काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैठौं राष्ट्रिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ।
उक्त छैठौं राष्ट्रिय महाधिवेशन काठमाडौको एभरेष्ट हाटेलमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” द्वारा उद्घाटन गरिएकाे हो।


महाधिवेशनलाई सम्बोधनको क्रममा उपराष्ट्रपति पुनले मुलुकको विकास र सम्वृद्धिका लागि सबै निकायमा भ्रष्टाचार न्युनीकरण, आर्थिक पारदर्शिता, सुशासन र जवाफदेहिता अनिवार्य भएको र यस कार्यमा लेखा व्यवसायीहरुको महत्वपूर्ण जिम्मेवारी भएको बताएका हुन्।
लेखाव्यवसायीहरु प्रति समाज, राष्ट्र, स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्योग व्यवसायी, सामजिक संघ संस्थाहरुको ठूलो अपेक्षा र विश्वास रहेकोले जनताको अपेक्षालाई सर्वोपरीमा राखेर काम गर्नुपर्ने बताएका थिए।


कार्यक्रममा नेपाल अडिटर्स एशोसिएसन (अडान) ले वित्तीय अनुशासनमा लेखापरीक्षकको जिम्मेवारी र पूरा गर्नुपर्ने दायित्वको सन्दर्भमा प्रशंसनीय रहदै आएको पनि बताएका थिए।
त्यस्तै माननीय महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपाल अडिटर्स एशोसिएसनको भुमिका सकारात्मक रहेको र मैले धेरै अघिदेखि नजिकबाट हेरिरहेको बताउदै आर्थिक क्षेत्रलाई शुसासन र सम्बृद्घ बनाउन लेखापरीक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताएका थिए।


नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले देशको आर्थिक अबस्था र लेखाव्यवसायका सवालमा आईक्यान सधै अडान र लेखापरीक्षकहरुसँग हातेमालो गर्दै अघि बढीरहेको बताए।
अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष मोहनराज रेग्मीले अडानको विगत र लेखापरीक्षकहरुका सवालमा अडानले २०६३ सालदेखि निरन्तर खेलेको भूमिकाका सन्दर्भमा प्रष्ट पारेका थिए।
२०७९ जेष्ठ २० र २१ गते (दुई दिन) आयोजित राष्ट्रिय महाधिवेशनमा अडानका देशभरका ५०० प्रतिनीधि र २०० पर्यवेक्षकहरुको सहभागीता रहेको थियो।
अडानको बन्दसत्रले संस्थाको सांगठनिक प्रतिबेदन, आर्थिक प्रतिबेदन र अगामी कार्ययोजना पनि पारीत गरेको छ।
साथै यस छैठौ महाधिबेशनले १९ बुदे घोषणापत्र जारी गर्दै अगामी ३ बर्षका लागि केदारनाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित गरेको छ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९ १५:०३