Top Navigation
Main Navigation
शनिबार, साउन ११, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन ११, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अब भने ६८ वर्षमै वृद्धभत्ता पाइने
अब भने ६८ वर्षमै वृद्धभत्ता पाइने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ १५, २०७९
Briddha Bhatta

काठमाडौँ । नेपालमा सरकारले वृद्धवृद्धालाई भत्ता दिने व्यवस्था गरेको तीन दशक पुग्न लागेको छ । 

उक्त अवधिमा विभिन्न समयमा गठन भएको सरकारले पटकपटक वृद्धभत्ता बढाउँदै आएको छ।

यसपटक आर्थिक वर्ष २०७९/०८० को बजेटमा भने भत्ता नबढाई २ वर्ष उमेर घटाएर भत्ता उपलब्ध गराउने घोषणा गरिएको छ। अब भने ६८ वर्षमै वृद्धभत्ता प्राप्त गर्न सकिने छ । 

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै वृद्धभत्ता पाउने उमेरको दायरा बढाई ६८ वर्ष कायम गरिएको जानकारी दिएका हुन्। यसअघि सरकारले ७० वर्षमा मात्रै वृद्धभत्ता उपलब्ध गराउँदै आएको थियो। 

Nepal Oil Corporation

सरकारले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिक, दलित ज्येष्ठ नागरिक, लोपोन्मुख आदिवासी जनजाति, मानव विकास सूचकाङ्क न्यून भएका २५ जिलाका ५ वर्षसम्मका बालबालिका, दलित बालबालिका लगायतलाई उपलब्ध गराइने मासिक सुरक्षा भत्ता, औषधि उपचार, आर्थिक सहायतासमेतका लागि १ खर्ब ३५ अर्ब १ करोड बजेट विनियोजन गरेको पनि उनले जानकारी दिए।  

प्रस्तुत बजेटमा सामाजिक सुरक्षा र संरक्षणको अवधारणा अनुसार गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण कार्यक्रम, बाल्यावस्थामा खोप र आधारभूत शिक्षा, प्राविधिक सीप, युवावस्थामा शिक्षा र रोजगारी, वृद्धावस्थामा निःशुल्क उपचार, सम्मान र मर्यादित जीवनका लागि कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।  

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारका लागि प्रदान गर्दै आएको जीवनवृत्ति रकमलाई निरन्तरता दिइएको छ। राजनीतिक परिवर्तनका क्रममा घाइते भएकाहरुको  जीवन निर्वाह भत्तालाई पनि सरकारले निरन्तरता दिएको छ। 

भत्ता नलिने स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारद्वारा सम्मान गरिने जनाइएको छ। उक्त कार्यक्रमलाई यथार्थपरक र वस्तुनिष्ठ बनाउन एकद्वार प्रणालीबाट सञ्चालन गर्नका लागि सामाजिक, आर्थिक सूचनासहितको एकीकृत लागत राख्ने व्यवस्था मिलाइने जनाइएको छ ।  

सामाजिक सुरक्षा कोषको रकम कामदारको स्वास्थ्य उपचार सन्ततिको शिक्षा र परिवारको बीमामा उपयोग गरिने भएको छ। कोषको रकमा व्यवसाय सञ्चालन गर्न र व्यावसायिक सीप विकासका लागि प्रयोग गरिने छ। 

कोषलाई दिगो बनाउने र त्यसको रकम उत्पादनमूलक तथा पूर्वाधारलगायतका क्षत्रेमा लगानी गर्न कानूनी प्रबन्ध गरिने भएको छ। 

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वनयमा जोड दिनाका साथै वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकहरुलाई कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्न व्यवस्था मिलाइने छ। 

कुन बेला कति बनाइयो वृद्धभत्ता ?

नेपालमा पहिलो पटक आर्थिक वर्ष २०५१/०५२ को बजेटमार्फत वृद्धभत्ता उपलब्ध गराउन सुरु गरिएको थियो। त्यो बेला पहिलो कम्युनिष्ट पार्टीका नेता मनमोहन अधिकारी प्रधानमन्त्री थिए। तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी अर्थमन्त्री थिए। 

नौ महिने सरकारले ३३ नं बुँदामा ‘ज्येष्ठ नागरिकलाई वृद्धभत्ता’ शीर्षकमा ज्येष्ठ नागरिकलाई प्रतिमहिना १ सय रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो ।

त्यसपछि आर्थिक वर्ष २०५६/०५७ को बजेटमा नेपाली कांग्रेस नेतृत्वको सरकारले भत्तालाई बढाएर १ सय ५० पुर्यायो। आव २०६१/०६२ को बजेटमार्फत वृद्धभत्ता प्रतिमहिना रु १ सय ६५ बनाउँदा पनि अधिकारी नै अर्थमन्त्री थिए।

आर्थिक वर्ष २०६५/०६६ को बजेटमार्फत डा बाबुराम भट्टराईले त्यसलाई बढाएर ५ सय पुर्याएका थिए। तत्कालीन अर्थमन्त्री नेपाली कांग्रेसका नेता डा रामशरण महतले आर्थिक वर्ष २०७२/०७३ को बजेटमार्फत भत्ता बढाएर १ हजार पुर्याएको थियो। आर्थिक वर्ष २०७३/०७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बढाएर २ हजार बनाएका थिए।  

आव २०७६/०७७ को बजेटमार्फत डा युवराज खतिवडा अर्थमन्त्री हुँदा ३ हजार पुर्याइएको वृद्धभत्ता अध्ययादेशमार्फत आएको चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटले अध्यादेशमार्फत वृद्धभत्ता ४ हजार पुर्याइएको थियो। 

२०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले उमेर घटाउने योजना अघि सारेको थियो। त्यस बेला ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरिएको थियो। तर त्यसपछिको सरकारले उक्त निर्णय खारेज गरेको थियो। 
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २२:०६
##Allowances
प्रतिक्रिया दिनुहोस्
थप समाज
सहरबाट गाउँ फर्केर चार सय मुरी धान उत्पादन
सहरबाट गाउँ फर्केर चार सय मुरी धान उत्पादन बुधबार, साउन ८, २०८२
एक वर्षकाे अवधिमा महान्यायाधिवक्ता रमेश बडालले के के गरे ?
एक वर्षकाे अवधिमा महान्यायाधिवक्ता रमेश बडालले के के गरे ? आइतबार, साउन ५, २०८२
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल  शनिबार, साउन ४, २०८२
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना शुक्रबार, साउन ३, २०८२
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की शुक्रबार, साउन ३, २०८२
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’ बुधबार, साउन १, २०८२
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा बुधबार, साउन १, २०८२
काेहलपुरबाट १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ 
काेहलपुरबाट १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ  बुधबार, साउन १, २०८२
पाँच प्रदेशमा आज भारि वर्षाकाे पूर्वानुमान
पाँच प्रदेशमा आज भारि वर्षाकाे पूर्वानुमान बुधबार, साउन १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर
  • नंः २ कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
  • नंः ३ मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
  • नंः ४ कविता :  मेरो देश 
  • नंः ५ नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच सम्झौता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्