Top Navigation
  • Contact
Main Navigation
शनिबार, कात्तिक २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
शनिबार, कात्तिक २१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • जापानी खानासँगै संस्कृतिको उत्सव
जापानी खानासँगै संस्कृतिको उत्सव नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक २१, २०८३

काठमाडौ । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठमा जापानी खानासँगै संस्कृतिको उत्सव मनाउँदै आएको छ ।

होक्काइडो ग्रुप नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई खानामार्फत जोड्ने उद्देश्यले काठमाडौंमा जापानी फुड फेस्टिभल आयोजना भएको हो।

होक्काइडो ग्रुप र र्‍याडिसन काठमाडौँको सहकार्यमा सञ्चालन भइरहेको यस फेस्टिभलले जापानी खानाको परम्परा, पाककला र सांस्कृतिक अभ्यासलाई नेपाली आगन्तुकमाझ प्रस्तुत गरेको छ ।

काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन काठमाडौँ परिसरमा रहेको होक्काइडो एसियन कुजिनमा नोभेम्बर ३ देखि ९, २०२६ सम्म सञ्चालन भइरहेको फेस्टिभलमा जापानी खानाका विभिन्न परिकारसँगै प्रत्यक्ष पाककला प्रदर्शन तथा सांस्कृतिक गतिविधि समावेश गरिएकाे छ ।

साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा जापानी डिनर बुफे तथा अनलिमिटेड सुसी उपलब्ध गराइएको छ । प्रतिव्यक्ति ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको बुफेमा एउटा सफ्ट ड्रिंक, लागू हुने कर तथा सेवा शुल्कसमेत समावेश छन् ।

कार्यक्रमको व्यवस्थापन र आगन्तुकलाई सहज अनुभव प्रदान गर्ने उद्देश्यले प्रत्येक दिन ७० जनाका लागि मात्र सहभागिता सीमित गरिएको आयोजकले जनाएको छ । फेस्टिभलको प्रमुख आकर्षण जापानबाट आएका सुसी कलाकार काजुयुकी हायाशी (Kazuyuki Hayashi) को प्रत्यक्ष पाककला प्रस्तुति रहेको छ ।

हायाशीले आगन्तुककै अगाडि सुसी तयार गर्ने प्रदर्शनमार्फत जापानी पाककलाको शैली, सीप र परम्परालाई प्रस्तुत गरिरहेका छन् । फेस्टिभलमा निगिरी सुसी, होसोमाकी रोल, तेप्पान्याकीलगायत जापानी खानाका विभिन्न परिकार समावेश गरिएको छ ।

करिब ४८ परिकारलाई नौ वटा फरक विधामा प्रस्तुत गरिएको यस फेस्टिभलले जापानी खानाको विविधता र त्यसको तयारी शैलीबारे बुझ्ने अवसर प्रदान गरेको छ। खानामा मात्र सीमित नरही फेस्टिभलमा जापानी क्यालिग्राफी र माचा चिया बनाउने परम्परागत विधिको प्रदर्शनसमेत समावेश गरिएको छ ।

जापानी क्यालिग्राफीले अक्षर लेखनलाई कलात्मक अभिव्यक्तिसँग जोड्छ भने माचा जापानी चिया संस्कृतिको महत्त्वपूर्ण हिस्सा हो । यस वर्ष होक्काइडो ग्रुपले आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सवसमेत मनाइरहेको छ ।

सन् २०१९ मा नेपालमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेको समूहले सात वर्षको अवधिमा जापानी खानामा आधारित रेस्टुरेन्ट व्यवसाय विस्तार गर्दै आएको छ । समूहका संस्थापक अर्जुन अधिकारीले जापानमा प्राप्त गरेको आतिथ्य सेवा र पाककलासम्बन्धी अनुभवलाई नेपालमा विस्तार गर्ने सोचसहित व्यवसाय सुरु गरेका हुन् ।

पार्क भिलेज रिसोर्टबाट सुरु भएको होक्काइडो ग्रुपको व्यावसायिक यात्रा अहिले काठमाडौं उपत्यका, पोखरा र चितवनसम्म विस्तार भएको छ । समूहले हाल १० वटा रेस्टुरेन्ट तथा आउटलेट सञ्चालन गरिरहेको जनाएको छ  ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ र आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सवलाई एकैसाथ जोडेर आयोजना गरिएको यो फेस्टिभल होक्काइडो ग्रुपको व्यावसायिक यात्रासँगै सांस्कृतिक आदानप्रदानको एउटा अवसरका रूपमा पनि रहेको छ ।

र्‍याडिसन काठमाडौँसँगको सहकार्यमा आयोजित कार्यक्रमले जापानी खानाको स्वाद, पाककला र सांस्कृतिक परम्परालाई एउटै स्थानमा प्रस्तुत गरेको छ । यसले काठमाडौंको आतिथ्य क्षेत्रमा अन्तर्राष्ट्रिय खानाको अनुभवलाई थप विविध बनाउनुका साथै नेपालमा जापानी खानाको पहिचान विस्तार गर्ने अवसर प्रदान गरेको छ ।

कार्यक्रमबारे थप जानकारी तथा टेबल आरक्षणका लागि ९७७-९८०१०११३०२ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १८:५१
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
कोका-कोलाले ल्यायो ‘भरौँ खुसी’ दशैँ अभियान
कोका-कोलाले ल्यायो ‘भरौँ खुसी’ दशैँ अभियान शुक्रबार, असोज ३०, २०८३
उदयपुर मासुमा आत्मनिर्भर, सुँगुर/बंगुर उत्पादनमा अग्रस्थान
उदयपुर मासुमा आत्मनिर्भर, सुँगुर/बंगुर उत्पादनमा अग्रस्थान बिहीबार, असोज २९, २०८३
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता बुधबार, असोज २८, २०८३
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी शनिबार, असोज २४, २०८३
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट शुक्रबार, असोज २३, २०८३
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा शुक्रबार, असोज २३, २०८३
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् ।
आफ्नो बाइक ल्याउनुहोस् । आफ्नो पावर अपग्रेड गर्नुहोस् । बिहीबार, असोज २२, २०८३
पासपोर्टमा सरकारको लापरबाही किन ?
पासपोर्टमा सरकारको लापरबाही किन ? शुक्रबार, असोज १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' ले दिएको पुनर्जन्म
  • नंः २ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः ३ 'पिंक प्रमिस-आशाको आवाज' काे क्यान्सर सचेतना कार्यक्रम
  • नंः ४ राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड
  • नंः ५ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
विचार
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
'नामी' ले दिएको पुनर्जन्म
'नामी' ले दिएको पुनर्जन्म प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्