Top Navigation
  • Contact
Main Navigation
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, भदौ २८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल बिहीबार, कात्तिक १३, २०८२

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीभीटी) मार्फत सीप विकासमा ठूलो लगानी भए तापनि कमजोर प्रतिफल देखिएका कारण नेपालको श्रम बजारमा सीपविहीनताको मूल्य डरलाग्दो बनेको छ । 

सीटीईभीटीले वार्षिक रूपमा ४ लाख ३६ हजारभन्दा बढी जनशक्ति उत्पादन गरे पनि व्यावहारिक सीपको अभावका कारण ८० लाखभन्दा बढी नेपाली युवाहरू विदेशमा काम गर्न बाध्य छन् ।

सीपको अभाव अब आर्थिक सशक्तिकरणको विषय मात्र नभई राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि गम्भीर चुनौती बनिसकेको छ।गत भदौ २३ र २४ गतेको 'जेन जी' आन्दोलनका क्रममा राज्यले करिब रु ५ खर्ब २० अर्बको भौतिक तथा आर्थिक क्षति व्यहोर्नुपर्‍यो, जुन सीप–शिक्षाको खाडलको एक उपज हो ।

अदक्ष कामदारको पलायन र कम आम्दानी

विदेशिने युवाहरूको ठूलो हिस्सा अदक्ष कामदारको रूपमा जाने गरेको छ । सीपयुक्त कामदारको तुलनामा अदक्ष कामदारले न्यून ज्याला पाउँछन्, जसले गर्दा उनीहरूको आम्दानी सीमित हुन्छ । 

यसले समग्र देशको विप्रेषण आयमा समेत नकारात्मक असर परिरहेको छ, यद्यपि ८० लाख युवाहरू विदेशमा कार्यरत छन् । विश्वविद्यालयको सैद्धान्तिक प्रमाणपत्रले आजको प्रतिस्पर्धी बजारमा काम गर्न सक्ने दक्षता विकास गर्न नसक्दा यो परिणाम देखिएको हो ।

अर्थ सरोकारको एक भिडीयो सन्देशमा बताए अनुसार जपानका लागि निश्चित सीप युक्त श्रमिक पठाउने प्रक्रिया औपचारिक रुपमा सुरु भएको छ । जस अन्तर्गत नर्सिङ केयर एग्रिकल्चर उद्याेग लगायत बिभिन्न १६ क्षेत्रमा सीप युक्त श्रमिकहरु जापान पठाइने छ ।

मागपत्र प्रमाणीकरणका लागी आवस्यक सबै कागजात जापान स्थित नेपाली दुतावासको वेवसाइटमा उपलब्ध गराइएको र सोही अनुसार निबेदन पेश गर्न सकिने दुतावासले जनाएको छ । मागपत्र प्रमाणीकरण सुरु भएसँङै कामदारहरु ठगी वा अवैध माध्यम बाट जापान जाने जोखीम धट्ने देखीएको छ । यसरी विदेश जानको लागि पनि पढाइभन्दा पनि सीपमा जाेड दिइएकाे छ । 

सीटीईभीटीको भूमिका 

सीप विकासको आवश्यकतालाई सम्बोधन गर्न तत्कालीन श्री ५ को सरकारले २०४५ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीभीटी) मार्फत सीप विकासलाई प्राथमिकता दिँदै आएको छ । सीटीईभीटीको वार्षिक प्रतिवेदन २०८०/८१ अनुसार, डिप्लोमा र प्रि–डिप्लोमा कार्यक्रमबाट कुल ४ लाख ३६ हजार ४ सय ३२ जना जनशक्ति उत्पादन भएको छ जसमध्ये प्रि–डिप्लोमातर्फ २ लाख ७२हजार ८५७ र डिप्लोमान्तर्फ १ लाख ६३ हजार५ सय ७५ जना छन् । परिषद्ले श्रम बजारको मागअनुसार छोटो अवधिको सीपमूलक तालिमहरू पनि सञ्चालन गर्ने गर्दछ ।

स्थानीय पहल 

सीप विकासमा निजी क्षेत्र र स्थानीय तहहरूको सक्रियता भने सकारात्मक देखिएको छ । काठमाडौं महानगरपालिकाले आ.व. २०८१/८२ मा 'सीप मेला २०८२' आयोजना गरी देशभरिका २,०८२ जना युवायुवतीलाई निःशुल्क व्यावसायिक तालिम दिएको थियो ।

यसको विपरीत, नेपाल सरकारको 'प्रधानमन्त्री रोजगार कार्यक्रम' सीप विकासभन्दा पनि 'कार्यकर्ता भर्नाको थलो' बनेको भन्ने गम्भीर आरोप लाग्ने गरेको पाइन्छ, जसले सरकारी लगानीको प्रभावकारितामाथि प्रश्नचिन्ह खडा गरेको छ । युवा पुस्ताको चर्को असन्तुष्टि र भदौको आन्दोलनले पनि स्वदेशमै सीप विकास र सुशासन मुख्य माग रहेको पुष्टि गरेको छ ।

आर्थिक सशक्तिकरण र नीतिगत आवश्यकता

सीप भनेको श्रमको मूल्य बढाउने र व्यक्तिको आम्दानी सुनिश्चित गर्ने मुख्य आधार हो । विदेशमा सीपअनुसारको काम गर्दा बढी आर्जन हुने तथ्यले पनि यो पुष्टि गर्छ। गाउँकी महिलाले सिलाइ–बुनाइ वा युवाहरूले मोटरसाइकल मर्मत, वेब डिजाइन, डिजिटल मार्केटिङ जस्ता सीप सिकेर स्वदेशमै उद्यम चलाएर मनग्यै आम्दानी गर्न सक्छन् ।

विकसित देशहरू सीपयुक्त जनशक्तिमा बलियो भएका कारण नै विकसित कहलिएका हुन् । देशको दिगो विकासका लागि नीति निर्माताहरूले तत्कालको लाभलाई नहेरी भविष्यको सोच राख्दै विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षासँगै सीप सिकाउने संस्कृतिलाई प्राथमिकता दिनु आजको टड्कारो आवश्यकता हो । नेपालका युवामा अपार सम्भावना छ, उनीहरूलाई आवश्यक सीपका अवसर प्रदान गर्न सके विदेश जाने बाध्यता हट्नेछ र देश विकासमा सहयोग पुग्ने देखिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
थप विचार
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शनिबार, साउन २३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ३ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ४ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ५ आँखाले चिनेको शव, कानुनले अझै चिनेन
विचार
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्