Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ
विकासवादी नेतृत्वकाे पर्खाइमा बागलुङ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, माघ १७, २०८२

पाेखरा । बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ । जसमध्ये क्षेत्र नं. २ ले पश्चिम बागलुङलाई समेटेको छ । भौगोलिक विषमता, गरिबी, बेरोजगारी, अशिक्षा जस्ता समस्यासँग जुधिरहेको यस क्षेत्र विकासको पर्खाइमा छ । प्रचुर सम्भावना भएर भौतिक विकासमा पछि परेको यहाँका मतदाता दुरगामी दृष्टिकोणसहित विकासको अगुवाइ गर्ने नेतृत्वको खोजीमा छन् ।

बहुदलपछिका सात वटा आम निर्वाचनमा मत दिएर जिताएका राजनीतिक दल र उम्मेदवारले अपेक्षित रुपमा काम गर्न नसक्दा यस क्षेत्र विकासमा पछाडि परेको जनगुनासो छ ।

यस क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बागलुङ–घोडाबाँधे सडक मार्ग खुलेको २५ वर्ष बितिसक्दा कोलोपत्र हुन नसक्नु त्यसकै एक दृष्टान्त हो । दुई दशकदेखि चर्चामा रहेको र सरकारले निर्माण घोषणा गरेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाले गति लिन नसकेकामा स्थानीवासी असन्तुष्ट छन् ।

ठूला र रुपान्तरणकारी योजना तत्काल कार्यान्वयनमा आउन नसके पनि जनजीविकासँग सम्बन्धित समस्या छिटो सम्बोधन हुनुपर्ने मतदाताको माग छ । निर्वाचनताका बाँडेका आश्वासन नेताहरुले पूरा गरुन् भन्ने उनीहरु चाहन्छन् ।

मध्यपहाडी लोकमार्गले यातायात सेवामा केही सहजता ल्याए पनि यस क्षेत्रका ग्रामीण सडक भने अझै नाजुक अवस्थामा छन् । कतिपय वडामा बाह्रैमास यातायात सञ्चालन गर्न नसकिने अवस्था छ । राष्ट्रिय राजमार्गमा जोडिए पनि यस क्षेत्रमा आर्थिक गतिविधि न्यून छ ।

स्वास्थ्य र शिक्षामा पहुँचको दृष्टिले बागलुङ–२ का बासिन्दा पछाडि छन् । भौगोलिक विकटताका कारण ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिकालगायत स्थानीय तहमा स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच छैन ।

सबै नागरिकलाई आधारभूत शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउन राज्यले गरेको प्रयास यस क्षेत्रमा अपर्याप्त देखिन्छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार भौगोलिक विकटता र सचेतनाको कमी आदि स्वास्थ्य क्षेत्रका चुनौती हुन् ।

मातृ तथा नवशिशु स्वास्थ्यका दृष्टिले निसीखोला र ढोरपाटन जिल्लाकै कमजोर छ । ती दुई स्थानीय तहमा घरमै हुने सूत्केरीको दर बढी छ । गत आवको आँकडा अनुसार निसीखोलाका १६ आमाले घरमै सुत्केरी गराएको जनस्वास्थ्य निरीक्षक शर्माले जानकारी दिए ।

बालबालिकाको विद्यालय छोड्ने दर पनि यही क्षेत्रमा बढी छ । पढाइ बीचमै छाडेर रोजगारीका लागि भारतलगायत मुलुकमा जान यहाँका युवा विवश छन् । गरिबी र विपन्नता यस क्षेत्रको अर्को समस्या हो । व्यावसायिक कृषि, पशुपालन, पर्यटन, खनिज आदिमा अथाह सम्भावना भएपनि स्थानीयवासीको जीवनयापन गुजारामुखी छ ।

उद्यम र व्यवसाय प्रवर्द्धनका गतिविधि न्यून हुने गरेका छन् । वैदेशिक रोजगारीमा जानेको संख्या अधिक छ । अधिकांश भारत र खाडी मुलुक पुगेका छन् ।

अन्य विकसित मुलुकमा अध्ययन र रोजगारीका जानेको सङ्ख्या बढ्दो छ । देशकै एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष यही क्षेत्रमा पर्ने भए पनि पर्यटनबाट स्थानीयवासीले यथोचित लाभ पाएका छैनन् । पर्यटन पूर्वाधार र प्रचारप्रसारको अभाव छ । ढोरपाटनलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने सरकारको योजना सफल हुन सकेको छैन ।

