Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, भदौ २४, २०८३

काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ।

हालै रसुवास्थित भोटेकोसीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको हो ।

विपद्का बेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ड्रोन उपलब्ध गराइएको प्रोटोनले जनाएको छ ।

विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने कम्पनीले जनाएको छ। मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी नाडमा (एनएडिएमए) ले यसको व्यवस्थापन तथा समन्वय गरेको हो।

कम्पनीका अनुसार, ड्रोनहरू सुरुमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम स्मार्ट (एसएमएआरटि) को मुख्यालयमा नाडमा (एनएडिएमए) लाई हस्तान्तरण गरिएका थिए ।

Proton2-1788964322.jpg
मलेसियाको मानवीय सहायता तथा विपद् उद्धार अभियानअन्तर्गत हाल नेपालमा खटिएको स्मार्ट(एसएमएआरटि) को टोली द्वारा ड्रोन नेपालसम्म ल्याउने व्यवस्था मिलाइएको थियो । यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएका र नेपाल सरकारकै स्वामित्वमा रहने पनि उल्लेख गरिएको छ।

ड्रोन हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ, र नाडमा (एनएडिएमए) का महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीमको उपस्थिति रहेको थियो।

उक्त हस्तान्तरण कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधिहरू चु ह्वाई जेङ, र इन्चिक जुल इज्बान हम्जाको पनि सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत एडमन्डले विपद्का बेला प्रभावित क्षेत्रको स्पष्ट अवस्थाबारे जानकारी लिन ड्रोनले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

उनका अनुसार हालको मानवीय सहयोगसँगै यसले नेपालको दीर्घकालीन विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, नेपालमा प्रयोग गर्नुअघि स्मार्ट (एसएमएआरटि) को टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिम दिइने पनि उनले बताए ।

नेपालमा प्रोटोन ई.मास ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्समार्फत प्रोटोन नेपालमा आएको हो भने हाल नेपालमा प्रोटोन ब्रान्डको लोकप्रियता पनि निरन्तर बढ्दै गएको छ । प्रोटोनले यस्ता विपद् तथा कठिन परिस्थितिमा नेपालीहरूसँग ऐक्यबद्धता जनाउँदै स्थानीय समुदायलाई सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

जगदम्बा मोटर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ नगद योगदान गर्दै विपदको घडीमा नेपालप्रति आफ्नो प्रतिबद्धता जनाउनुको साथै अन्य जिन्सी सहयोगहरू पनि गरिरहेको छ ।

प्रोटोन र जगदम्बा मोटर्सबीचको सहकार्यले चुनौतीपूर्ण समयमा नेपालीको साथ उभिने र राष्ट्रिय राहत तथा पुनरुत्थानमा योगदान पुर्‍याउने साझा प्रतिबद्धता झल्काएको छ । प्रोटोन र शंकर ग्रुपको सहयोगले सकारात्मक र अर्थपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो पहलले विशेष गरी प्राकृतिक प्रकोपपछि ठोस प्रभाव पार्नको लागि सहयोग विस्तार गर्ने संस्थाहरूको फराकिलो विश्वास र समुदायप्रतिको प्रतिबद्धतालाई पुष्टि गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  २०:१७
#proton
प्रतिक्रिया दिनुहोस्
थप समाज
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः २ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः ३ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ महाविपत्तिमा कमजोर सरकार
विचार
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्