Top Navigation
Main Navigation
आइतबार, पुस २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, पुस २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • मनाङमा जडीबुटी उत्पादन घट्दै
मनाङमा जडीबुटी उत्पादन घट्दै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस २७, २०८२

मनाङ । हिमाली जिल्ला मनाङलाई जडीबुटी उत्पादनको प्रमुख क्षेत्र मानिन्छ । विगतको तुलनामा पछिल्लो समय यहाँ जडीबुटी उत्पादन घट्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङ एकाइको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा कृषि, पशुपालन र जडीबुटी मुख्य आयस्रोत हुन् । यी सबै क्षेत्रमार्फत आयस्तर घट्ने क्रममा रहेको एकयापले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा जडीबुटीबाट रु १४ लाख ९३ हजार १७५ राजस्व सङ्कलन भएको छ । यार्सागुम्बा ४८ दशमलव आठ किलो निकासी गरेबापत रु १४ लाख १९ हजार ८०० राजस्व सङ्कलन भएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार प्रतिकिलो रु ३१ हजार राजस्व सङ्कलन हुन्छ ।

वनलसुन एक हजार ७७५ दशमलव पाँच किलोबापत रु ५३ हजार २६५, कुट्की ३०५ किलोबापत रु १२ हजार २०० र जिम्बु ७९१ किलोको रु सात हजार ९१० राजस्व सङ्कलन भएको उनले जानकारी दिए । उनका अनुसार आव २०८१र८२ मा जडीबुटीबाट रु ३६ लाख पाँच हजार ५९० राजस्व सङ्कलन भएको हो ।

आव २०८१/८२ मा यार्सागुम्बा ११२ दशमलव ६९ किलोबापत रु ३४ लाख ९९ हजार ४०, वनलसुन तीन हजार १८६ दशमलव तीन किलोबापत रु ९७ हजार ४५० र जिम्बु ९१० किलोबापत रु नौ हजार १०० राजस्व सङ्कलन भएको छ ।

आव २०८०/८१ मा जडीबुटीबाट रु २३ लाख २७ हजार ३३० राजस्व सङ्कलन भएको एक्यापले जनाएको छ । यार्सागुम्बा ७२ दशमलव ५५ किलोबाट रु २२ लाख ४८ हजार ९०२, वनलसुन दुई हजार २०५ किलोबाट रु ६६ हजार १५०, गुची च्याउ चार किलोबाट रु दुई हजार र जिम्बु ९३३ किलोबाट रु १० हजार २८० राजस्व सङ्कलन भएको एक्यापले जनाएको छ ।

आव २०७९/८० मा जडीबुटीबाट रु २६ लाख १३ हजार सात राजस्व सङ्कलन भएको थियो । यार्सागुम्बाबाट रु २५ लाख ४८ हजार २००, वनलसुनबाट रु ४६ हजार ९८६, साधारण च्याउबाट रु तीन हजार ३९०, जिम्बुबाट रु ११ हजार ८१ र निगालो तीन हजार ३५० किलोबापत रु तीन हजार ३५० राजस्व सङ्कलन भएको थियो ।

“कोभिड सङ्क्रमणकालपछि जडीबुटी निकासी बढेको छ । तर, अन्य वर्षमा जडीबुटी निकासीमा कमी आएको छ”, एक्याप प्रमुख भुजेलले भने, “समयमा हिउँ परेको वर्षमा बढी जडीबुटी निकासी हुन्छ र राजस्व स्वतः वृद्धि हुन्छ । हिउँ कम वा समयमा नपरे पूर्ण रूपमा घट्ने हुन्छ ।” हिउँ समयमा परेको अवस्थामा जडीबुटीको आकार ठुलो हुने र बिक्रीका लागि पनि सहज हुने गरेको उनको भनाइ छ ।

प्रमुख भुजेलले भने, “हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढी परेको प्रस्ट देखिएको छ । अहिले सामाजिक तथा प्राकृतिक रूपले असर गरिरहेको छ । यसले पनि जडीबुटी निकासीमा कमी आएको हो ।” सोही कारणले आम्दानी पनि घटेको उनले बताए ।

जिल्ला समन्वय प्रमुख, पालिकाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारीको सहभागितामा जडीबुटीको मूल्य निर्धारण गरी जडीबुटी सङ्कलनका लागि खुला गर्ने गरिन्छ । “संयुक्त बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलन अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई सहज रूपमा खर्कतर्फ जान अनुमति दिइन्छ”, उनले भने ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
थप समाज
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा आइतबार, पुस २७, २०८२
आजकाे माैसम: कस्तो रहला आज देशभर ?
आजकाे माैसम: कस्तो रहला आज देशभर ? आइतबार, पुस २७, २०८२
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला आइतबार, पुस २७, २०८२
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ?
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ? शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने शुक्रबार, पुस २५, २०८२
देशभर आगलागीका घटनामा वृद्धि
देशभर आगलागीका घटनामा वृद्धि शुक्रबार, पुस २५, २०८२
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी मंगलबार, पुस २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्