Top Navigation
  • Contact
Main Navigation
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन २७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सिठी नख पर्व र कुमार षष्ठी मनाइयो 
सिठी नख पर्व र कुमार षष्ठी मनाइयो 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ २२, २०७९
sithi nakha festival

काठमाडौ । राजधानी लगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारा र पानीका स्रोतको सफाइ गरी पूजा आराधना गरी सिठी नख पर्व मनाएका छन् ।

मार्कण्डेय लगायत पुराणमा सिठी देवताका रुपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नु पर्ने विषय उल्लेख गरिएको छ ।

संयोगले यो वर्ष सिठी नख पर्वका दिन जुन ५ अर्थात् विश्व वातावरण दिवस पनि परेको छ। पुराणको वचन अनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए।

sithi nakha1654432431.jpg

यस अवसरमा राजधानीलगायत देशभरका पानीका मुहानमा सफाइ गरिएको छ। यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मनाइएको छ।

नेवार समुदायबाट पानीको स्रोत सफाइ सिकेकाले पनि यो पर्व मनाएका छन्। संयुक्त राष्ट सङ्घले वातावरण दिवस मनाउन थालेको ५० वर्ष भयो । तर आदिकालदेखि नै सिठी नख पर्व मनाउने गरिन्छ। सिठी नखमा विशेषगरी पानीका मुहानको सफाइ गरिन्छ।

ज्येष्ठ शुक्ल षष्ठीकै दिन मनाइने कुमार षष्ठी पर्व पनि आज देवताहरूका सेनापति कुमार कार्तिकेयको पूजा आरधना एवं व्रत गरी मनाइएको छ। सत्य युगमा महादेवका ज्येष्ठ सुपुत्रका रुपमा कुमार कार्तिकेय जन्मिएको सम्झनामा उनको पूजा आरधना गरी यो पर्व मनाउने गरिएको हो।

षष्ठीबाट अपभ्रंश भएर कुमार कार्तिकेयलाई सिठी पनि भनिन्छ। शिव पार्वतीले पृथ्वी घुमेर आउनेलाई पहिलो पूजा गर्ने रीत बसाल्ने घोषणा गरेपछि कुमारले आफ्नो वाहन मयूर चढेर ब्रह्माण्डको परिक्रमा गरे पनि गणेशले विश्वब्रह्माण्ड भनेकै शिव पार्वती भनी पहिलो पूजाको अवसर पाएको कथा पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ।

गणेशपछि भने कुमारको पूजा गर्ने गरिन्छ। गणेशकुमाराभ्यां नमः भन्ने वाक्यले दुवैको पूजा गरिने उनले बताए। यस दिन ६ थरीका पूजा सामग्रीले सिठी नखको पूजा आराधना गरिन्छ।

६ वटा पात भएको कमलको फूल, मास, मुगी, केराउ, चामलको पिठो, गहुँको पिठो, कुमकुम आदिबाट बनाइएका खाद्य पदार्थ, ६ थरी व्यञ्जनका साथ सिठी नखको पूजा आराधना हुन्छ।

यसअघि कुनै कारणवश कूल पूजा गर्न रोकिएकाले आजैका दिन गर्ने चलन छ। यो चलन विशेषगरी नेवार समुदायमा बढी छ। 

पानीको पूजा आराधना गरी आजैदेखि रोपाइँको शुरुआत् हुने भनाई समेत छ। यस दिन स्थान विशेष अनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ।

पद, धन र मानको हानी भएका व्यक्तिले यस दिन व्रत गरी पूजा आराधना गरेमा गुमेको स्थान फिर्ता हुन्छ भन्ने विश्वास समेत छ।

यस पर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका मानिस युद्ध गरेको नाटक गर्ने परम्परा थियो। लडाइँमा चोटपटक लागी मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइ छ।

ज्येष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नघल टोलमा रहेको कुमार कार्तिकेय (सिठी देवता) को मन्दिरमा पूजा सामग्री सहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ।

ज्येष्ठ शुक्ल सप्तमीको दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी शहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ।

काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा ६ वटा टाउको भएको कार्तिकेयको मूर्ति छ। त्यो मूर्तिले कुमारका ६ शक्तिको चारित्रिक प्रभाव दर्शाउने जनाइएको छ।

कुमारका ६ टाउका भएकाले ६ प्रकारका सामग्री एवं नैवेद्यले पूजा गर्ने चलन बसेको भन्ने भनाइ छ।
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १८:१३
##SithiNakha
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्