Top Navigation
Main Navigation
बिहीबार, माघ २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, माघ २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • काठमाडौँमा यस वर्षकै उच्च चिसो
काठमाडौँमा यस वर्षकै उच्च चिसो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ १, २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ। यसअघि पुस २५ गते न्यूनतम तापक्रम २.४ डिग्री पुगेको थियो। पुसको दोस्रो सातादेखि नै निरन्तर ओरालो लागेको तापक्रममा थप गिरावट आएसँगै उपत्यकाबासीले अत्यधिक चिसो महसुस गरिरहेका छन्।

तापक्रम घटेसँगै काठमाडौँका चन्द्रागिरि लगायतका क्षेत्रमा बिहानपख तुसारो परेर जमिन सेताम्मे देखिन थालेको छ। दिउँसोको समयमा घाम लाग्दा केही राहत मिले पनि बिहान र बेलुकाको समयमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ। मौसमविद्का अनुसार बढ्दो वायु प्रदूषणले पनि चिसोको प्रभावलाई थप बढाएको छ। विभागको अभिलेख हेर्दा पुसको सुरुवातदेखि नै तापक्रम क्रमिक रूपमा घट्दै गएको देखिन्छ।

काठमाडौँ मात्र होइन, देशका अन्य भागमा पनि चिसोको प्रकोप बढ्दो छ। विभागका अनुसार जुम्लामा तापक्रम माइनस ५.९ डिग्री पुगेको छ भने जिरीमा माइनस १.६ डिग्री रेकर्ड गरिएको छ। त्यस्तै दिपायलमा २.२, जोमसोममा १.५ र सिमरामा ५.९ डिग्री न्यूनतम तापक्रम रहेको छ। हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम सफा रहने सम्भावना छ।

तराईका जिल्लाहरूमा भने बिहानपख लाग्ने बाक्लो हुस्सु र कुहिरोले गर्दा जनजीवन र यातायात क्षेत्र बढी प्रभावित भएको छ। हुस्सुका कारण हवाई र सडक यातायातका साथै स्वास्थ्य र पर्यटन क्षेत्रमा समेत प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। चिसो अझै केही दिन कायमै रहने भएकाले अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन विभागले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ०७:१०
प्रतिक्रिया दिनुहोस्
थप समाज
मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी
मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी बिहीबार, माघ २, २०८२
भारतको झारखण्डमा हात्तीको वितण्डा, नौ दिनमा लियो २० जनाको ज्यान
भारतको झारखण्डमा हात्तीको वितण्डा, नौ दिनमा लियो २० जनाको ज्यान बिहीबार, माघ २, २०८२
आज माघे संक्रान्ति पर्व मनाइँदै
आज माघे संक्रान्ति पर्व मनाइँदै बिहीबार, माघ २, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने बिहीबार, माघ २, २०८२
आज काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
आज काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने बुधबार, माघ १, २०८२
देशभर आठ लाख बालबालिका विद्यालयबाहिर
देशभर आठ लाख बालबालिका विद्यालयबाहिर बुधबार, माघ १, २०८२
आजकाे माैसम: आंशिक बदलीदेखि हुस्सु/कुहिरोसम्म
आजकाे माैसम: आंशिक बदलीदेखि हुस्सु/कुहिरोसम्म बुधबार, माघ १, २०८२
आज अमेरिकन डलर र युरोपियन युरोको मूल्य कति ?
आज अमेरिकन डलर र युरोपियन युरोको मूल्य कति ? बुधबार, माघ १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः २ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
  • नंः ५ प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्