Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज २९, २०८३

उदयपुर । जंगली हात्तीले घर भत्काएपछि बेसहारा बनेकी उदयपुरकी ७६ वर्षीया दलमाया रिखाम मगरले दसैँको मुखमा नयाँ घर पाएकी छन् । वैदेशिक रोजगारीका लागि कतारमा रहेका उदयपुरका युवाहरूले आर्थिक सहयोग जुटाएर त्रियुगा नगरपालिका–७ तिलबारीकी दलमायाका लागि घर बनाइदिएका हुन् ।

प्रवासी सेवा समाज कतार उदयपुरको पहलमा निर्माण गरिएको एकतले टिनको छाना भएको घर बिहीबार एक कार्यक्रमबीच दलमायालाई हस्तान्तरण गरिएको हो । गएको माघमा जंगली हात्तीले उनको पुरानो घर भत्काइदिएको थियो । त्यसपछि घरविहीन बनेकी दलमायाले दसैँको मुखमा नयाँ घर पाएकी हुन् ।

समाजका महासचिव सञ्जीप कटुवालका अनुसार कतारमा वैदेशिक रोजगारीमा रहेका उदयपुरे युवाहरूबाट दुई लाख रुपैयाँ संकलन गरेर घर निर्माण गरिएको हो । संकलित रकमबाट बजारमा खरिद गर्नुपर्ने निर्माण सामग्री ल्याइएको थियो । स्थानीयवासीले पनि काठपात, ढुंगा, गिट्टी र बालुवा सहयोग गरेका थिए ।

‘कतारमा रहेका उदयपुरे युवाहरूबाट दुई लाख रुपैयाँ संकलन गर्‍यौँ । त्यसबाट आवश्यक निर्माण सामग्री किन्यौँ । स्थानीयवासीले पनि सामग्री सहयोग गर्नुभयो । सबैको सहयोगमा घर निर्माण गरेर हस्तान्तरण गर्न सफल भएका छौँ,’ कटुवालले भने ।

दलमायाले १५ वर्षअघि श्रीमान् गुमाएकी थिइन् । उनका एक छोरा भए पनि उनी काठमाडौंमा बस्दै आएका छन् । एक्लै बस्दै आएकी दलमाया एकल महिला भत्ताको रकम र आफन्तको सहयोगमा गुजारा चलाउँदै आएकी छन् । पुरानो घरसमेत हात्तीले भत्काइदिएपछि उनको बसोवास थप कष्टकर बनेको थियो ।

समाजका पूर्वअध्यक्ष होमबहादुर बस्नेतका अनुसार दलमायाको पुरानो घर थाकल र माटोले बनेको थियो । जंगली हात्तीले घर भत्काएपछि उनलाई सुरक्षित आवासको आवश्यकता परेको थियो ।

‘पहिले थाकल र माटोले बनेको फुसको घर थियो । गएको माघमा जंगली हात्तीले भत्काइदिएपछि उहाँ घरविहीन हुनुभएको थियो । संस्थाको पहलमा घर निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ,’ बस्नेतले भने ।

नयाँ घर पाएपछि दलमाया पनि खुसी छन् । वर्षौँदेखि अभावमा गुजारा चलाउँदै आएकी उनले अब आफ्नै सुरक्षित घरमा दसैँ मनाउन पाउने भएकी छन् । ‘एकल महिला भत्ता र आफन्तको सहयोगमा खाद्यान्नको जोहो गर्दै आएकी छु । अब नयाँ घरमा दसैँ मनाउने छु,’ उनले भनिन् ।

समाजले त्रियुगा नगरपालिका–७ का वडासदस्य प्रेम कार्की, उदयपुरगढी गाउँपालिका–७ का वडाध्यक्ष भुवन केप्छाकी मगर तथा स्थानीयवासीको रोहवरमा घर हस्तान्तरण गरेको हो । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका युवाहरूले गाउँकी वृद्धाका लागि जुटाएको सहयोगले दलमायालाई सुरक्षित आवाससँगै दसैँमा नयाँ आश्रय पनि दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप समाज
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्