नारायणगढ, चितवन । श्री नयाँ सबुज गण दल भरतपुरमा सञ्चालित सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न भएको छ।
नेपाली सेनाका नम्बर ७ बाहिनी अड्डाका बाहिनिपति सहायक रथी डा. कमल बानियाँको प्रमुख आतिथ्यतामा अन्तिम दलेल कवाज सम्पन्न भएको हो।
तालिमको अवसरमा कोशी प्रदेशका ४१ जना, गण्डकी प्रदेशका ३ जना, कर्णाली प्रदेशका ३१ जना र सुदुर पश्चिम प्रदेशका २९ जना गरी १०४ जना सहभागी रहेका थिए । उनीहरुले ९ महिनाको कठोर तालिम पश्चात सपथ लिएका हुन् ।
सोही अवसरमा राष्ट्रको मेरुदण्ड सेना हो भने सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासीत तथा कर्तव्यनिष्ठ सिपाही भएको बाहिनिपति बानियाँले बताएका थिए । बाहिनीपति डा बानियाँले भने “भविष्यमा आई पर्ने कुनै पनि चुनौतिहरुको सामना गर्ने शारिरीक, मानसिक र नैतिक शाहस तपाईहरुले यस तालिमको दौरानबाट प्राप्त गर्नुभएको छ भन्ने मैले विश्वास लिएको छु ।”
राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिवद्ध नेपाली सेनाको मूलभूत दायीत्वलाई मनन् गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुती दिन समेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म भएको बाहिनीपति डा बानियाँले बताए।
सैन्य आधार तालिम दिक्षान्त समारोहको अवसरमा गणका पण्डितद्घारा नयाँ सपथ गराइएको थियो भने सिपाहीहरुले आफन्तहरुसँग भेटघाट गरेर खुसी साटासाट गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२ ०७:२९