Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • गोरखा मनकामना : संस्कृति र धार्मिक विश्वासको प्रतिक  
गोरखा मनकामना : संस्कृति र धार्मिक विश्वासको प्रतिक  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, पुस २८, २०७८

गोरखा । तनहुँको ढोरफिर्दीकी उमादेवी भट्टराई तेस्रो पटक गोरखाको मनकामना मन्दिर पुगे। सुरुमा आँबुखैरेनीबाट पैदल झण्डै चार घण्टा हिँडेर पुगेकी उनी अहिले जाँदा हिँड्न त परेन समय भने उस्तै लाग्यो।

केबुलकार चढ्नका लागि दुई घण्टा भन्दा बढी लाइनमा बसेकी उनी मन्दिर परिसरमा पुगेपछि पनि दुई घण्टा भन्दा बढी लाइनमा बिताए। विगतमा जस्तै अहिले पनि दर्शनार्थीको उस्तै भीडभाड देखिएको उनको अनुभव छ। 

मनको कामना पूरा गर्ने देवीका रुपमा प्राचीन कालदेखि पूजाआजा हुँदै आएको मनकामना मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन्। 

गोरखाको शहीद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर यस क्षेत्रको एउटा जीवन्त इतिहास पनि हो।

नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा ख्याती कमाएको यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने जनविश्वास छ। 

विभिन्न मनोकांक्षासहित भाकल गरी शुभ साईत र तिथिमा यहाँ दर्शनार्थी आउने गरेको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए। 

मनकामना उत्पत्ति सम्बन्धमा अनौठो किंबदन्ती छ। किंबदन्ती अनुसार गोरखाका राजा राम शाहकी रानी महीमावती(लीलावती)ले देहत्याग गरेपछि मनकामना देवीका रुपमा कफेक डाँडामा शक्तिरुपाको रुपमा उत्पन्न भई लखन थापाले पूजा गरेको किम्बदन्ती पाइन्छ।

मनकामना माता रहेकोस्थलमा हलो जोत्दा ढुङ्गा बीचबाट दूध र रगत निस्कियो। ढङ्गाबाट दूध जस्तो सेतो र रगत जस्तो रातो पदार्थ निस्कँदा गाउँलेहरू अचम्म मान्दै गाउँमा हल्ला भयो। त्यसै रातमा लखन थापालाई सपना भयो। म देवीका रुपमा शिला भई प्रकट भएकी छु। राम्रो विधिले पूजा गरे सबैको मनोकांक्षा पूरा गर्नेछु भन्ने आज्ञा भएपछि सिद्ध लखन थापाबाट आफ्नो ज्ञानबाट देवीको आह्वान गरी देवीलाई शान्त बनाइ त्यस स्थललाई गाउँलेको सहयोगमा चौघेरा लगाइ संरक्षण गरे।

त्यसपछि राज्यलाई जाहेर गरी देवलको रुपमा मन्दिर स्थापना गरी पूजाको सुरुआत गर्नुभयो। त्यसैले त्यहाँदेखि नै लखन थापाका सन्तानका रुपमा थापा मगरबाट मन्दिरको पूजा गरिँदै आइएको छ।

मन्दिर आसपासमा १५ भन्दा बढी देवीदेवताका मन्दिर रहेका छन्। तीमध्येको एउटा हो वङकेश्वरी मन्दिर। यो मन्दिर मनकामना मन्दिरको पूर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा अपाङ्गता तथा अशक्त बालबालिकालाई दर्शन गराएमा उनीहरूकोे बोली फुट्ने र हातखुट्टा बलियो हुने जनविश्वास छ।

मन्दिरमा नित्य पूजा बिहान ७ बजे र साँझ ६ बजे गरिन्छ। भित्री पूजा सकेर पुजारीले मन्दिर परिक्रमा गरिसकेपछि मात्र सर्वसाधरणको लागि बलि र पूजा सुरु गर्ने प्रचलन छ। यस मन्दिरलाई हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा लिइन्छ। 

यस स्थानको अवलोकनका लागि अन्य धमार्नवलम्बीका साथै विदेशी पर्यटक पनि पुग्ने गरेका छन्। देशका विभिन्न स्थानबाट आई घण्टौंसम्म लाइनमा उभिएर दर्शन गर्ने भएकोले पनि यसको गरिमा र महत्व अझै बढाएको छ। मन्दिरभित्रको गर्भगृहमा गणेश, भैरव, मनकामना, कुमारी, अष्टमातृका, चामुण्डा, क्षेत्रपाल (वेताल) को शिला रहेको छ। 

यस मन्दिरमा विशेषतः अष्टमीका दिनमा बलि चढाउने गरिएको समितिका अध्यक्ष जोशीले जानकारी दिए। मन्दिरमा दर्शनका लागि पैदल मार्ग, सवारीसाधन वा केबुलकारको प्रयोग गर्न सकिन्छ। 

पदयात्रा गरी मन्दिर पुग्न चाहनेले पृथ्वीराजमार्गको आँबुखैरेनीहुँदै करिब तीन चार घण्टा हिँडेर मनकामनासम्म पुग्न सकिन्छ भने सवारीसाधनमार्फत करिब ४५ मिनेटमा मन्दिरमा पुग्न सकिन्छ।

