Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ ३१, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
अच्युतप्रसाद नेपाल
अच्युतप्रसाद नेपाल मंगलबार, असोज २८, २०८२
सांकेतिक फाेटाे-एआइबाट बनाइएकाे ।

आजकाल भक्तपुरकाे ‘गुन्डु’  राजनीतिक रूपमा निकै चर्चामा छ । भक्तपुर गुन्डु अहिले सबैभन्दा चर्चित र भाइरल स्थान बनेको छ, जुन काठमाडौं नजिकै भक्तपुर  अवस्थित छ र काठमाडौंको रानी शहरहरू मध्ये एकको रूपमा परिचित छ ।

त्यही गुन्डुमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हाल बसोबास गरिरहेका छन् । उनका नजिकका विश्वासपात्र महेश बस्नेतले नै उनलाई गुन्डुमा बस्नका लागि घर खोजिदिएका हुन् ।

जेन–जी आन्दोलन चलिरहेको समयमा ओलीलाई सुरक्षा फौजले बालुवाटारबाट हेलिकप्टरमार्फत उद्धार गरी अज्ञात स्थानमा राखिएको थियो । आन्दोलन शान्त भएपछि उनी फर्किएर गुन्डुको एउटा भाडाको घरमा बस्दै आएका छन् । बालकोटस्थित उनको घर र चर्चित बार्दली भदौ २४ गतेको आन्दोलनमा पूरै जलेर नष्ट भएको थियो । अनि ओलीले गुन्डुलाई चर्चामा ल्याइदिएका छन् ।

महेश बस्नेत पूर्वमन्त्री भइसकेका एमालेका होनहार युवा नेता हुन् । उनले मन्त्री हुँदा ‘म महेश’ नामक पुस्तक प्रकाशन गरेका थिए । स्पष्ट रूपमा भन्दा, उनी आशालाग्दा नेता हुन्, तर गम्भीर देखिँदैनन् । हिजाेआज बढी बाेल्ने पात्रमा पनि परिणत भएका छन् ।

उनी ओलीका कट्टर समर्थक हुन् भन्ने कुरा उनको बोली र व्यवहारले पुष्टि गर्छ । ओलीको आलोचना गर्नेविरुद्ध उनी तुरुन्तै आक्रामक बन्छन् र अराजक शैलीका अभिव्यक्ति दिन सिपालु देखिन्छन् । जनमानसमा उनको धारणा बुझ्न कठिन छ, किनभने उनी ओली र एमालेभन्दा पर केही देख्दैनन् ।

ओली र एमालेबाहेक अन्य कुरा सोच्न नसक्ने उनको स्वभाव जेन–जी आन्दोलनपछि झन् उग्र बनेको छ । उनी हरेक दिन अन्तरिम सरकारलाई चुनौती दिँदै भन्छन्, “सक्छौ भने ओलीलाई छोएर देखाऊ, तिम्रा बाउको तागत छ भने पक्र !”

यस्तो उग्र अभिव्यक्ति दिनेमा उनी एक्ला छैनन् । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पनि “ओलीलाई छोयो भने पहिलो जुलुस पोखराबाट निस्कन्छ” भन्दै आएका छन् । यस्ता अभिव्यक्ति र व्यवहारले राजनीतिमा रुचि राख्ने युवा पुस्तामा कस्तो प्रभाव पारिरहेको होला ? यो गम्भीर चिन्तनको विषय बनेको छ ।

जेन–जी आन्दोलनपछि मुख्य दलका शीर्ष नेता लगभग मौन छन् । प्रायः जसो सार्वजनिक कार्यक्रममा देखिँदैनन्, तर गुन्डुमा भने दैनिक राजनीतिक हुंकार सुनिन्छ । ओली र बस्नेत आन्दोलनबाट बनेको सरकारप्रति आक्रोशित छन् । उनीहरूका लागि जनता भनेका केवल आफ्ना समर्थकको भिड मात्रै जस्तो देखिन्छ । एमाले अहिले त्यही भिडको राजनीतिमा केन्द्रित देखिन्छ ।

युवाहरूको ज्यान गएको छ, धेरै घाइते भएका छन्। घाइतेहरू अस्पतालमै भनिरहेका छन्- “हामी हाम्रा साथीहरूको रगत खेर जान दिँदैनौं, आवश्यक परे फेरि सडकमा जान तयार छौं ।”

