Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
मंगलबार, असोज २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, असोज २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • घटस्थापना : आजबाट बडादशैं सुरु
घटस्थापना : आजबाट बडादशैं सुरु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असोज ६, २०८२

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं सुरु भएसँगै आज पहिलो दिन घटस्थापनाको दिन हो।

आश्विन शुक्ल प्रतिपदाको दिनदेखि पूर्णिमासम्म बडो हर्षोल्लास र धूमधामकासाथ यस महान चाड बडादशैंलाई मनाउने गरिन्छ।

आज बडादशैंको पहिलो दिन घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

Nepal Oil Corporation

विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा गर्ने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायत देशभरका देवी मन्दिर अर्थात् शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको छ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०८:१३
##jamara #ghatasthapana #dashain
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग
नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा ५० लाख सहयोग आइतबार, असोज १२, २०८२
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन
भोजपुरमा रेविज विरुद्ध खोप अभियान सञ्चालन बिहीबार, असोज ९, २०८२
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे
दशै मनाउँन घरजाने यात्रुकाे चाप बढ्दाे बुधबार, असोज ८, २०८२
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम
घोराही सिमेन्टद्वारा सरसफाइ र रङरोगन कार्यक्रम बुधबार, असोज ८, २०८२
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’
जलेको घर हेर्दै भावविह्वल ओली पत्नी राधिका भन्छिन्–‘इतिहास पढेको भए पो थाहा पाउँथे’ मंगलबार, असोज ७, २०८२
मनाइयो विश्वकर्मा पूजा
मनाइयो विश्वकर्मा पूजा बुधबार, असोज १, २०८२
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ‘बा’ को चुरी फुरी
  • नंः २ टि–२० विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ मन्त्रिपरिषद्को बैठकले गर्याे यस्ताे निर्णय
विचार
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्