Top Navigation
Main Navigation
सोमबार, फागुन ११, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, फागुन ११, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • म्यादी प्रहरीलाई सम्मानपूर्वक विदाई
म्यादी प्रहरीलाई सम्मानपूर्वक विदाई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ ६, २०७९
Myadi Prahari

काठमाडौ । स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले औपचारिक कार्यक्रमको आयोजना गरी १ हजार २९६ म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो।

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

Myagdi Prahari -21653057199.jpgराज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गर्दै साथै उनले सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्नेसमेत विश्वास दिलाएका थिए।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको धारणा राखेका थिए।

म्यादी प्रहरी बिदाइ कार्यक्रममा प्रशिक्षक, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई जिल्ला प्रशासन कार्यालयले प्रसंशापत्र समेत प्रदान गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको छ। पहिलो किस्तामा ४० दिनको रासन भत्ताबापत ४ हजार २ सय, भ्रमण भत्ता १ हजार २ सय र पोशाक भत्ताबापतको ६ हजार बैंक खातामार्फत भुक्तानी भइसकेको छ भने दोस्रो किस्ता ३२ हजार ४ सय कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको जनाइएको छ।

म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ । बिदाइ कार्यक्रममा जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  २०:१३
##MyadiPrahari
प्रतिक्रिया दिनुहोस्
थप समाज
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
आज देशभर २६३औँ सेना दिवस मनाइँदै
आज देशभर २६३औँ सेना दिवस मनाइँदै आइतबार, फागुन ३, २०८२
आम्दानीको स्रोत बन्दै अटोरिक्सा
आम्दानीको स्रोत बन्दै अटोरिक्सा आइतबार, फागुन ३, २०८२
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ शनिबार, फागुन २, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
  • नंः २ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ३ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ४ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ५ नामी साप्ताहिक
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्