काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका धेरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । यस्तै, राति तराई भू–भागका धेरै स्थानमा हुस्सु रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०८२ १०:०४