काठमाडौ । बैंकर नारायणदास मानन्धरको आज निधन भएको छ ।
लामो समयसम्म प्राइम कमर्सियल बैंकको संस्थापनाकालदेखि नेतृत्व गर्दै आएका प्रमुख कार्यकारी अधिकृत मानन्धरको ८३ वर्षको उमेरमा निधन भएको हो।
सन् १९६९ मा भूमिसुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका निज मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंकको प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक भएका थिए।
त्यस्तै, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक हुँदै अन्तमा प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सेवा निवृत्त भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ २०:५७