Top Navigation
Main Navigation
आइतबार, वैशाख ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, वैशाख ६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • आगामी बजेटले नीतिगत फड्को लिनुपर्नेमा पूर्व अर्थमन्त्री फोरमको जोड
आगामी बजेटले नीतिगत फड्को लिनुपर्नेमा पूर्व अर्थमन्त्री फोरमको जोड
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, वैशाख १६, २०७९
Former Finance Ministers

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमा केन्द्रित भइ पूर्व अर्थमन्त्री फोरमको बैंठक सम्पन्न भएको छ ।

बैंठकमा दिगो आर्थिक विकासका लक्ष्यहरुको प्राप्ति, दिगो लगानी प्रवद्र्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवद्र्धन, शिक्षा, पर्यटन, निर्यात प्रबद्र्धन, पूंँजिगत खर्च वृद्धिलगायतका महत्वपूर्ण विषयहरुमा आगामी बजेटमार्फत कसरी सम्बोधन गर्ने/गराउने भन्ने विषयहरुमा व्यापक छलफल तथा अन्तर्क्रिया भएको हो । 

देशको वर्तमान आर्थिक अवस्था चुनौतिपूर्ण बन्दै गइरहेको सन्दर्भमा नीतिगत तथा क्षेत्रगत सुधारमा फड्को मार्नु पर्नेमा सहभागीहरुको मतैक्य रहेको थियो ।

Former Finance Ministers1651214892.jpgआगामी बजेटको आकार बढाउदा विचार गर्नुपर्ने, मुलुकको खर्च व्यवस्थापनमा संतुलन कायम गर्नुपर्ने, सामाजिक सुरक्षामा खर्च बढ्दै गइरहेकोले राष्ट्रिय सहमतिका आधारमा व्यवस्थापन गर्दै जानुपर्ने, उत्पादकत्व वृद्धिमा जोड दिँदै निर्यात प्रबद्र्धन गर्नुपर्ने, प्रोत्साहनसहित विप्रेषणलाई बैंकिङ च्यानलबाट व्यवस्थित तथा बढवा दिने गरी आकर्षित गराइनुपर्ने निर्देशित लगानीका विषयमा पुनर्विचार गर्ने जस्ता महत्वपूर्ण विषयहरुमा बैंठकमा सहभागी विज्ञहरुले सुझाव प्रस्तुत गरेको थियो ।

त्यसैगरी कृषि तथा वन क्षेत्रको विकासका लागि जैविक विविधता (Bio Diversity) लाई ध्यान दिइ प्रवद्र्धन गरिनुपर्ने विषयमा बैंठकमा छलफल भएको थियो ।

स्थानीय सरकारलाई बलियो बनाइ स्थानीय घरेलु, साना तथा मझौला व्यवसायलाई स्तरोन्नति गर्दै आवश्यक पूर्वाधारहरुको निर्माण, (कस्टम हायरिङ सेन्टर, कोल्ड स्टोरेज, एग्रो प्रोसेसिङ जोन, भण्डारण, बजार व्यवस्थापन) रोजगारी तथा उत्पादन वृद्धिमा बैंठकमा विशेष जोड दिइएको थियो । 

आगामी बजेटले नीतिगत सुधारमा फड्को मार्न सक्यो भने मात्र वर्तमान अवस्थामा देखिएको कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सकिने बैंठकको निष्कर्ष रहेको र फोरमको बैंठकमा प्राप्त भएका रायसुझावहरुलाई लिपिबद्ध गरी माननीय अर्थमन्त्रीसँग प्रत्यक्ष भेटघाट गरी बुझाइने फोरमका सदस्य सचिव माननीय बिमल केडियाले बताए ।

फोरमको बैंठकमा पूर्व अर्थमन्त्रीहरु माननीय सुरेन्द्र पाण्डे, माननीय डा. रामशरण महत, माननीय बर्षमान पुन, माननीय डा. युवराज खतिवडासहित फोरमका सदस्य–सचिव माननीय विमल केडिया, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व सचिव शंकर अधिकारी, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यान र वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा
‘हाई प्रोफाइल’ सुन सम्पत्तिको हंगामा शनिबार, वैशाख ५, २०८३
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट
स्ट्रेट अफ हर्मुज खुलेसँगै कच्चा तेलमा गिरावट शनिबार, वैशाख ५, २०८३
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक मंगलबार, वैशाख १, २०८३
बोल्नै नपर्ने खाजा घर
बोल्नै नपर्ने खाजा घर मंगलबार, वैशाख १, २०८३
पश्चिम एसियामा युद्ध चर्कँदाे
पश्चिम एसियामा युद्ध चर्कँदाे सोमबार, चैत १६, २०८२
रुप्सेले कसको मन लोभ्याउँदैन र ?
रुप्सेले कसको मन लोभ्याउँदैन र ? आइतबार, चैत १५, २०८२
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने
दश वर्षदेखि बैंकमा निस्क्रिय रकम स्वतः राजस्वमा जम्मा हुने आइतबार, चैत १५, २०८२
एक सातापछि ‘फुल सिलिण्डर’ बजारमा: कृतिम अभाव अन्त्य गर्ने आयल निगमको तयारी
एक सातापछि ‘फुल सिलिण्डर’ बजारमा: कृतिम अभाव अन्त्य गर्ने आयल निगमको तयारी बिहीबार, चैत १२, २०८२
पर्यटककाे गन्तव्य शङ्करबेली सिमसार
पर्यटककाे गन्तव्य शङ्करबेली सिमसार मंगलबार, चैत १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः २ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः ३ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ४ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ५ बोल्नै नपर्ने खाजा घर
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्