जिल्लाको सबैभन्दा होचो भूभाग बडीगाड गाउँपालिकाको खर्बाङ बजार (छ सय मिटर) देखि सबैभन्दा अग्लो भूभाग ढोरपाटनमा पर्ने फागुने धुरी (चार हजार ६९० मिटर) यही क्षेत्रमा पर्छ । यस क्षेत्र छिमेकी जिल्ला गुल्मी, प्यूठान, रोल्पा, रुकुम पूर्व र म्याग्दीसँग जोडिएको छ ।

बेंसीका सम्म फाँटदेखि लेकका पाटनसम्म यहाँको भूगोल फैलिएको छ । ढोरपाटन सिकार आरक्ष, घुम्टेको लेक, गलकोट दरबार, पातीहाल्ने, तिलाचन ताल, रिघा ताल, बराह ताल, नौडल्ले पहाड, डुँडेको लेक, निलुवा, सहस्रधारा झरना, टेउवा मूर्तिकला सङ्ग्रहालय, सोलेडाँडालगायत यहाँ मुख्य पर्यटकीय क्षेत्र हुन् ।

जिल्लाको मौलिक पहिचानका रुपमा रहेका बुट्टेनली, नेपाली हाते कागज, राडीपाखी, भाँगो आदि यहीँ पाइन्छन् । कुनै ताका तामाखानी चलाएका छन्त्याल जातिको बसोबास यहाँ छ । तमानखोला गाउँपालिकामा पर्ने लाम्मेलाखानी, गुर्जाखानी, खुङ्खानी, बोङ्खानी, घोसाखानी, घैयाखानीलगायत ‘उपल्लो बाइस खानी’ अन्तर्गत थिए । ती ठाउँमा अहिलेपनि तामाखानीका तोबा (प्वाल), सुरुङ र अवशेष भेटिन्छन् ।

स्थानीयवासीका अनुसार पुस्तौँदेखि चलेका तामाखानी श्री ३ चन्द्र शमशेरको पालामा विसं १९८१ देखि बन्द छन् । तत्कालीन सरकारले कर (भेजा उठाउने) नियम बसालेपछि गाउँलेले तामा निकाल्न छाडेका थिए । छन्त्यालहरुले रैथाने प्रविधिबाट तामा उत्खनन गर्थे । गाउँपालिका अध्यक्ष जोकलाल बुढा तामाखानी रहेको क्षेत्रको पहिचान र सूचीकृत गर्न पहल थालिएको बताउँछन्। तामाखानीको सम्भाव्यता अध्ययनपछि खोज र उत्खननका लागि पहल अगाडि बढाउने गाउँपालिकाको योजना छ ।

यस क्षेत्रमा बसोबास गर्ने जातजातिका आफ्नै मौलिक संस्कृति र रहनसहन छ । ताराखोलाको सिस्नो खोस्ने पर्वदेखि निसीखोलाको पुतली नाच, गलकोटको सती घाटुदेखि ढोरपाटनको झाँक्री नाचसम्म यहाँका सांस्कृतिक धरोहर हुन् ।

यस क्षेत्रमा क्षेत्री, ब्राम्हण, जनजाति, दलित आदिको मिश्रित बसाबोस छ । बागलुङ–२ मा गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा समेटिएको छ ।

यस क्षेत्रमा कुल ९६ हजार ३३५ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो । तीमध्ये महिला मतदाता ४८ हजार २०५ र पुरुष मतदाता ४७ हजार १३० छन् ।

यस क्षेत्रमा ५९ मतदानस्थल र ११५ वटा मतदान केन्द्र छन् । विसं २०४८ को आमनिर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका ओमप्रसाद गौचन विजयी भएका थिए ।

विसं २०५१ र २०५६ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाका परी थापा, विसं २०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका नीरज पुन, विसं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका ज्ञानकुमारी छन्त्याल विजयी भएका थिइन् । 

विसं २०७४ को निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट देवेन्द्र पौडेल र विसं २०७९ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट पुनः पौडेल नै विजयी भएका थिए ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका टेकराज पौडेल, नेकपा (एमाले) बाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरे ‘अनिल’, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही उम्मेदवार छन् ।

जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती, मङ्गोल नेशनल अर्गनाइजेसनबाट जुनबहादुर थापामगर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेशनल रिपब्लिक नेपालबाट नरबहादुर बुुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुवँर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट लोकेन्द्र घिमिरे र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन चुनावी मैदानमा छन् । 

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्