Top Navigation
Main Navigation
बुधबार, जेठ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, जेठ २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जिल्ला अस्पताल उदयपुरमा एकसातादेखि एक्स–रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एकसातादेखि एक्स–रे सेवा बन्द
विदुर कटुवाल
विदुर कटुवाल बुधबार, जेठ २७, २०८३

उदयपुर । जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा एक सातादेखि एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि आएका सयौँ बिरामी तथा सेवाग्राही प्रत्यक्ष प्रभावित भएका छन् । 

अस्पतालमा उपलब्ध हुनुपर्ने आधारभूत स्वास्थ्य सेवा नै अवरुद्ध भएपछि दुर्घटना, हाडजोर्नी तथा अन्य शारीरिक समस्याका बिरामीहरू निजी अस्पताल वा जिल्लाबाहिरका स्वास्थ्य संस्थामा जान बाध्य भएका छन् ।

विशेषगरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रबाट उपचारका लागि आउने नागरिकहरू बढी समस्यामा परेका छन् । सरकारी अस्पतालमा न्यून शुल्कमा सेवा पाउने अपेक्षासहित आउने बिरामीहरूले सेवा नपाउँदा अतिरिक्त खर्च व्यहोर्नुपरेको छ भने उपचारमा समेत ढिलाइ हुने अवस्था सिर्जना भएको छ ।

अस्पताल प्रशासनका अनुसार एक्स–रे मेसिनमा प्राविधिक समस्या देखिएपछि सेवा बन्द भएको हो । तर समस्या आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि सेवा पुनः सञ्चालन हुन नसक्दा अस्पताल व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ ।

गाईघाटका स्थानीय रामकुमार राई आफ्नो छोराको हात भाँचिएपछि उपचारका लागि प्रादेशिक जिल्ला अस्पताल पुगेका थिए । सरकारी अस्पतालमा उपचार सहज हुने अपेक्षा गरेका उनले एक्स–रे सेवा बन्द रहेको जानकारी पाएपछि थप उपचारका लागि विराटनगर जानुपर्ने बाध्यता आइपरेको बताए ।

‘छोराको हात भाँचिएपछि तत्काल अस्पताल ल्याएको थिएँ । डाक्टरले एक्स–रे गर्नुपर्ने बताए, तर यहाँ सेवा नै बन्द रहेछ । अब विराटनगर जानुपरेको छ,’ उनले भने, ‘सरकारी अस्पतालमा यस्तो आधारभूत सेवा बन्द हुँदा हामीजस्ता सर्वसाधारण निकै मर्कामा पर्छौँ ।’

उनका अनुसार दुर्घटना वा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीका लागि एक्स–रे अत्यन्तै आवश्यक सेवा हो । तर सेवा उपलब्ध नहुँदा समय, पैसा र श्रम तीनै पक्षबाट थप भार पर्न गएको छ । यस्तै, अर्का सेवाग्राही रामुनन्द सदाले पनि सरकारी अस्पतालमा सेवा नपाउँदा निजी अस्पतालको भर पर्नुपरेको गुनासो गरे ।

‘डाक्टरले एक्स–रे गर्न भनेपछि सरकारी अस्पताल आएको थिएँ । यहाँ सेवा बन्द रहेछ । बाध्य भएर निजी अस्पताल जानुपर्‍यो,’ उनले भने, ‘सरकारी अस्पतालमा सेवा नपाउँदा गरिब जनतामाथि अतिरिक्त आर्थिक बोझ थपिएको छ ।’

उनले सरकारी अस्पतालमा सेवा नियमित र भरपर्दो हुनुपर्ने भन्दै यस्ता समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरे । प्रादेशिक जिल्ला अस्पताल उदयपुर जिल्लाकै प्रमुख सरकारी स्वास्थ्य संस्था हो । यहाँ दैनिक सयौँ बिरामी उपचारका लागि आउने गर्छन् । सामान्य स्वास्थ्य परीक्षणदेखि आकस्मिक सेवा, प्रसूति सेवा, शल्यक्रिया तथा विभिन्न रोगको उपचारका लागि जिल्लाका विभिन्न स्थानीय तहबाट बिरामीहरू अस्पताल पुग्ने गर्छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार हाडजोर्नी, दुर्घटना, छाती तथा अन्य रोगहरूको पहिचान र उपचार प्रक्रियामा एक्स–रे महत्वपूर्ण परीक्षण हो । यस्तो सेवा बन्द हुँदा बिरामीको रोग पहिचान गर्न कठिनाइ हुने मात्र होइन, उपचार प्रक्रिया पनि प्रभावित हुने गरेको छ ।

कतिपय बिरामीले निजी अस्पतालमा महँगो शुल्क तिरेर एक्स–रे गराउनुपर्ने अवस्था रहेको बताएका छन् भने कतिपयले जिल्लाबाहिरका अस्पताल धाउनुपरेको गुनासो गरेका छन् । यसले बिरामीका परिवारलाई थप आर्थिक र मानसिक दबाब सिर्जना गरेको छ ।

