हिमपातसंगै मुक्तिनाथ मन्दिर र मन्दिर परिसर पुरै हिउँले सेताम्मे भएका कारण दर्शनकार्यमा बाधा पुगेको छ।
‘यहाँको मुक्तिनाथ १०८ धारा, कुण्ड, र परिसरमा सेताम्मे हिउँ जमेको छ, यो अवस्थामा स्नान गर्ने नुहाउँने कार्य समेत हुँदैन, कर्मचारी सुवेदीले भने,‘ दर्शन गर्ने पैदलयात्रीहरुलाई हिउँको जोखिम बढेको छ, सुरक्षित र सावधानी अपनाउन भनेका छौं । कर्मचारी सुवेदीले मुक्तिनाथ क्षेत्र र आसपासका स्थान पुरै हिउँले ढाकिएको बताए ।
मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८ सय मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४ सय मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्र भएर पदयात्रा नगर्नु/नगराउनु हुन अनुरोध गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १२, २०८२ १८:५८