Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
युवराज कार्की (सन्ताेष)
युवराज कार्की (सन्ताेष) बुधबार, जेठ १३, २०८३

उदयपुर । जनपक्षीय पत्रकारिता, प्रेस स्वतन्त्रता र सत्यको पक्षमा निर्भीक आवाज उठाउने प्रेरणाका स्रोत स्वर्गीय पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको २४औँ स्मृति दिवस उदयपुरमा विविध कार्यक्रमसहित मनाइएको छ। 

स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ उदयपुरको सभा भवन गाईघाटमा आयोजित स्मृति सभामा वक्ताहरूले पत्रकारिताको वर्तमान चुनौती, प्रेस स्वतन्त्रताको अवस्था तथा जनउत्तरदायी सञ्चार अभ्यासको आवश्यकतामाथि गम्भीर विमर्श गरेका छन्।

प्रेस सेन्टर उदयपुरको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले स्वर्गीय कृष्णसेन इच्छुकले आफ्नो जीवनकालमा अवलम्बन गरेको निर्भीक, सत्यनिष्ठ र जनपक्षीय पत्रकारिताको बाटोलाई आजको सन्दर्भमा थप सशक्त ढंगले आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पत्रकारिता केवल पेशा नभई समाज परिवर्तन, जनचेतना अभिवृद्धि र अन्यायविरुद्ध आवाज उठाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे।

कार्यक्रमका प्रमुख वक्ता तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार कौशल चेम्जाेङले स्वर्गीय कृष्णसेन इच्छुक नेपाली पत्रकारिताको इतिहासमा साहस, प्रतिबद्धता र वैचारिक निष्ठाको प्रतीक व्यक्तित्व भएको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्र दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको वर्तमान अवस्थामा इच्छुकले देखाएको बाटो अझ सान्दर्भिक बनेको उल्लेख गर्दै सञ्चारकर्मीहरूलाई सत्य, न्याय र जनताको पक्षमा उभिन आग्रह गर्नुभयो।

“पत्रकारिता सत्ताको गुणगान गाउने माध्यम होइन, जनताको आवाज बोल्ने जिम्मेवार क्षेत्र हो,” चेम्जाेङले भन्नुभयो, “कृष्णसेन इच्छुकले कलमलाई सधैँ उत्पीडित वर्ग, श्रमिक, किसान र आम जनताको पक्षमा प्रयोग गर्नुभयो। आजका पत्रकारहरूले पनि जनपक्षीय दृष्टिकोणलाई आत्मसात् गर्दै निष्पक्ष र जिम्मेवार पत्रकारितामा अग्रसर हुन आवश्यक छ।”

उहाँले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि समय–समयमा देखिने चुनौतीका बीच पत्रकारहरू अझ संगठित, सचेत र उत्तरदायी बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सत्यको पक्षमा उभिने पत्रकारलाई विभिन्न दबाब, धम्की र अवरोध आइपरे पनि पेशागत धर्मबाट विचलित नहुन उहाँले आग्रह गर्नुभयो।

स्मृति सभा प्रेस सेन्टर उदयपुरका सभापति अभिमन्यू लामिछानेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सचिवालय सदस्य गजेन्द्र राई, प्रेस सेन्टरका केन्द्रीय सदस्य विदुर कटुवाल, पत्रकार महासंघ उदयपुरका सल्लहारका सदस्य भाेटराज राई, समाजवादी प्रेस संगठनका उदयपुर अध्यक्ष इश्वर बलाम्पाखी मगर लगायतले स्वर्गीय कृष्णसेन इच्छुक केवल पत्रकार मात्र नभई सामाजिक चेतना जगाउने साहित्यिक व्यक्तित्वसमेत रहेको उल्लेख गरेका थिए । वक्ताहरुले  इच्छुककाे माक्सवादी दृष्टीकाेणबाट अहिले पनि अघि बढ्नु पर्ने आवश्यकता रहेकाे दाबी गरेका थिए । 

त्यसैगरी अभिमन्यु लामिछानेले पत्रकारिता क्षेत्रमा कृष्णसेन इच्छुकले पुर्‍याएको योगदानको चर्चा गर्दै निर्भिक पत्रकारिताको अभ्यास आज पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। उहाँले सञ्चार माध्यमहरूमा बढ्दो व्यवसायिक दबाब, राजनीतिक प्रभाव तथा सूचनाको विकृत प्रयोगबीच सत्य र तथ्यमा आधारित पत्रकारिता चुनौतीपूर्ण बनेको उल्लेख गर्दै इच्छुकको आदर्शलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।

वक्ताहरूले पत्रकारिता क्षेत्रले लोकतन्त्रको सुदृढीकरण, जनअधिकारको संरक्षण र सामाजिक न्यायको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रताको रक्षा सबैको साझा जिम्मेवारी भएको बताएका थिए। उनीहरूले स्वर्गीय कृष्णसेन इच्छुकले देखाएको विचार, साहस र पत्रकारिताको मूल्य–मान्यतालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा जिल्लाका क्रियाशील सञ्चारकर्मी, पत्रकार, प्रेससम्बद्ध व्यक्तित्व तथा विभिन्न सामाजिक तथा पेशागत संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कृष्णसेन इच्छुकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको योगदान नेपाली पत्रकारिता आन्दोलनका लागि प्रेरणादायी रहेको बताएका थिए।

वि.सं. २०५९ साल जेठ १३ गते राज्य पक्षद्वारा पक्राउ परेपछि हत्या गरिएका पत्रकार कृष्णसेन इच्छुकलाई नेपाली पत्रकारिता इतिहासमा निर्भीक, जनपक्षीय तथा वैचारिक पत्रकारिताको प्रतीकका रूपमा स्मरण गरिन्छ। उहाँको स्मृति दिवस प्रत्येक वर्ष देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ।आज देशभर कृष्णसेन इच्छुकको २४औँ स्मृति दिवस मनाइएकाे छ। 

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्