Top Navigation
  • Contact
Main Navigation
मंगलबार, साउन ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
मंगलबार, साउन ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ ३१, २०८३

मिलन काफ्ले
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको बहुप्रतीक्षित प्रशासकीय भवन निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। आफ्नै आधुनिक तथा सुविधासम्पन्न प्रशासकीय भवन निर्माणको सपना साकार हुने चरणमा पुग्दा गाउँपालिका, कर्मचारी तथा स्थानीयवासीमा नयाँ उत्साह थपिएको छ।

गाउँपालिकाले खोक्खोला–साजबारी क्षेत्रमा निर्माण गरिरहेको प्रशासकीय भवनको काम हाल मध्य चरणमा पुगेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनका अनुसार हालसम्म भवन निर्माणमा करिब ३४ प्रतिशत भौतिक प्रगति र २५ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो।

महेन्द्रलक्ष्मी निर्माण सेवा तथा रिलायन्स इन्जिनियरिङ बिल्डर्स प्रालि, काठमाडौंसँग ६ करोड २ लाख ६७ हजार ५ सय ९० रुपैयाँ ७९ पैसाको लागतमा ठेक्का सम्झौता गरिएको छ। सम्झौताअनुसार २०८४ भदौ १७ गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर दीपककुमार सारूका अनुसार भवन निर्माणका लागि करिब ९ करोड ७४ लाख रुपैयाँको लागत अनुमान तयार गरिएको थियो। सोही अनुसार आधुनिक आवश्यकताहरूलाई समेटेर भवनको डिजाइन तथा संरचना तयार पारिएको उहाँले बताउनुभयो।

निर्माणाधीन भवनलाई सबै नागरिकले सहज रूपमा उपयोग गर्न सकून् भन्ने उद्देश्यले पूर्ण रूपमा अपाङ्गमैत्री बनाइने भएको छ। भवनको प्रत्येक तल्लामा खानेपानीको व्यवस्था गरिनेछ भने महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालयको सुविधा रहनेछ। त्यस्तै, विभिन्न कार्यक्रम, बैठक तथा सार्वजनिक छलफल सञ्चालन गर्न दुईवटा सुविधासम्पन्न सभाहल निर्माण गरिने योजना रहेको छ।

भवन परिसरलाई पनि आकर्षक र व्यवस्थित बनाइनेछ। सवारी साधन पार्किङको पर्याप्त व्यवस्था गरिनुका साथै भवन वरपर हरियाली र फूलबारी निर्माण गरिनेछ। यसले कार्यालय परिसरलाई थप सुन्दर र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार हाल विभिन्न भवनबाट सेवा सञ्चालन गर्नुपरेकाले सेवाग्राही र कर्मचारी दुवैले केही असहजता भोग्नुपरेको छ। नयाँ भवन निर्माणपछि सबै सेवा एकीकृत रूपमा सञ्चालन गर्न सहज हुने र सेवाको गुणस्तर समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

“विविध चुनौती र प्राविधिक जटिलताका बीच पनि निर्माण कार्यलाई गति दिइएको छ। आफ्नो कार्यकालमै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण लिने लक्ष्यका साथ हामी निरन्तर लागिरहेका छौँ,” अध्यक्ष भण्डारीले भन्नुभयो।

रम्भा गाउँपालिकाले लामो समयसम्म केन्द्र निर्धारणसम्बन्धी विवादका कारण आफ्नै प्रशासकीय भवन निर्माण गर्न सकेको थिएन। केन्द्र निर्धारणको प्रक्रिया टुंगिएपछि वडा नं. ३ को खोक्खोला–साजबारी क्षेत्रमा स्थानीयवासीले दान गरेको जग्गामा भवन निर्माणको काम सुरु गरिएको हो। स्थानीय समुदायको सहयोग र सद्भावका कारण बहुप्रतीक्षित योजना कार्यान्वयनमा आएको गाउँपालिकाको भनाइ छ।

हाल गाउँपालिकाले खोक्खोला स्थित वडा नं. ३ कार्यालयको भवन, रकमा देवी आधारभूत विद्यालयको भवन तथा रिमिधा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको भवनबाट प्रशासनिक तथा अन्य सार्वजनिक सेवा प्रवाह गर्दै आएको छ। विभिन्न स्थानमा छरिएर सेवा दिनुपर्दा व्यवस्थापनमा कठिनाइ हुने गरेको भए पनि नयाँ भवन निर्माणपछि ती समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

स्थानीय शिक्षक हरिप्रसाद बस्यालका अनुसार भवन निर्माण कार्य सुरु भएसँगै गाउँपालिकामा कार्यरत कर्मचारी तथा रम्भावासी नागरिकमा उत्साह र खुसीको वातावरण सिर्जना भएको छ। “वर्षौँदेखि आफ्नै प्रशासकीय भवनको आवश्यकता महसुस हुँदै आएको थियो। अहिले निर्माण कार्यले गति लिएपछि गाउँपालिकाको संस्थागत विकासप्रति नागरिकको विश्वास अझ बलियो बनेको छ,” उहाँले भन्नुभयाे ।

स्थानीय तहलाई थप सबल, व्यवस्थित र सेवामुखी बनाउने दिशामा रम्भा गाउँपालिकाको प्रशासकीय भवन महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। निर्माण सम्पन्न भएपछि एउटै परिसरबाट गुणस्तरीय, छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ। यसले गाउँपालिकाको प्रशासनिक क्षमता अभिवृद्धि गर्नुका साथै सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई समेत थप मजबुत बनाउनेछ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाज
गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा बिहीबार, असार ३२, २०८३
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित
स्कुल बस सञ्चालनका लागि ४५ लाख बजेट सुनिश्चित शुक्रबार, असार २६, २०८३
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन
कटारीमा संयुक्त अनुगमनः म्याद गुज्रिएका औषधि जफत, मापदण्ड नपुगेका स्वास्थ्य संस्थालाई सुधार गर्न निर्देशन बिहीबार, असार २५, २०८३
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय 
कोशी प्रदेशका नयाँ पर्यटकीय गन्तव्य प्रबर्द्धनमा महिला पर्यटन व्यवसायी सक्रिय  मंगलबार, असार २३, २०८३
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः ३ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
  • नंः ४ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ५ हरियो साउनको महिमा र यसको महत्व
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्