Top Navigation
Main Navigation
बुधबार, कात्तिक २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, कात्तिक २०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भोटो देखाएसँगै यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा सकियाे
भोटो देखाएसँगै यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा सकियाे
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ २१, २०७९
Machchhendranat Jatra

ललितपुर । कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ।

विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो।

गत वैशाख २१ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षको लागि जात्रा सकिएको हो।

Rato Machhendranath1654355510.jpg

Nepal Oil Corporation

लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिनको दिन भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा लतितपुर जिल्ला गुठीका प्रमुख हरिप्रसाद सुवेदीले भोटो देखाएको हो। 

भोटो जात्राको अवलोकनसँगै राष्ट्रपति विद्या देवी भण्डारीले कुमारीको हातबाट प्रसाद ग्रहण गरेका थिए।

उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा मात्रै नभई काठमाडौँ उपत्यकावासीकै सहभागितामा धुमधामका साथ मनाइँदै आएको छ ।

Rato Machhendranath Jatra 11654355574.jpg

विगत दुई वर्ष कोभिड-१९ का कारणले जात्रा नियमितरूपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा सम्पन्न भएको गुठीका प्रमुख सुवेदीले बताए। स्थानीयवासी हर्षित र उत्साहितरूपमा नै सहभागी रहेको सुवेदीले बताए।

ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ।
भोटो देखाउने काम सकिएसँगै देवतालाई बुङ्मती लगिएको छ।

देवता वर्षमा झण्डै आधा-आधा समय पाटन र बुङ्मती रहने गर्छन्। जात्रा समापन भयसँगै उक्त ऐतिहासिक भोटोलाई बुङ्मतीमा सुरक्षा घेरा दिएर राखिने पनि प्रमुख सुवेदीले बताए।

मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ। यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ, ऐतिहासिक महत्व सुनाउँदै प्रमुख सुवेदीले भने।

ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ।

रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासीसँग पनि जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेको किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको जानकार बताउँछन्।

गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ।

अहिले पनि पुल्चोकबाट गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ।

मच्छिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको छ। यस वर्ष झण्डै ५० लाख खर्च भएको कार्यालयले अनुमान गरेको छ।

मच्छिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ।

जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने गरेको पानेजु हेम बर्जाचार्यले बताए।

परम्परालाई तोड्दै पछिल्लो जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ। घरमा बुबा, हजुरबुबाले नसक्ने अवस्थामा सन्तानले उक्त जिम्मेवारी लिने गरेका छन्। सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उनले बताए। 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  २०:३२
##MachchhendranatJatra
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा सोमबार, कात्तिक १८, २०८२
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
  • नंः २ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ५ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्