Top Navigation
Main Navigation
शुक्रबार, वैशाख १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, वैशाख १८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस २७, २०८२

नेपालगन्ज । तराईमा चलेको अत्यधिक शीतलहर र बाक्लो हुस्सुका कारण बाँकेका मौरीपालक किसानहरू चिन्तित बनेका छन्। चिसो सहन नसकेर घारभित्रै मौरी मर्न थालेपछि मह उत्पादनमा ठूलो गिरावट आउने संकेत देखिएको छ। नेपाल मौरीपालक महासङ्घ बाँकेका अनुसार प्रतिकूल मौसमका कारण कतिपय घारहरू रित्तिने अवस्थामा पुगेका छन्।

नेपाल मौरीपालक महासङ्घ बाँकेका अध्यक्ष पुरमल बस्नेतका अनुसार चिसोका कारण घारका करिब दुई प्रतिशत मौरी मरिसकेका छन्। बाहिर निस्कँदा चराको आक्रमण र भित्र रहँदा शीतलहरको चपेटामा परेपछि मौरीका लागि अहिलेको समय 'सङ्कटकाल' जस्तै बनेको छ। बाँकेमा विशेष गरी युरोपबाट विकास गरिएको उन्नत जातको 'मेलिफेरा' मौरीबाट व्यावसायिक मह उत्पादन हुने गरेको छ। चरिचरनका लागि विभिन्न स्थानमा लैजाँदा मौरीलाई चिसोले झन् बढी सताउने गरेको छ। रैथाने जातका मौरी, भमरा र पुत्का समेत मर्न थालेकाले यिनीहरूको वासस्थान सुरक्षाका लागि विशेष कार्यक्रम आवश्यक देखिएको छ।

कोहलपुरका अर्का किसान कृष्ण आचार्यको अनुभव झन् पीडादायी छ। उनले पालेका ७० घारमध्ये अत्यधिक चिसोले गर्दा करिब आधा मौरी मरिसकेका छन्। एउटा घारमा हुने १० वटा फ्रेममध्ये दुईदेखि तीन फ्रेम अहिले खाली भइसकेका छन्। चिसोका कारण रानीमौरीले अण्डा पार्न नसक्ने र कामदार मौरी आहारका लागि बाहिर निस्कन नसक्दा भोकै मर्ने अवस्था आएको छ। बाँकेमा करिब १२ जना व्यावसायिक किसानले मौरीपालन गर्दै आएका छन्। गत वर्ष जिल्लामा करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएकोमा यस वर्ष त्यो संख्या निकै घट्ने अनुमान गरिएको छ।

मौरीपालक किसानहरू अहिले चरिचरनका लागि बाँकेबाट दाङ, बर्दिया र सुर्खेतसम्म धाउने गर्छन्। तोरीको फूल सकिनु र शीतलहर बढ्नुले किसानलाई दोहोरो मार परेको छ। गत वर्ष कोहलपुर नगरपालिकाले मौरीपालकलाई पाँच लाख रुपैयाँ अनुदान दिए पनि यस वर्ष भने सरकारी स्तरबाट कुनै ठोस सहयोगका कार्यक्रम नभएको कृषि विकास शाखाले जनाएको छ। यस्तो अवस्थामा मौरीलाई बचाउन र किसानको लगानी सुरक्षित गर्न सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाज
रोल्पाको जलजलामा जीप दुर्घटना
रोल्पाको जलजलामा जीप दुर्घटना बिहीबार, वैशाख १७, २०८३
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’ मंगलबार, वैशाख १५, २०८३
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य शुक्रबार, वैशाख ११, २०८३
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन
श्रीअन्तु–कन्यामको काखमा बितेको एक दिन आइतबार, वैशाख ६, २०८३
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते
उदयपुरकाे कटारीमा होटलको कोठामा सँगै बसेका प्रेमीको मृत्यु, प्रेमिका घाइते सोमबार, चैत २३, २०८२
दूरीको दूरी
दूरीको दूरी आइतबार, चैत २२, २०८२
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित
गुराँसको फूल हेर्न स्वदेशी तथा विदेशीहरु लालायित मंगलबार, चैत १०, २०८२
लालीगुराँसले रङ्गियाे घोडेपानी
लालीगुराँसले रङ्गियाे घोडेपानी शुक्रबार, चैत ६, २०८२
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ बिहीबार, चैत ५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ थापाथलीमा सुकुम्बासीको हुंकारः बसोबास बिना विस्थापन अस्वीकार्य
  • नंः २ बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
  • नंः ३ सीप र रोजगारका जिउंदा देउता ‘अमृत रत्न शाक्य’
  • नंः ४ कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
  • नंः ५ बालेन सरकारको एक महिनाः १०० बुँदे महत्त्वाकांक्षामा कार्यान्वयन कति ?
विचार
पहिलो माया अमर माया
पहिलो माया अमर माया दीपक विवश आँशु
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास NamiNews- नामीन्यूज
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्