उदयपुर । उदयपुरमा आगलागीबाट ११ लाख ५७ हजार क्षति भएकाे छ । त्रियुगा नगरपालिका-१६, सुरुवानीका स्थानीय रामबहादुर विककाे घरमा आगलागी हुँदा ११ लाख ५७ हजारकाे क्षति भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएपी केदारमा दाेङका अनुसार ढुंगा माटो, काठले बनेको टिनको छानो भएको घर, घरभित्र रहेको नगद एक लाख, सुन आधा तोला, अन्नपात, लत्ताकपडा, भाडावर्तन र बाख्राको खोर, खोरभित्र रहेका बाख्रा-३५ वटासमेत जली पूर्ण रूपमा जली नष्ट हुँदा जम्मा ११ लाख ५७ हजारकाे क्षति भएको छ।
आज बिहान विककाे घरमा चुल्होमा आगो बाल्ने क्रममा अचानक आगलागी भएकाे पाइएकाे दाेङले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२ ०७:११