Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, साउन १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वरिष्ठ उपाध्यक्ष पोखरेललाई स्वास्थ्यका २१ बुँदे सुझाव
वरिष्ठ उपाध्यक्ष पोखरेललाई स्वास्थ्यका २१ बुँदे सुझाव
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, चैत २९, २०७८

काठमाडौ । नेकपा (एमाले) लाई आगामी निर्वाचनमा स्वास्थ्य क्षेत्रमा पार्टीले लिनुपर्ने नीति तथा कार्यक्रममा समेट्नका लागि सुझाव बुझाइएको छ। 

पार्टीका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेललाई आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराई र राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घका अध्यक्ष डा झलक शर्मा गौतमले घोषणापत्रमा सुझावका लागि २१ बुँदे सुझाव पेश गरेको हो। 

सुझाव बुझ्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले घोषणापत्रमा संविधानमा उल्लेख भएबमोजिम निःशुल्क स्वास्थ्यलाई कार्यान्वयन गराउनेतर्फ अग्रसर भएर भूमिका खेल्ने बताएका छन्। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले घोषणापत्रमा स्थानीय तहले स्वास्थ्य क्षेत्रमा कसरी काम गर्ने भन्ने नीतिगतरूपमा उल्लेख गरिने बताएका छन्। 

संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हेक्का राखेर घोषणापत्र बनाइने बताउँदै उनले पार्टीले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय र स्थानीयस्तरमा गरी दुई किसिमका घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए। 

पेश गरिएको सुझावमा स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर पालिकाद्वारा खर्च गरिने विकास बजेटको न्यूनतम १० प्रतिशत बजेट स्वास्थ्य सेवाको विकासको लागि खर्च गरिने, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिको लागि निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण तथा उपचार कार्यक्रम सञ्चालन गरी नागरिकप्रतिको राज्यको सम्मानमा वृद्धि गरिने, मुटु, फोक्सो, कलेजो तथा मिर्गौलासम्बन्धी रोग तथा क्यान्सरलगायत नसर्ने रोग रोकथाम तथा उपचारका लागि हरेक वार्ड तहमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र (स्वास्थ्यचौकी)को स्तरोन्नति गरी समयमै निःशुल्क रोग पहिचान, उपचार र प्रेषण गर्ने व्यवस्था गर्ने र यी रोगका कारण अल्पआयुमा हुने मृत्यु कम गर्दै लगिने उल्लेख छ। 

यस्तैगरी सुझावमा प्रत्येक स्थानीय तहले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा स्वास्थ्य तथा जनसङ्ख्या शिक्षा थप परिमार्जनसहित अनिवार्य लागू गरिने, स्थानीय तहलाई मदिरा, सुर्तीजन्य पदार्थ र अस्वस्थकर खानेकुरारहित बनाई स्वस्थ नागरिक, समृद्ध समाज निर्माणको अभियान सञ्चालन गरिनेसमेत सुझावमा समेटिएको छ। 

स्थानीय अस्पतालबाट २४ घण्टा र ३६५ दिन एम्बुलेन्ससहितको आकस्मिक सेवा उपलब्ध गराउने र राजमार्ग छेउका स्थानीय अस्पताललाई सवारी दुर्घटना आदिबाट आउने घाइतेको आकस्मिक उपचार गर्ने सक्ने गरी ट्रमा उपचार केन्द्रको रूपमा विकास गरिने उल्लेख गरिएको छ।

विशेषज्ञ अस्पताल वा शिक्षण अस्पतालको सहकार्यमा प्रत्येक स्थानीय तह खास गरी दुर्गम क्षेत्रका पालिकाले कम्तीमा वर्षमा एकपटक विशेषज्ञसहितको एकीकृत स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने छ। 

स्वास्थ्य विभागका प्रमुख भट्टराईले पार्टीले संविधानमा गरिएको निःशुल्क स्वास्थ्यलाई कार्यन्वयन गर्ने बताएका छन्। 
 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १८:५२
##CommunistPartyOfNepal(UML)
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ?
सत्ता सहकार्यसँगै होला त, विचार र आन्दोलनको एकता ? शुक्रबार, साउन ८, २०८३
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म
लोकप्रियतावादको मूल्यः सुकुम्बासीदेखि आत्मदाहसम्म आइतबार, साउन ३, २०८३
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि... बुधबार, असार २४, २०८३
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ माइतीघरको सामीप्यता : माया,  स्नेह र भरोसा
  • नंः २ ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
  • नंः ३ मिसेस नेपाल उपविजेता रञ्जना बुढाथोकीको नजरमा
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्