Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असोज ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असोज ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार ८, २०८३

काठमाडौं । नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआई) ले पत्रकारको तथ्य जाँच तथा फिचर लेखन क्षमता अभिवृद्धि गर्न एकमहिने विशेष तालिम सुरु गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा सञ्चालन भइरहेको ‘सूचना र समाचारमा तथ्य जाँच तथा फिचर समाचार लेखन’ सम्बन्धी तालिममा सुरु गरेको हो ।

गत असार ५ गतेबाट सुरु भएको उक्त तालिममा देशका विभिन्न जिल्ला तथा सञ्चारमाध्यममा कार्यरत अमेरिकाका एकना जना गरी  ४५ जना पत्रकार सहभागी छन् । एनपीआईका अध्यक्ष तथा कार्यक्रम संयोजक कपिल काफ्लेले पत्रकारितामा सूचना प्रवाह तीव्र बन्दै गएकाले तथ्य जाँचको आवश्यकता र फिचर लेखमा बढी जोड दिनु पर्ने समय आएको बताउँदै तालिम जारी रहेको बताए। उनले पत्रकारले तथ्यमा आधारित सामग्री उत्पादन गर्न सक्ने क्षमता विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिए।

तालिममा सहभागी पत्रकारहरूले फिचर पत्रकारिताको सिद्धान्त, अभ्यास, चुनौती, सम्भावना तथा अन्तर्राष्ट्रिय अभ्यासबारे प्रशिक्षण प्राप्त गरिरहेका छन्। कार्यक्रमअन्तर्गत वरिष्ठ पत्रकार, सम्पादक तथा प्राध्यापकहरूले विभिन्न विषयमा सहजीकरण गरिरहेका छन्।

वरिष्ठ पत्रकार मोहन मैनालीले नेपाली फिचर पत्रकारितामा विषय छनोट, अनुसन्धान र प्रस्तुतीकरणका क्षेत्रमा सुधार आवश्यक रहेको बताए। पत्रकार तथा एनपीआईका पूर्वअध्यक्ष तीर्थ कोइरालाले फिचर पत्रकारिताले समाजका गहिरा विषय र मानवीय पक्षलाई उजागर गर्ने भएकाले यसको महत्व बढ्दै गएको धारणा राखेका थिए ।

प्राध्यापक चिरञ्जीवी खनालले सामाजिक सञ्जाल र डिजिटल माध्यमको विस्तारसँगै भ्रमपूर्ण सूचना र गलत जानकारीको चुनौती बढेको उल्लेख गर्दै तथ्य जाँच पत्रकारिताको महत्वबारे प्रशिक्षण दिएको छ भने पत्रकार सविन धमलाले डिजिटल युगमा फिचर सामग्रीको बढ्दो माग र बजार सम्भावनाबारे जानकारी गराएको थियो ।

त्यसैगरी प्राध्यापक पर्शुराम खरेलले फिचर लेखनमा प्रयोग हुने अवधारणा, अन्तर्राष्ट्रिय अभ्यास तथा मापदण्डबारे प्रशिक्षण दिएको छ भने पत्रकार पुष्कर माथेमाले फिचरको संरचना, भाषा र प्रस्तुति शैलीबारे सहजीकरण गरेको छ। एनपीआईले तालिमलाई व्यवहारिक अभ्याससँग जोडेको जनाएको छ।

तालिमको प्रथम चरण सकिएको छ। अब दोस्रो चरणमा सहभागी पत्रकारहरूले एक महिनासम्म फिचर लेखन अभ्यास गर्नेछन्। यस अवधिमा उनीहरूलाई अनुभवी सम्पादक तथा प्रशिक्षकहरूको प्रत्यक्ष मार्गदर्शन उपलब्ध गराइनेछ।

फिचर लेखन अभ्यासका लागि तीर्थ कोइराला, पुष्कर माथेमा, मन्टेश्वरी राजभण्डारी, विज्ञान शर्मा र कपिल काफ्लेमध्ये एक जनालाई प्रत्येक सहभागीको गाइडका रूपमा जिम्मेवारी दिइने भएको छ । करिब ११ जना सहभागी बराबर एक जना गाइड रहने व्यवस्था गरिएको एनपीआईले जनाएको छ।

एनपीआईका अनुसार कार्यक्रमको उद्देश्य तथ्यमा आधारित, अनुसन्धानमुखी र मानवीय संवेदनाले भरिएका फिचर सामग्री उत्पादन गर्न सक्ने पत्रकार तयार गर्नु हो । सहभागी पत्रकारहरूले आफ्नो कार्यक्षेत्रका सार्वजनिक सरोकारका विषयमा फिचर तयार गर्नेछन्। 
 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ५ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्