट, खोटाङबाट इमायुङ राई, सुझाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीबाट कञ्चन झा, ललितपुरबाट श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, रञ्जना बुधाथोकी, कुसुम खड्का र श्रीजना बिष्ट, विराटनगरबाट पुजन ढकाल, काभ्रेपलाञ्चोकबाट अरुणा लामा, नेपालगञ्जबाट एलीना केसी, सुदूरपश्चिमबाट विद्या चौहान, रामेछापबाट निर्मला सुनुवार, लुम्बिनीबाट तारा खनाल र रक्षा पन्त, ईटहरीबाट दीपिका तामाङ, तेह्रथुमबाट सुम्निमा खापुङ, कीर्तिपुरबाट बिनिता अधिकारी, नवलपरासीबाट गंगा लामिछाने, स्याङ्जाबाट बिष्णु भण्डारी, मकवानपुरबाट सरस्वती विश्वकर्मा, काठमाडौंबाट सजनी जोशी, सुमिना महर्जन र बिष्णु तिमिल्सिना, भक्तपुरबाट सुभाना रोक्का, झापाबाट करुणा श्रेष्ठ अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्।

कार्यक्रममा विभिन्न गीत संगीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा विद्यार्थी कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने गायक तथा संगीतकार ओम सुनार र लोकप्रिय गायिका तथा कार्यक्रम प्रस्तोता जुनु रिजाल काप्mलेले गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए।

प्रतियोगिताको ग्रान्ड फिनाले आगामी असोज २८ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिनेछ। प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा रहने छन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेलले सम्हाल्ने छन् ।

त्यस्तैगरी, सहायक कोरियोग्राफर आईना गजुरेल हुनेछन् । समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन् भने प्रशिक्षक टोलीमा सञ्चार, सौन्दर्य, नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक उत्तरदायित्वका विज्ञहरूको सहभागिता रहेको छ।

मिसेस नेपाल वर्ल्ड-२०२५ को विजेताले अमेरिकामा आयोजना हुने मिसेस नेपाल वर्ल्ड-२०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यसअघि २०२१ मा दिक्षा केसी, २०२३ मा पृथ्वीया थापा र २०२४ मा डेनिला कार्कीले उपाधि जितेका थिए।

थापाले मिसेस नेपाल वर्ल्ड-२०२३ मा सहभागी भई ह्युम्यानिटेरियन अवार्ड जितेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काएकी थिइन्। आयोजक झा का अनुसार यस संस्करणलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउन विशेष तयारी गरिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाज
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
अरुण नदीमा जेटबोट चढेर
अरुण नदीमा जेटबोट चढेर शनिबार, फागुन ३०, २०८२
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर बुधबार, फागुन २७, २०८२
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि मंगलबार, फागुन २६, २०८२
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र बुधबार, फागुन २०, २०८२
विसं २०८३ सालकाे सार्वजनिक बिदा
विसं २०८३ सालकाे सार्वजनिक बिदा मंगलबार, फागुन १९, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
  • नंः ३ बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
  • नंः ४ मौसम बारे मौसमविद् वरुण पौडेलको भनाई यस्तो छ
  • नंः ५ सीमाना पारको सम्बन्ध
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्