Top Navigation
  • Contact
Main Navigation
बिहीबार, कात्तिक १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, कात्तिक १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • ‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल बिहीबार, असोज २३, २०८२

“हैन, के हो बा’को तुजुक अनि फुर्ति त अझै उस्तै रहेछ ?”
छेउमा बसेको कान्छो भाइले सोध्यो । माइला दाइ विनय भन्दै थिए- “येस्तै हो, अगाडि कुरा सुन्ने मान्छे भएपछि हाम्रा ‘बा’ जे पनि बोल्छन् ।”

तीन भाइ छोरा मध्ये कान्छा छोरा अर्जुन वैदेशिक रोजगारीको छुट्टीमा घर आएको थिए । माइला छोरा खेतीपातीमा व्यस्त, अनि साहिला छोरा ‘बा’ को काममा पछि पछि लाग्थे ।

उमेरले ७५ नाघेका ‘बा’ साँच्चिकै आफ्ना कुरा सुन्नेहरू अगाडि पाएपछि भात खानसमेत बिर्सन्थे । एक दिन उनी चौतारोमा बसेर घण्टौँ आफ्ना कुरा सुनाउँदै थिए ।
गोदामघरे सन्तोषकी जेठी छोरी आइन् र भनीन्, “बुवा, बुवा...आमाले मेलो जान ढिलो भयो, छिटो आउनु भन्नु भएको छ ।”

तर सन्तोष, छोरीको कुरा नसुनी ‘बा’ का कुरा सुनेर रमाइरहेका थिए । सन्तोष मात्रै होइन, उनका कुरा सुन्दै गाउँलेहरू आफ्ना काम बिर्सन्थे । बुढापाका, अर्धबैसेहरू त ‘बा’ कहिले चौतारोमा आउलान् र केही भन्लान् भनेर सुन्न आतुर हुन्थे । ‘बा’ का साहिला छोरा उनको कार्यक्रम मिलाउन खप्पिस नै देखिन्थे ।

देशको अहिलेको अवस्था, राजनीति, आर्थिक, सामाजिक संस्कृति अनि विश्व राजनीतिसम्मको ज्ञान राख्ने ‘बा’ गाउँमा पुगे भने केही गर्छन् भन्नेमा सबै ढुक्क थिए । ‘बा’ को प्रभाव दिनदिनै गाउँ समाजमा बढ्दै गयो । तर युवापुस्तामाझ ‘बा’  ख्याती अलि कम थियो । तै पनि कुरा सुन्थे । सबैको मान्यगुण्य भएर बसेका ‘बा’ लाई गाउँलेहरूले मुखिया बनाए ।

मुखिया भएपछि ‘बा’ निकै हौसिएर भूतपूर्व मुखियाको उछेतो नै काट्थे । पल्लो गाउँको मुखियाको त मन राखेजस्तो गर्थे, अनि “गएको साल कुलो लाउँदा हाम्रो खेतसम्म पानी खोज्न किन आएको ?” पनि भन्थे ।

सिमाना जोडिएका गाउँका मुखियासँग उनी अक्सर विकासका योजना-कुलो, पुल, खेतबारी, शिक्षा, सञ्चार र प्रविधिका विषयमा छलफल गर्थे । सबका प्रिय ‘बा’ यहाँसम्म आइपुग्दा दोस्रो पटक मुखिया चलाइरहेका थिए ।

अलि हक्की स्वभावका उनले गाउँ विकासका लागि केही योजना पनि अघि सारे । युवा स्वरोजगार, मोटर बाटो र ‘एक घर एक धारा’ लगायत धेरै प्रमुख योजना थियो । आशा र प्रभावमा परेका सबै गाउँले र युवापुस्ताले सुनौलो भविष्यको कल्पनामा ‘बा’ लाई तेस्रो पटक पनि मुखियामा चुने ।

तेस्रो कार्यकालसम्म आइपुग्दा ‘बा’ का समर्थक गाउँमा टन्न भइसकेका थिए । तर ‘बा’ को भनाइ र गराइमा आकाश–जमिनको फरक आइसकेको थियो । उनी वरिपरिको मानिसको कुरा बढी सुन्थे, अनि वरिपरिका गल्तीको कुनै प्रवाह नै थिएन उनलाई ।

एक हप्ता अघि चौतारोमा बसेर उखान–टुक्का हाल्दै ‘बा’  सधैँझैँ गाउँलेलाई आफ्नो राजनीतिक पुरानो अनुभव सुनाइरहेका थिए । त्यसैमा हस्याङ–फस्याङ गर्दै सन्तोष आयो र भन्यो,
“बा, तपाईँको साहिला छोराको साइकलले त्यो हरिको छोरोलाई ठक्कर दिएछ ।”

‘बा’ ले भने, “ए, त्यो सामान्य ठक्कर हो ।”

तर हरिको छोरो उपचारका लागि अस्पतालमै भर्ना भएको थियो ।

पछि गाउँलेहरूले विरोध गरेपछि उपचार खर्च व्यहोर्छु भन्न बाध्य भए । जुन अहिलेका जवान युवापुस्तालाई मन परेको थिएन ।

‘बा’ ले पहिलो र दोस्रो कार्यकालमा मुखियाको हैसियतमा गाउँको भलाइका लागि गरेका कामको सबैले समयक्रममा तारिफ गरेका थिए ।