अस्पतालका म्यानेजर जयप्रकाश चौधरीले एक सातादेखि एक्स–रे सेवा बन्द रहेको स्वीकार गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।

‘मेसिनमा प्राविधिक समस्या देखिएपछि सेवा बन्द भएको हो । मर्मतका लागि सम्बन्धित पक्षसँग पटक–पटक समन्वय गरिरहेका छौँ,’ उनले भने, ‘सरकारी प्रक्रिया तथा प्राविधिक कारणले केही ढिलाइ भएको हुन सक्छ ।’

उनका अनुसार अस्पताल प्रशासनले सेवा चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन पहल गरिरहेको छ । तर आवश्यक प्राविधिक जनशक्ति र उपकरण उपलब्ध हुन समय लागेका कारण समस्या तत्काल समाधान हुन नसकेको हो ।

प्रादेशिक जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) मुकेश झाले एक्स–रे मेसिन मर्मतको प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।
‘हाल एक्स–रे सेवा बन्द छ । समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने, ‘छिटोभन्दा छिटो सेवा सञ्चालन गर्ने प्रयासमा छौँ ।’

उनका अनुसार मेसिनमा देखिएको प्राविधिक समस्या समाधान भएपछि सेवा पुनः सञ्चालन गरिनेछ । अस्पताल प्रशासनले बिरामीलाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै धैर्य गर्न आग्रह गरेको छ ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले एक्स–रे सेवा पुनः सञ्चालनका लागि विकास समितिले आवश्यक निर्णय गरिसकेको बताए ।

उनका अनुसार सुरुआती चरणमा मेसिनमा आएको वास्तविक समस्या पहिचान गर्न समय लागेको थियो । त्यसपछि मर्मतका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । ‘विकास समितिको बैठकबाट तत्काल मर्मत गर्ने निर्णय भइसकेको छ,’ अध्यक्ष विश्वकर्माले भने, ‘के बिग्रिएको हो भन्ने प्राविधिक विषय पहिचान गर्न केही समय लाग्यो । आवश्यक केही पार्टपुर्जा बाहिरबाट ल्याउनुपर्ने भएकाले पनि ढिलाइ भएको हुन सक्छ ।’ उनले सेवा पुनः सञ्चालनका लागि सबै पक्ष सक्रिय रहेको र चाँडै समाधान हुने विश्वास व्यक्त गरे ।

जिल्लाको प्रमुख सरकारी अस्पतालमा एक सातासम्म एक्स–रे जस्तो आधारभूत सेवा बन्द हुनु स्वास्थ्य व्यवस्थापनको कमजोरीका रूपमा हेरिएको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालाहरूले यस्ता अत्यावश्यक उपकरण बिग्रिएपछि तत्काल मर्मत वा वैकल्पिक व्यवस्था हुनुपर्ने बताउँछन् ।

विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकहरू सरकारी अस्पतालमाथि निर्भर रहने भएकाले यस्तो सेवा अवरुद्ध हुँदा उनीहरू सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले यस्ता समस्या दोहोरिन नदिन अस्पताल तथा सम्बन्धित निकायले दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ ।

एक सातादेखि बन्द रहेको एक्स–रे सेवा अझै सञ्चालनमा नआउँदा बिरामीहरूको सास्ती जारी छ । अस्पताल प्रशासनले छिट्टै सेवा सुचारु हुने आश्वासन दिए पनि सेवाग्राही भने सरकारी अस्पतालको अत्यावश्यक सेवा कहिले पुनः सञ्चालन हुन्छ भन्ने प्रतीक्षामा छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप समाज
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा
पत्रकार तथा साहित्यकार 'इच्छुक' को २४औँ स्मृति दिवस उदयपुरमा बुधबार, जेठ १३, २०८३
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु
कटारी प्रादेशिक अस्पतालमा संकट सुरु बुधबार, जेठ १३, २०८३
पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व
पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व आइतबार, जेठ १०, २०८३
गाउँमै निःशुल्क विज्ञान पढाउने जनता नमूना मावि
गाउँमै निःशुल्क विज्ञान पढाउने जनता नमूना मावि शुक्रबार, जेठ ८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ सड्दो उदयपुर सिमेन्टः सुस्त सरकार
  • नंः २ कतै प्रधानमन्त्री वालेन नेपालका लागि नयाँ ‘लेण्डुप दोर्जे’ त होइनन् ?
  • नंः ३ ओलीको सन्देशः प्रतिरोधको राजनीति कि नेतृत्व जोगाउने रणनीति ?
  • नंः ४ अन्नपूर्ण आधार शिविरमा बढ्याे चाप
  • नंः ५ स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
विचार
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शारदा बजगाईँ
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas NamiNews- नामीन्यूज
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्