त्यस्तै पृथ्वी राजमार्गको चेरेसबाट केबुलकार चढी १५ मिनेटमा मनकामना मन्दिर पुग्न सकिन्छ। केबुलकार चढ्नका लागि सर्वसाधारणका लागि टिकट दस्तुत ६७५ रुपैयाँ निर्धारण गरिएको छ, भने विद्यार्थीका लागि ५४५ रुपैयाँ निर्धारण गरिएको छ। 

मनकामना केबुलकार दर्शन प्रालिका नायब महाप्रबन्धक उज्वल शेरचनका अनुसार केबुलकारबाट चाप हुँदाका दिनमा दैनिक चार हजार जनासम्म आवतजावत गर्ने गरेका छन्।

नेपालकै पहिलो केबुलकारका रुपमा परिचित यसको कूल दूरी ३.०२ किलोमिटर छ। गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा रहेको यो मन्दिर पोखरीथोक बजारदेखि १२ किलोमिटर दक्षिण, तनहुँको आँवुखैरेनीदेखि पाँच किलोमिटर पूर्व र चितवन मुग्लिनबाट २६ किलोमिटर उत्तरमा रहेको छ। 

समुद्री सतहदेखि एक हजार ३०३ मिटर उचाइमा रहेको यस मन्दिरको परिसरबाटबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरतर्फ अन्नपूर्ण, हिम्चुली र मनास्लु हिमालका थुम्का नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ। यो ठाउँ सूर्योदय र सूर्यास्तका लागि पनि आकर्षक गन्तव्य हो।

मन्दिर परिसरमा रहेको विशाल चाँपको रुख यहाँको अर्को विशिष्टता हो। चार शताब्दी पुरानो यो रुखबाट कडा बास्ना आउने र यहाँको सुगन्ध लमजुङसम्म पनि पुग्ने स्थानीयवासी बताउँछन्।

हुरी, बतास आउदा धेरैपटक रुखका हाँगा भाँचिए पनि हालसम्म कुनै मानवीय तथा भौतिक नोक्सानी नभएका कारण यस रुखमा पनि देवीको बास भएको स्थानीयवासीको विश्वास छ।

कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको मन्दिर गत भदौदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको समितिका अध्यक्ष जोशीले जानकारी दिए।

मन्दिरभित्र दर्शनार्थीले चढाउने भेटिघाटी पुजारीले नै उठाउने र बाहिर समितिलाई प्राप्त हुने दान सहयोग तथा दान पेटिकामा आउने सहयोग समितिले व्यवस्थापन गर्दै आएको उनले बताए।  

पाँच सय भन्दा बढी रकम सहयोग गर्नेलाई समितिका तर्फबाट सहयोग रसिद उपलब्ध गराउने गरिएको कर्मचारी सन्तोष क्षेत्रीले जानकारी दिए।

ऐतिहासिक मन्दिर १९९० सालको महा भूकम्पको धक्काको प्रभावसँगै समय समयमा जीर्ण हुँदै गएका अवस्थामा २०६६ सालमा मनकामना क्षेत्र विकास समितिले मन्दिरको अवस्था अध्ययन गर्न समिति गठन गरेको थियो।

अध्ययनबाट मन्दिरका काठ जीर्ण भएको, भित्र गारोमा काँचो इँटाको प्रयोग भएको, अधिकांश चुकुल नट भाँचिएको भन्दै जीर्णेद्धार गर्नुपर्ने निष्कर्ष निकालेको थियो। 

जीर्णोद्वारका लागि २०६८ असोज ९ गते नरेन्द्रबाबु श्रेष्ठको संयोजकत्वमा मनकामना मन्दिर जीर्णेद्वार समिति गठन गरी २०६८ चैत २२ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट जीर्णेद्वार कार्य सुरु गरिएको थियो। 

२०७२ साल वैशाख १२ गतेको भूकम्पले अझ बढी क्षति भएकोमा पश्चिमतर्फ केही भाग भत्कन गई ढल्ने अवस्थामा पुगेपछि पुरातत्व, सुरक्षा निकाय, स्थानीयवासीको सहयोगमा तत्काल टेका दिइयो भने २०७२ जेठ २५ गते गजुर पूजा गरी मन्दिर खोल्ने काम सुरु गरियो। 

धार्मिक, सांस्कृतिक मान्यतालाई जीवन्त राख्न २०७१ फागुन १५ गते काठमाडौं झःबहालका बज्राचार्यबाट क्षमा पूजाको काम सम्पन्न भइसकेको अवस्थामा २०७२ असार २५ गते पुरातत्वका प्राविधिक, सुरक्षा निकाय र स्थानीयवासीको निगरानी तथा सहयोगमा मन्दिर भत्काउने काग गरिएको थियो।

२०७२ साउन ६ गते गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिमल्सिनाबाट जग पूजा गरी शिलान्यास गरिएको मन्दिर सरकारको रु चार करोड तथा श्रद्धालु भक्तजनको सहयोगमा करिब १५ करोडको लागतमा पुनःनिर्माण गरिएको छ। 

मन्दिरको छानोमा करिब १८,१९ किलो सुनको जलप लगाइएको जानकारी दिँदै समितिका अध्यक्ष जोशीले जीर्णोद्वारले मन्दिरकोस्वरुप थप सुन्दर देखिएको बताए। 
 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  २२:०७
##Manakamana
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्