Top Navigation
  • Contact
Main Navigation
आइतबार, कात्तिक २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nepal Rastra Bank
आइतबार, कात्तिक २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • प्रोटोनलाई एकैपटक दुई अन्तर्राष्ट्रिय अवार्ड
प्रोटोनलाई एकैपटक दुई अन्तर्राष्ट्रिय अवार्ड कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स-२०२६
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, कात्तिक २९, २०८३

काठमाडौं । प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स-२०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

उक्त सवारीले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक-पिपुल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार-एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो ।

यस उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञहरूमाझ प्रोटोन ई.मास ५ को बढ्दो लोकप्रियता र आकर्षणलाई थप पुष्टि गरेको छ। यी दुई अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यतालाई प्रतिबिम्बित गरेकाे छ।

पिपुल्स च्वाइस अवार्डले उपभोक्ताको रोजाइ र विश्वासलाई सम्मान गरेको छ भने एडिटर्स च्वाइस अवार्डले अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा यसको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको छ।

यो उपलब्धिले आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधासहित विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार हुँदै गएको र उपभोक्ताहरूले प्रविधिमैत्री, व्यावहारिक तथा उचित मूल्यका सवारी साधनलाई प्राथमिकता दिन थालेको वर्तमान सन्दर्भमा यो अन्तर्राष्ट्रिय उपलब्धि महत्वपूर्ण रहेको छ।

यसले नेपाली अटोमोबाइल बजारमा प्रवेश गरिरहेको प्रोटोन ई.मास ५ को विश्वसनीयता र बजारप्रतिको आकर्षणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपालमा प्रोटोन सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा लि नेपाली ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका सवारी साधन तथा नवीनतम मोबिलिटी समाधान उपलब्ध गराउन प्रतिबद्ध छ।

प्रोटोन मलेसियासँगको सहकार्यमा कम्पनीले बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई भरपर्दो र सहज सवारी स्वामित्वको अनुभव प्रदान गर्ने लक्ष्यसहित नेपालमा प्रोटोनको उपस्थिति थप सुदृढ बनाउँदै आएको छ।

प्रोटोन ई.मास ७ को सफल परिचयपछि प्रोटोन ई.मास ५ को आगमन नेपालमा कम्पनीको विद्युतीय मोबिलिटी विस्तारको अर्को महत्वपूर्ण कदम हो।

विद्युतीय सवारीको प्रयोगप्रति जनचेतना र उपभोक्ताको विश्वास अभिवृद्धि गर्दै विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई नेपाली उपभोक्तामाझ अझ नजिक पुर्‍याउने लक्ष्य जगदम्बा मोटर्सले राखेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०७:५९
##proton #motors #jagdambamotros #proton
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
मर्दीकाे मनमाेहकतामा रम्दै पर्यटक
मर्दीकाे मनमाेहकतामा रम्दै पर्यटक सोमबार, कात्तिक २३, २०८३
जापानी खानासँगै संस्कृतिको उत्सव
जापानी खानासँगै संस्कृतिको उत्सव शनिबार, कात्तिक २१, २०८३
कोका-कोलाले ल्यायो ‘भरौँ खुसी’ दशैँ अभियान
कोका-कोलाले ल्यायो ‘भरौँ खुसी’ दशैँ अभियान शुक्रबार, असोज ३०, २०८३
उदयपुर मासुमा आत्मनिर्भर, सुँगुर/बंगुर उत्पादनमा अग्रस्थान
उदयपुर मासुमा आत्मनिर्भर, सुँगुर/बंगुर उत्पादनमा अग्रस्थान बिहीबार, असोज २९, २०८३
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता
महालक्ष्मी विकास बैंक र केटीएम सिटीबीच सम्झौता बुधबार, असोज २८, २०८३
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी शनिबार, असोज २४, २०८३
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट शुक्रबार, असोज २३, २०८३
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा
ध्वजावाहक अलपत्र, सरकार र सांसद भाडाको राजनीतिमा शुक्रबार, असोज २३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ 'नामी' ले दिएको पुनर्जन्म
  • नंः २ 'नामी' सहयात्रा : अक्षरमा अभिव्यक्त अनुभूतिसँग शाब्दिक आत्मियता
  • नंः ३ 'पिंक प्रमिस-आशाको आवाज' काे क्यान्सर सचेतना कार्यक्रम
  • नंः ४ राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड
  • नंः ५ प्रेसमाथि बालेनको प्रहारः नयाँ सत्ता, पुरानै दमन
विचार
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति
मेरो आत्मीय सम्बन्ध र जीवनका अनुभूति NamiNews- नामीन्यूज
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु
एक्स्प्रेस ‘वे’ को सरकारः गति होइन, गन्तव्यमा पुग्नु विदुर कटुवाल
'नामी' ले दिएको पुनर्जन्म
'नामी' ले दिएको पुनर्जन्म प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Bidur Katuwal Executive Editor
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्