उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७, होक्सेखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोंगका अनुसार त्रियुगा–६, जलजले बस्ने ४३ वर्षीय राजा हुसेन अली र मोहनपुरकी २६ वर्षीया आशा सदाको मृत्यु भएको हो।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.१त २८२५ नम्बरको सिमेन्ट मिक्चर जडित ट्याक्टर ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते ४० वर्षीया समिद्रा सदा विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत छन् भने ४५ वर्षीय शम्भु सदा उपचारपछि डिस्चार्ज भएका छन्।
ट्याक्टर चालक मनोज साह (बिलेतिय) फरार रहेकाले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, पुस २१, २०८२ १७:१९