Top Navigation
Main Navigation
बिहीबार, वैशाख ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, वैशाख ३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • ‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी
अच्युत प्रसाद नेपाल
अच्युत प्रसाद नेपाल बिहीबार, असोज २३, २०८२

“हैन, के हो बा’को तुजुक अनि फुर्ति त अझै उस्तै रहेछ ?”
छेउमा बसेको कान्छो भाइले सोध्यो । माइला दाइ विनय भन्दै थिए- “येस्तै हो, अगाडि कुरा सुन्ने मान्छे भएपछि हाम्रा ‘बा’ जे पनि बोल्छन् ।”

तीन भाइ छोरा मध्ये कान्छा छोरा अर्जुन वैदेशिक रोजगारीको छुट्टीमा घर आएको थिए । माइला छोरा खेतीपातीमा व्यस्त, अनि साहिला छोरा ‘बा’ को काममा पछि पछि लाग्थे ।

उमेरले ७५ नाघेका ‘बा’ साँच्चिकै आफ्ना कुरा सुन्नेहरू अगाडि पाएपछि भात खानसमेत बिर्सन्थे । एक दिन उनी चौतारोमा बसेर घण्टौँ आफ्ना कुरा सुनाउँदै थिए ।
गोदामघरे सन्तोषकी जेठी छोरी आइन् र भनीन्, “बुवा, बुवा...आमाले मेलो जान ढिलो भयो, छिटो आउनु भन्नु भएको छ ।”

तर सन्तोष, छोरीको कुरा नसुनी ‘बा’ का कुरा सुनेर रमाइरहेका थिए । सन्तोष मात्रै होइन, उनका कुरा सुन्दै गाउँलेहरू आफ्ना काम बिर्सन्थे । बुढापाका, अर्धबैसेहरू त ‘बा’ कहिले चौतारोमा आउलान् र केही भन्लान् भनेर सुन्न आतुर हुन्थे । ‘बा’ का साहिला छोरा उनको कार्यक्रम मिलाउन खप्पिस नै देखिन्थे ।

देशको अहिलेको अवस्था, राजनीति, आर्थिक, सामाजिक संस्कृति अनि विश्व राजनीतिसम्मको ज्ञान राख्ने ‘बा’ गाउँमा पुगे भने केही गर्छन् भन्नेमा सबै ढुक्क थिए । ‘बा’ को प्रभाव दिनदिनै गाउँ समाजमा बढ्दै गयो । तर युवापुस्तामाझ ‘बा’  ख्याती अलि कम थियो । तै पनि कुरा सुन्थे । सबैको मान्यगुण्य भएर बसेका ‘बा’ लाई गाउँलेहरूले मुखिया बनाए ।

मुखिया भएपछि ‘बा’ निकै हौसिएर भूतपूर्व मुखियाको उछेतो नै काट्थे । पल्लो गाउँको मुखियाको त मन राखेजस्तो गर्थे, अनि “गएको साल कुलो लाउँदा हाम्रो खेतसम्म पानी खोज्न किन आएको ?” पनि भन्थे ।

सिमाना जोडिएका गाउँका मुखियासँग उनी अक्सर विकासका योजना-कुलो, पुल, खेतबारी, शिक्षा, सञ्चार र प्रविधिका विषयमा छलफल गर्थे । सबका प्रिय ‘बा’ यहाँसम्म आइपुग्दा दोस्रो पटक मुखिया चलाइरहेका थिए ।

अलि हक्की स्वभावका उनले गाउँ विकासका लागि केही योजना पनि अघि सारे । युवा स्वरोजगार, मोटर बाटो र ‘एक घर एक धारा’ लगायत धेरै प्रमुख योजना थियो । आशा र प्रभावमा परेका सबै गाउँले र युवापुस्ताले सुनौलो भविष्यको कल्पनामा ‘बा’ लाई तेस्रो पटक पनि मुखियामा चुने ।

तेस्रो कार्यकालसम्म आइपुग्दा ‘बा’ का समर्थक गाउँमा टन्न भइसकेका थिए । तर ‘बा’ को भनाइ र गराइमा आकाश–जमिनको फरक आइसकेको थियो । उनी वरिपरिको मानिसको कुरा बढी सुन्थे, अनि वरिपरिका गल्तीको कुनै प्रवाह नै थिएन उनलाई ।

एक हप्ता अघि चौतारोमा बसेर उखान–टुक्का हाल्दै ‘बा’  सधैँझैँ गाउँलेलाई आफ्नो राजनीतिक पुरानो अनुभव सुनाइरहेका थिए । त्यसैमा हस्याङ–फस्याङ गर्दै सन्तोष आयो र भन्यो,
“बा, तपाईँको साहिला छोराको साइकलले त्यो हरिको छोरोलाई ठक्कर दिएछ ।”

‘बा’ ले भने, “ए, त्यो सामान्य ठक्कर हो ।”

तर हरिको छोरो उपचारका लागि अस्पतालमै भर्ना भएको थियो ।

पछि गाउँलेहरूले विरोध गरेपछि उपचार खर्च व्यहोर्छु भन्न बाध्य भए । जुन अहिलेका जवान युवापुस्तालाई मन परेको थिएन ।

‘बा’ ले पहिलो र दोस्रो कार्यकालमा मुखियाको हैसियतमा गाउँको भलाइका लागि गरेका कामको सबैले समयक्रममा तारिफ गरेका थिए ।

