Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
विदुर कटुवाल
विदुर कटुवाल शुक्रबार, जेठ २९, २०८३

विराटनगर । ‘डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि युवाहरूको साझा सहभागिता’ भन्ने मूल नारासहित कोशी प्रदेश युवा सम्मेलन–२०२६ आजदेखि विराटनगरमा औपचारिक रूपमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका युवा सामाजिक अभियन्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उत्साहजनक सहभागिता छ । 

सम्मेलनको उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा पालुङ्गवा चेम्जोङ, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपमहासचिव किरण थापा तथा युवा अभियानका महासचिव सुस्मिता यादवलगायतको विशेष उपस्थिति रहेको थियो ।

युवाहरूलाई डिजिटल साक्षरता, नागरिक सहभागिता, नेतृत्व विकास, नवप्रवर्तन तथा डिजिटल नागरिक क्षेत्रको सुदृढीकरणका विषयमा सशक्त बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । 

सम्मेलनले युवाहरूलाई आफ्ना अनुभव आदान–प्रदान गर्ने, नवीन सोच प्रस्तुत गर्ने तथा डिजिटल युगका अवसर र चुनौतीबारे गहन छलफल गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ ।

गैरसरकारी संस्था महासंघ नेपाल, युवा अभियान नेपाल र सिभिकसको सहकार्य तथा युरोपियन युनियनको आर्थिक सहयोगमा आयोजित सम्मेलनले युवाहरूको क्षमता विकास, नेटवर्क विस्तार र नीतिगत संवादलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको  छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री रामप्रसाद महतोले राष्ट्र निर्माण, सुशासन प्रवद्र्धन र डिजिटल रूपान्तरणका प्रक्रियामा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका थिए । उनले युवाहरूलाई सिर्जनशील, जिम्मेवार र नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरित गर्दै डिजिटल युगका अवसरहरूको अधिकतम उपयोग गर्न आग्रह गरेका थिए । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विषयगत प्रस्तुति, अन्तरक्रिया, समूह छलफल तथा अनुभव आदान–प्रदानका विविध कार्यक्रम समावेश गरिएका छन् । युवाको नेतृत्व, डिजिटल अधिकार, नागरिक सहभागिता तथा सामाजिक रूपान्तरणका क्षेत्रमा नयाँ सम्भावना र नवीन सोचको खोजी गर्दै सम्मेलनले डिजिटल नागरिक क्षेत्रलाई थप सशक्त बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप समाज
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्