इलाम । सूर्योदय नगरपालिका इलामको प्रमुख पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भएका छन्।
प्रदेश १ प्रदेशसभाबाट राजीनामा दिएर उम्मेदवारी दिएका कागतेलाई नेकपा एकीकृत समाजवादीका पूर्व प्रमुख रणबहादुर राईले पराजित गरेको हो।
नेकपा एकीकृत समाजवादीका राईले १२ हजार ४ सय ३१ मत ल्याएका थिए भने कागतेले १० हजार ५ सय ७९ मत ल्याएका हुन्।
नेकपा एमालेका काउम्मेद्वार कागतेलाई १ हजार ८ सय ५२ मतान्तरले पराजित भएको हो ।
राई यसअघिका सुर्योदय नगरपालिकाको प्रमुख पदमा थिए भने उनी गठबन्धनको सहयोगमा पुनः मेयर पदमा निर्वाचित भएका हो।
त्यस्तै, उप प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी थिइन्।
प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९ १४:५४