Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
फोहोर सङ्कलक समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, चैत ५, २०८२

काठमाडौं । वर्ल्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका-कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका लागि सुरक्षित स्थान ‘सम्मान घर’ को उद्घाटन गरेको छ।

यो सुविधा खालिसिसीको 'WOW सेन्टर’ (Well–Being Out of Waste) भित्र स्थापना गरिएको हो। यो रिसाइक्लिङ तथा सामुदायिक नवप्रवर्तन केन्द्र हो, जसलाई कोका–कोला बेभरेजेज नेपालले सहयोग गर्दै आएको छ।

यस केन्द्रले रिसाइक्लिङ प्रणाली सुदृढ बनाउनुका साथै त्यसमा योगदान गर्ने व्यक्तिहरूको जीवनस्तर उकास्ने काममा केन्द्रित छ। ‘सम्मान घर’ नेपालका रिसाइक्लिङ प्रणालीमा फोहोर सङ्कलक महिलाले निर्वाह गर्दै आएको महत्वपूर्ण तर प्रायः अदृश्य भूमिकालाई सम्मान गर्न स्थापना गरिएको हो।

यी महिलाहरूले मूल्यवान सामग्री सङ्कलन गरी सहर सफा राख्न योगदान दिए पनि उनीहरूले दैनिक रूपमा काम र बालबालिकाको हेरचाह सन्तुलन गर्न चुनौती भोगिरहेका हुन्छन् ।

नयाँ उद्घाटन गरिएको यस स्थानले बालबालिकालाई सुरक्षित र स्याहारपूर्ण वातावरण प्रदान गर्दछ, जहाँ उनीहरूले खेल्न, सिक्न र समय बिताउन सक्छन् । यसले आमाहरूलाई काम गर्दा मानसिक शान्ति र सम्मानको अनुभूति दिलाउने लक्ष्य राखेको छ।

उद्घाटन कार्यक्रममा खालिसिसीका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले भने, “फोहोर सङ्कलकहरू नेपालका रिसाइक्लिङ प्रणालीका मेरुदण्ड हुन्, तर उनीहरूको योगदान प्रायः ओझेलमा पर्छ। ‘सम्मान घर’ उनीहरूको भूमिकालाई मान्यता दिने सानो तर अर्थपूर्ण प्रयास हो। साथै, उनीहरूका बालबालिकालाई सुरक्षित रूपमा सिक्ने र हुर्किने स्थान उपलब्ध गराउने हाम्रो लक्ष्य हो। खालिसिसीमा हामी विश्वास गर्छौं कि चक्रिय अर्थतन्त्र निर्माण गर्नु भनेको त्यसलाई चलायमान बनाउने मानिसहरूको सम्मान र सहयोग सुनिश्चित गर्नु पनि हो।”

देशभरका साझेदारहरूसँग मिलेर रिसाइक्लिङ प्रणाली सुदृढ बनाउन काम गर्दै आएको कोका-कोला बेभरेजेज नेपालले WOW सेन्टरको विकासमा सहयोग पुर्‍याएको छ र वातावरणीय सुधार तथा समुदायको समग्र हितका लागि विभिन्न पहलहरूमा सहकार्य गरिरहेको छ ।

कोका–कोला बेभरेजेज नेपालकी कम्युनिटी एण्ड सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठले भनिन्, “हाम्रो विश्वास छ कि प्रभावकारी रिसाइक्लिङ प्रणाली केवल पूर्वाधारमा मात्र होइन, त्यसलाई सम्भव बनाउने मानिसहरूको कल्याणमा पनि आधारित हुन्छ। ‘सम्मान घर’ले साझा र राम्रो भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । यसले वातावरणीय प्रगति अघि बढाउनुका साथै समुदायलाई सशक्त बनाउने काम गर्छ। खालिसिसीसँगको सहकार्यमार्फत फोहोर सङ्कलक महिलाको अमूल्य योगदानलाई सम्मान गर्दै उनीहरूको परिवारका लागि सुरक्षित र स्याहारपूर्ण वातावरण सिर्जना गर्न पाउँदा हामी गौरवान्वित भएका छौं । समावेशी र दिगो समुदाय निर्माणमा हामी निरन्तर प्रतिबद्ध रहनेछौं।”

आगामी दिनमा खालिसिसीले ‘सम्मान घर’ कोअवधारणालाई विस्तार गरी फोहोर सङ्कलक परिवारहरूलाई थप सहयोग पुर्‍याउने योजना बनाएको छ।यस अन्तर्गत स्वास्थ्य सहयोग, बालबालिकाका लागि शैक्षिक अवसर, तथा समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने सम्भावना बारे अध्ययन भइरहेको छ ।

यो उद्घाटनले सामाजिक उद्यम र निजी क्षेत्रबीचको सहकार्यले वातावरणीय मात्र होइन, सामाजिक रूपमा पनि समावेशी रिसाइक्लिङ प्रणाली निर्माण गर्न सकिने सन्देश दिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  २२:४६
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्