तर तेस्रो कार्यकालसम्म आइपुग्दा आफूलाई मुखिया बनाउनेहरूमै खनिन थाले ।

जसले सहयोग गरेका थिए, उनीहरूलाई हटाउन समेत पछि परेनन् ।

पछिल्लो कालखण्डमा ‘बा’का कुरा र काममा आएको भिन्नताका कारण प्रायः सबै शुभचिन्तक र गाउँले दिक्क भइसकेका थिए । 

गाउँका सचेत युवाहरू अब मुखिया परिवर्तनको सोचमा एकजुट हुन थाले ।

जसको आभास ‘बा’ ले पनि पाएका थिए ।
तर उनले कलिला पुस्ताको भविष्यप्रतिको चिन्तालाई बेवास्ता गर्दै “यी आला–काचा हुन्” भनेर पन्छाउन खोजे ।
यही कुरा उनलाई पदबाट हटाउने प्रमुख कारण बन्यो ।

विवादको मुख्य विषय गाउँको विद्यालय स्तरवृद्धि थियो ।
युवाहरू विद्यालयलाई कक्षा ५ बाट १२ सम्म विस्तार गर्न, कम्प्युटर शिक्षा अनिवार्य बनाउन र गाउँको आम्दानी पारदर्शी बनाउन चाहन्थे ।

तर मुखिया र उनका सहयोगीहरूले युवाहरूको आवाज दमन गर्न खोजे ।

आक्रोशित युवाहरूले त्यसको प्रतिवाद गरे र अन्ततः ‘बा’  पद छोड्न बाध्य पारियो ।

परिवर्तनको महान् उद्देश्यलाई थाम्न नसकेर उनका सहयोगीहरू आफू बच्न सुरक्षित ठाउँमा गए ।

त्यसपछि मात्र मुखियाले पद छोड्न बाध्य भए । त्यो बेलासम्म निकै अनिष्ट भइसकेको थियो । केही दिन उनी गुमनाम बसे, जसले मुखिया ‘बा’ र उनका सहयोगीका लागि ज्यान बचाउन सहयोग गर्‍यो ।

आज गाउँमा नयाँ मुखिया चयन भइसकेका छन् ।
‘बा’ र उनका सबै सहयोगीहरू आ–आफ्ना घर फर्किसकेका छन् ।

जहाँ युवापुस्ताले दोषीलाई कारबाहीको माग गरिरहेका छन्।
“यी विकास–विरोधी पूर्वमुखिया र उनका आसेपासेलाई तुरुन्तै उचित सजाय दिनु पर्छ, नत्र अर्को मुखियाको खोजीमा लाग्नुपर्ने हुन्छ,” भन्ने स्पष्ट सन्देश पनि दिइरहेका छन् ।

तर ‘बा’को तुजुक अनि रबैयामा कुनै परिवर्तन आएको देखिँदैन । 

उही चुरी फुरीको पुनरावृत्ति भएको छ ।
उनी अझै आफन्त, अर्धबैसे र बुढापाकालाई अगाडि राखेर हौसिँदै भन्छन्- “यो नयाँ मुखिया हाहाहा र हुहुमा बनेको हो ।”

उनी बर्बराउँदै भन्छन्- “गाउँ भाड्न छिमेकी मुखियाको पनि ठुलो हात छ । कुलो लाउँदा यता पानी खोज्न किन आएको भनेको थिएँ, आज बदला लिए ।” उनले सुइ अर्को तिर मोडिदिएका छन् ।

उनमा कुनै पछुतो, दुख वा भावनाको अनुभूति देखिँदैन ।

उनको बोली र हाउभाउबाटै त्यो प्रष्ट बुझिन्छ ।
अनि अर्कोतर्फ उनले “नाच्न नजान्ने आँगन टेढो” भन्ने उखानलाई सार्थक बनाइरहेका छन् ।

उनका साहिला छोरा अझै पनि ‘बा’ को तालिका मिलाउन व्यस्त देखिन्छन् । आज गाउँको यो दुर्अवस्थाले केको सङ्केत गर्दछ भन्ने बुझ्न अलि कठिन छ ।

यसमा नयाँ मुखिया कति खरो साबित हुन्छन्, त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

यसरी आफुले पाइरहेको मान–सम्मान र गाउँलेको माया नबुझी
“यो मुखियाको पद मेरै हो, म नभए कोही हुँदैन” भन्ने घमन्ड देखाउँदा...र युवापुस्तालाई पन्छाउन खोज्दा ‘बा’ ले मुखियाको पदबाट हट्नु पर्‍यो ।

तसर्थ, सार्वजनिक पद धारण गरेर बसेकाहरूले “खोला तरेपछि लौरो बिर्सिनु हुँदैन” भन्ने कुरा सधैँ सम्झनुपर्छ । समस्यालाई सानो–ठूलो नभनी समयमै समाधान गर्न खोज्नेले सधैँ सम्मान पाउँछन् ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शनिबार, असोज २४, २०८३
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा बिहीबार, असोज २२, २०८३
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? बुधबार, असोज २१, २०८३
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेकपाको राष्ट्रिय जागरण अभियानः तीन लक्ष्य, एउटै चुनौती
  • नंः २ आगामी मौसमः सतर्कता अपनाऔँ, बाली जोगाऔँ र सुरक्षित रहौँ
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्