Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
युवराज कार्की (सन्ताेष)
युवराज कार्की (सन्ताेष) सोमबार, जेठ १८, २०८३

उदयपुर । उदयपुरको कटारी बजार क्षेत्रमा एक सातादेखि खानेपानी आपूर्ति ठप्प भएपछि आक्रोशित स्थानीयवासीले रित्तो गाग्री बोकेर नगर प्रमुखको घर घेराउ गरेका छन्। खानेपानी संकट चर्किएपछि स्थानीयको दबाबमा कटारी नगरपालिकाले आइतबार दमकलमार्फत पानी वितरण गरेको छ।

कटारी नगरपालिका–४ डाँडाटोलका स्थानीयवासीहरू आइतबार बिहान रित्ता गाग्रीसहित कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठको निवास पुगेका थिए। लामो समयदेखि धारामा पानी नआएको र दैनिक जीवन नै प्रभावित बनेको भन्दै उनीहरूले तत्काल वैकल्पिक व्यवस्था गर्न माग गरेका थिए।

कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाद्वारा सञ्चालित खानेपानी आयोजनाको मुख्य मोटर बिग्रिएपछि कटारी बजारसहित आसपासका बस्तीमा पानी आपूर्ति बन्द भएको हो। पानी अभावका कारण घरधन्दा, सरसफाइ तथा अन्य दैनिक कामकाजमा समस्या भएको स्थानीयहरूको गुनासो छ।

स्थानीय केदार रानामगरले डाँडाटोल क्षेत्रमा इनार वा अन्य वैकल्पिक पानी स्रोतसमेत नभएकाले समस्या झनै गम्भीर बनेको बताए। उनका अनुसार पानीको अभावले शौच, नुहाउने, लुगा धुनेदेखि भान्साका सामान्य कामसमेत प्रभावित भएका छन्।

स्थानीय युवा अस्मित पौडेलले लामो समयसम्म समस्या समाधानका लागि कुनै प्रभावकारी पहल नभएको महसुस भएपछि बाध्य भएर स्थानीयवासीहरू रित्तो गाग्री बोकेर नगर प्रमुखको घरसम्म पुगेको बताए।

स्थानीयको विरोधपछि नगर प्रमुख श्रेष्ठले खानेपानी समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जानकारी दिएका छन्। उनका अनुसार बिग्रिएको मोटर मर्मत तथा नयाँ मोटर जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। तत्कालका लागि नगरपालिकाले दमकलमार्फत प्रभावित क्षेत्रमा पानी वितरणको व्यवस्था मिलाएको उनले बताए।

“एक–दुई दिनभित्रै खानेपानी सेवा पुनः सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। यदि तत्काल सञ्चालन हुन नसके नगरपालिकाको स्रोत प्रयोग गरेर वैकल्पिक रूपमा पानी उपलब्ध गराइनेछ,” नगर प्रमुख श्रेष्ठले भने।

खानेपानी अभावबाट कटारी नगरपालिका–३, ४ र ५ का अधिकांश बासिन्दा प्रभावित भएका छन्। बजार क्षेत्रका घरपरिवार मात्र होइन, होटल, रेस्टुरेन्ट, पसल तथा अन्य व्यवसायिक प्रतिष्ठानहरू पनि समस्यामा परेका छन्। धाराको पानी बन्द भएपछि कतिपयले खोलाबाट अटो–रिक्सामार्फत पानी ल्याएर दैनिक आवश्यकता पूरा गर्न थालेका छन्।

बजार क्षेत्रमा पानीको माग बढ्दै जाँदा निजी रूपमा पानी खरिद गर्न नसक्ने सर्वसाधारण सबैभन्दा बढी प्रभावित बनेका छन्। नगर प्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले खरिद गरेको नयाँ मोटर भन्सार प्रक्रियामा रहेकाले समस्या समाधानमा केही ढिलाइ भएको हो। यद्यपि, मोटर जडानको काम तीव्र रूपमा अघि बढाइएको र छिट्टै नियमित आपूर्ति सुरु गरिने उनले बताए।

कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष विष्णु पौडेलले आयोजनाको मुख्य मोटरमा प्राविधिक खराबी आएपछि पानी वितरण अवरुद्ध भएको जानकारी दिए। नयाँ मोटर जडानको प्रक्रिया जारी रहेकाले केही दिनभित्रै समस्या समाधान हुने उनको भनाइ छ।

खानेपानी जस्तो आधारभूत सेवामा आएको अवरोधका कारण स्थानीयवासीले प्रत्यक्ष रूपमा जनप्रतिनिधिको ध्यानाकर्षण गराएको यो घटना कटारीमा बढ्दो खानेपानी संकटको संकेतका रूपमा समेत हेरिएको छ। स्थानीयवासीले दीर्घकालीन समाधानको माग गर्दै यस्ता समस्या दोहोरिन नदिन स्थायी र भरपर्दो खानेपानी व्यवस्थापन गर्न नगरपालिकासँग आग्रह गरेका छन्।

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  ०६:२९
प्रतिक्रिया दिनुहोस्
थप समाज
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्