घरपरिवारमा त्रास छ । कसैको छोरा–छोरी, कसैको श्रीमान्, कसैको बुबा सहिद भएका छन् । तर ओली–बस्नेतको बोलीमा संवेदना झल्किँदैन । यस्तो मार्मिक अवस्थामा पनि उनीहरू सहानुभूति देखाउन असफल छन् ।

“जनता र देश” भन्दै २४ घण्टा बोल्ने नेताहरू अहिले आन्दोलनको रगतबाट बनेको सरकारलाई गुन्डुबाट धम्क्याइरहेका छन् । भन्छन्- “धेरै फुरफुर नगर्नु ।” उनीहरूको मन गलेको देखिन्छ, तर कारबाही भोग्नु पर्छ कि भन्ने डरले मुखमा ‘कस्मेटिक’ हासो देखाइरहेका छन् ।

जेन–जी पुस्ताले मागेको के थियो र ? शान्ति, भ्रष्टाचारमुक्त देश, स्वदेशमै रोजगारी र स्थिर सरकार । यो माग गलत थिएन । यो पुस्ताले जन्मेदेखि नै भ्रष्टाचार र कुशासन भोग्दै आएको छ । यदि सरकारले उनीहरूको माग बुझेर वार्ता गरेको भए, आजको परिस्थिति फरक हुन्थ्यो ।

तर पूर्वप्रधानमन्त्री ओली आन्दोलन चर्किनु दुई दिनअघिसम्म पनि जेन–जीलाई उत्तेजित बनाउने अभिव्यक्ति दिइरहेका थिए । आमजनता प्रश्न गर्छन्- “यत्रो जनाधार भएको एमाले गुन्डुमा खुम्चिएर किन हुंकार गर्छ ? चुनावमा भाग लिँदैनौँ भन्छ, तर ओलीले अन्तरिम सरकार गठनमा सहयोग गरेको कुरा बाहिर आएको छ ।”

जेन–जी आन्दोलनले अकल्पनीय क्षति पुर्‍याएको छ र यो एउटा तागतका रूपमा उदाउँदै छ । यस्तो गम्भीर विषयमा सूक्ष्म विश्लेषण गर्नुपर्ने बेला तुजुक, धम्की र खिसी–ट्युरीमा समय खर्चिएको देखिन्छ ।

गुन्डुको प्राकृतिक सौन्दर्यले यो ठाउँ लोकप्रिय छ । तर ओली त्यहीँबाट भन्छन्- “मैले गोली हान्ने आदेश दिएको थिइनँ ।” ठीकै छ, तर ती राष्ट्रप्रेमी युवाहरूको बलिदान र देश बनोस् भन्ने चाहनालाई किन वास्ता गरिएन ?

यति सुन्दर देशलाई यस्तै छाडेर जाने हो त ? ती आमाहरूलाई किन सहानुभूति देखाइएन, जसका सन्तान शहीद, अपाङ्ग वा घाइते भएका छन् ? 

सुरक्षा फौजको भौतिक क्षतिसँगै मनोबल पनि गिरेको छ । प्रहरी प्रशासनले अझै पनि आफ्ना जवानलाई काममा फर्काउन सकेको छैन, जुन शहरका चोक–चोकमा देखिन्छ । यसले आमजनतामा सुरक्षा चिन्ता बढाएको छ ।

देशका लागि सबै सरोकारवाला एक ठाउँमा आउनुपर्छ । ओली र बस्नेतले जनताको भावनाको कदर गर्दै राष्ट्र पुनर्निर्माणमा जुट्नुपर्छ । असली नेतृत्वको परीक्षा यस्तै बेला हुन्छ । परिस्थितिको विश्लेषण गरी राष्ट्रलाई एकताबद्ध बनाउन र युवा पुस्ताको चाहना पूरा गर्न बिनाशर्त सहयोग गर्नुपर्छ ।

यो अन्तरिम सरकार आन्दोलनको जगमा बनेको हो । सरकारले दोषीहरूलाई कठघरामा उभ्याउनुपर्छ । जेन–जी आन्दोलनले सरकारको उत्तराधिकारी मात्र खोजेको होइन, गलत प्रणालीको अन्त्य चाहेको हो ।

सबै राजनीतिक दलसँग वार्ता गरी शान्तिपूर्ण चुनाव गराउन सके नयाँ पुस्ताले देश विकासको आधार तयार पार्न सक्छ। त्यसैले सबैले सहयोग गरौँ, देश बचाऔँ । गुन्डुकाे चर्चामा केन्द्रित नबनाैँ । 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १२:४५
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्