Top Navigation
Main Navigation
आइतबार, पुस २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, पुस २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस २७, २०८२

स्याङ्जा । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो ।

वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष ताराप्रसाद अर्यालले जानकारी दिए । वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम रु एक लाखदेखि अधिकतम रु ३५ लाखसम्म आम्दानी गर्न सफल भएका उनले बताए ।

सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको रु ७० का दरले बोटबाटै बिक्री गरेका हुन् । “सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट रु दश करोड बढी आम्दानी भएको पाइयो”, उनले भने, “वडामा सुन्तलाको बगैँचा विस्तार गर्ने क्रम जारी रहेकाले आगामी वर्षहरूमा उत्पादन वृद्धि हुँदै जाँदा आम्दानी पनि स्वतः वृद्धि हुने छ ।”

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि कोदो, मकै हुने बारीहरूमा सुन्तला बगैँचा विस्तार गर्ने क्रम बढ्दै गएको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको भीरकोट–७ मा तीन वर्षअघि बगैँचा विस्तार गरिएको थियो । आम्दानीसित जोड्नका लागि थप ५०० रोपनी क्षेत्रफलमा पन्ध्र हजार ५०० बिरुवा रोपिएको थियो । यहाँका कृषकहरूलाई सुन्तलाखेतीप्रति थप आकर्षित गर्नका लागि सुन्तला बगैँचा व्यवस्थापन शिविर, उपकरण हस्तान्तरण, रोग कीरा नियन्त्रणसम्बन्धी सहजीकरण तथा परामर्श दिइएको उनले बताए।

“यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढसहित स्थानीय बजारमा खपत हुने गरेको छ”, उनले भने, “ज्याला, ढुवानीसहित हाल प्रतिकेजी रु ७० का दरले बोटबाटै व्यापारीले लैजाने भएकाले बजारको कुनै समस्या छैन ।”

भीरकोट–७ जिमिरेका सुन्तला कृषक देवीलाल अर्यालले यस वर्ष रु १५ लाख बढीको सुन्तला बिक्री गरे । उनले अहिले प्रतिकेजी रु ७० का दरले सुन्तला बगैँचाबाटै बिक्री गरिरहेका छन् । सोही वडाको लोलुङ्गाका ७१ वर्षीय लालप्रसाद कोइरालाले पनि यस वर्ष रु १५ लाख बढीको सुन्तला बिक्री गरे। यहाँका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट धेरैजसो सुन्तला बिक्री भइसकेको छ भने केही बिक्री हुनेक्रममा छन् ।

स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोड मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कूल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाज
मनाङमा जडीबुटी उत्पादन घट्दै
मनाङमा जडीबुटी उत्पादन घट्दै आइतबार, पुस २७, २०८२
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा आइतबार, पुस २७, २०८२
आजकाे माैसम: कस्तो रहला आज देशभर ?
आजकाे माैसम: कस्तो रहला आज देशभर ? आइतबार, पुस २७, २०८२
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ?
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ? शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने शुक्रबार, पुस २५, २०८२
देशभर आगलागीका घटनामा वृद्धि
देशभर आगलागीका घटनामा वृद्धि शुक्रबार, पुस २५, २०८२
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी मंगलबार, पुस २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्