काठमाडौँ । राष्ट्रिय विपद्पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीलाई प्रधानमन्त्री राहत कोषमा रु. ४ करोडको चेक हस्तान्तरण गरेको छ ।
यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि रु. २५ लाख बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ ।
राष्ट्रिय विपद्मा ज्यान गुमाएका सबै दिवङ्गत आत्माप्रति शंकर ग्रुप परिवारले गहिरो श्रद्धाञ्जली अर्पण गनुएको साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरी हराइरहेका सबैजनाको सकुशल फिर्ताको कामना समेत गरेको छ ।
यस सङ्कटको घडीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक दाजुभाइ–दिदीबहिनी तथा सरकारी अधिकारीहरूले अत्यन्त तत्परताका साथ उद्धार तथा राहत कार्यमा खटिएकोमा शंकर ग्रुप परिवारको तर्फबाट हार्दिक आभार र सम्मान व्यक्त गरेको छ।
शंकर ग्रुपले राष्ट्रिय सङ्कटको बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु हाम्रो दायित्व हो, यो दायित्व भविष्यमा पनि निरन्तर निर्वाह गर्ने हामी प्रतिबद्धता व्यक्त भनेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ ०७:१२