Top Navigation
Main Navigation
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, मंसिर २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असोज ३१, २०८२

सिन्धुली । जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका क्षेत्रमा जुनार बगैँचामा रोगका कारण समस्या भएको छ ।  बोटमा लटरम्म फलेका जुनारका फल कुहिएर भुईँमा झर्न थालेपछि किसान चिन्तित बनेका छन् । 

गोलञ्जोर गाउँपालिका–४ का जुनार कृषक लोकबहादुर आलेमगरले बिक्रीका लागि बजार पठाउने बेला पछिल्ला दिनमा कुहिएर भुईँमा झरेको दुःखेसो गरे । उनले भने, “बिक्रीका लागि बजार पठाउने बेला समस्या भएको छ । पहिला यस्तो भएको थिएन । खै, यस्तो के रोग लाग्यो ? रोगको पहिचान गरी समस्या समाधान गरिदिन सरकारसँग हाम्रो आग्रह छ ।”

कृषकको आग्रहअनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ, सिन्धुली र गोलञ्जोर गाउँपालिका कृषि विकास शाखाको संयुक्त टोलीले असोज २८ गते जुनार पकेट क्षेत्र आलेगाउँ, माझकुभिण्डे र मालिङ्गे क्षेत्रका १५ जना कृषकका जुनार बगैँचाको स्थलगत अवलोकन तथा कृषकसँग अन्तरक्रिया गरेको थियो । 

अवलोकनका क्रममा जुनार फल तल्लो भागबाट कुहिन सुरु भएको र कुहिएको फल भुईँमा झरेको पाइएको गोलञ्जोर कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए । उनका अनुसार बोटको तल्लो भागमा रहेका फल बढी कुहिएर झरेको देखिएको छ । अवलोकन गरिएका स्थानमध्ये आलेगाउँ क्षेत्रमा रोगको प्रकोप सबैभन्दा बढी देखिएको छ ।  

शाखा प्रमुख चौधरीले भने, “हामीले जुनार बगैँचामा देखिएको रोगबारे अनुसन्धान गर्न सम्बन्धित निकायसँग सहयोग माग गरेका छौँ । कृषकले बगैँचा सफा राख्नुपर्छ, झरेका फल तुरुन्त सङ्कलन गरी खाल्डोमा पुर्नुपर्छ भनेका छौँ ।” 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एकाइ प्रमुख यामकुमार श्रेष्ठले प्रारम्भिक विश्लेषण गर्दा ढुसीजन्य रोग हुनसक्ने अनुमान गरिएको बताए। रोगको थप अनुसन्धान र पुष्टि गर्न फलको नमुना बुधबार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पठाइएको उनले बताए । 

गोलञ्जोरका केही क्षेत्रका जुनार बगैँचामा रोग देखिन थाले पनि अन्यत्र भने विगतका वर्षमा देखिएका रोगसमेत नियन्त्रण हुँदै गएको एकाइ प्रमुख श्रेष्ठले बताए ।  

जुनार उत्पादनका लागि गोलञ्जोर गाउँपालिकालाई मुख्य केन्द्र मानिन्छ । पालिकाका छ वडामा जुनारको व्यावसायिक उत्पादन भइरहेको छ । रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ जुनारको व्यावसायिक उत्पादन र निर्यात हुँदै आएको छ ।

“गोलञ्जोरको भूमि जुनार उत्पादनका लागि अत्यन्त उपयोगी मानिन्छ । यसको खेती हाम्रो प्राथमिकतामा छ”, गाउँपालिका प्रमुख शङ्कर राज बरालले भने, “प्रत्येक वर्ष विभिन्न रोग र किराको समस्याले उत्पादनमा असर पुर्‍याइरहेको छ । रोग र किराको नियन्त्रणका लागि अनुसन्धान र दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेका छौँ ।”

जुनारमा देखिने रोग नियन्त्रण गर्न सरकारी तवरबाट प्रयास नै नभएको होइन, तर हाल भएका प्रयास र जुनार प्रवर्द्धनका लागि आवश्यक व्यवस्थापन अपुग भएको स्थानीय जुनार किसान बताउँछन् । 

कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको तथ्याङ्कअनुसार जिल्लामा एक हजार ३१८ हेक्टरभन्दा बढीमा जुनार र सुन्तला खेती हुँदै आएको । त्यसमध्ये ७९४ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएका बोटले उत्पादन दिइरहेका छन् । जिल्लामा बर्सेनि रु ५२ करोड बराबरको जुनार र सुन्तला बिक्री हुने गरेको बताइन्छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः २ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः ३ महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्