तर तेस्रो कार्यकालसम्म आइपुग्दा आफूलाई मुखिया बनाउनेहरूमै खनिन थाले ।

जसले सहयोग गरेका थिए, उनीहरूलाई हटाउन समेत पछि परेनन् ।

पछिल्लो कालखण्डमा ‘बा’का कुरा र काममा आएको भिन्नताका कारण प्रायः सबै शुभचिन्तक र गाउँले दिक्क भइसकेका थिए । 

गाउँका सचेत युवाहरू अब मुखिया परिवर्तनको सोचमा एकजुट हुन थाले ।

जसको आभास ‘बा’ ले पनि पाएका थिए ।
तर उनले कलिला पुस्ताको भविष्यप्रतिको चिन्तालाई बेवास्ता गर्दै “यी आला–काचा हुन्” भनेर पन्छाउन खोजे ।
यही कुरा उनलाई पदबाट हटाउने प्रमुख कारण बन्यो ।

विवादको मुख्य विषय गाउँको विद्यालय स्तरवृद्धि थियो ।
युवाहरू विद्यालयलाई कक्षा ५ बाट १२ सम्म विस्तार गर्न, कम्प्युटर शिक्षा अनिवार्य बनाउन र गाउँको आम्दानी पारदर्शी बनाउन चाहन्थे ।

तर मुखिया र उनका सहयोगीहरूले युवाहरूको आवाज दमन गर्न खोजे ।

आक्रोशित युवाहरूले त्यसको प्रतिवाद गरे र अन्ततः ‘बा’  पद छोड्न बाध्य पारियो ।

परिवर्तनको महान् उद्देश्यलाई थाम्न नसकेर उनका सहयोगीहरू आफू बच्न सुरक्षित ठाउँमा गए ।

त्यसपछि मात्र मुखियाले पद छोड्न बाध्य भए । त्यो बेलासम्म निकै अनिष्ट भइसकेको थियो । केही दिन उनी गुमनाम बसे, जसले मुखिया ‘बा’ र उनका सहयोगीका लागि ज्यान बचाउन सहयोग गर्‍यो ।

आज गाउँमा नयाँ मुखिया चयन भइसकेका छन् ।
‘बा’ र उनका सबै सहयोगीहरू आ–आफ्ना घर फर्किसकेका छन् ।

जहाँ युवापुस्ताले दोषीलाई कारबाहीको माग गरिरहेका छन्।
“यी विकास–विरोधी पूर्वमुखिया र उनका आसेपासेलाई तुरुन्तै उचित सजाय दिनु पर्छ, नत्र अर्को मुखियाको खोजीमा लाग्नुपर्ने हुन्छ,” भन्ने स्पष्ट सन्देश पनि दिइरहेका छन् ।

तर ‘बा’को तुजुक अनि रबैयामा कुनै परिवर्तन आएको देखिँदैन । 

उही चुरी फुरीको पुनरावृत्ति भएको छ ।
उनी अझै आफन्त, अर्धबैसे र बुढापाकालाई अगाडि राखेर हौसिँदै भन्छन्- “यो नयाँ मुखिया हाहाहा र हुहुमा बनेको हो ।”

उनी बर्बराउँदै भन्छन्- “गाउँ भाड्न छिमेकी मुखियाको पनि ठुलो हात छ । कुलो लाउँदा यता पानी खोज्न किन आएको भनेको थिएँ, आज बदला लिए ।” उनले सुइ अर्को तिर मोडिदिएका छन् ।

उनमा कुनै पछुतो, दुख वा भावनाको अनुभूति देखिँदैन ।

उनको बोली र हाउभाउबाटै त्यो प्रष्ट बुझिन्छ ।
अनि अर्कोतर्फ उनले “नाच्न नजान्ने आँगन टेढो” भन्ने उखानलाई सार्थक बनाइरहेका छन् ।

उनका साहिला छोरा अझै पनि ‘बा’ को तालिका मिलाउन व्यस्त देखिन्छन् । आज गाउँको यो दुर्अवस्थाले केको सङ्केत गर्दछ भन्ने बुझ्न अलि कठिन छ ।

यसमा नयाँ मुखिया कति खरो साबित हुन्छन्, त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

यसरी आफुले पाइरहेको मान–सम्मान र गाउँलेको माया नबुझी
“यो मुखियाको पद मेरै हो, म नभए कोही हुँदैन” भन्ने घमन्ड देखाउँदा...र युवापुस्तालाई पन्छाउन खोज्दा ‘बा’ ले मुखियाको पदबाट हट्नु पर्‍यो ।

तसर्थ, सार्वजनिक पद धारण गरेर बसेकाहरूले “खोला तरेपछि लौरो बिर्सिनु हुँदैन” भन्ने कुरा सधैँ सम्झनुपर्छ । समस्यालाई सानो–ठूलो नभनी समयमै समाधान गर्न खोज्नेले सधैँ सम्मान पाउँछन् ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  बुधबार, वैशाख २, २०८३
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल सोमबार, चैत २३, २०८२
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी आइतबार, चैत २२, २०८२
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ शनिबार, चैत १४, २०८२
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शनिबार, चैत ७, २०८२
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार शनिबार, फागुन ३०, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शनिबार, फागुन ३०, २०८२
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? शनिबार, फागुन २३, २०८२
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा बिहीबार, फागुन २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ३ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः ४ बोल्नै नपर्ने खाजा घर
विचार
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्