Top Navigation
Main Navigation
बुधबार, साउन ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • जयतु संस्कृतम् दिवसकाे शुरुवात  
जयतु संस्कृतम् दिवसकाे शुरुवात  
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, असार १, २०७९
Jayatu Sanskritam Day

काठमाडौँ । आज असार १ गते जयतु संस्कृतम् दिवस । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको सो आन्दोलन पछि जहानियाँ राणा शासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो ।

राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैल्याउने काम भएको थियो । यसले कुना कन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।

Nepal Oil Corporation

देशका विभिन्न भाग हुँदै विद्यार्थी भारतको वनारस पुगेका थिए । राणा शासनको अन्त्य गर्न वनारसमा बसेर प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहेका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएको थियो।

त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा २०५५ सालमा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरुप दिई विधिवत्रुपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागतरुपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो।

यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्र्यापण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिएका हुन्। दिवसका अवसरमा पदयात्रासमेत गर्ने कार्यक्रम रहेको उनले बताए।

दिउँसो दरबार हाईस्कुलको एउटा हलमा संस्कृतका विषयमा छलफल गरिने कार्यक्रम रहेको संस्थाले जनाएको छ भने बेलुकी भने जुम प्रविधिका माध्यमबाट जयतु संस्कृतम् संस्थाले विभिन्न राजनीतिक दलका नेतालाई राखेर छलफल गर्ने भएको छ।
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  ०७:४८
##JayatuSanskritam
प्रतिक्रिया दिनुहोस्
थप समाज
सहरबाट गाउँ फर्केर चार सय मुरी धान उत्पादन
सहरबाट गाउँ फर्केर चार सय मुरी धान उत्पादन बुधबार, साउन ८, २०८२
एक वर्षकाे अवधिमा महान्यायाधिवक्ता रमेश बडालले के के गरे ?
एक वर्षकाे अवधिमा महान्यायाधिवक्ता रमेश बडालले के के गरे ? आइतबार, साउन ५, २०८२
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल  शनिबार, साउन ४, २०८२
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना शुक्रबार, साउन ३, २०८२
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की शुक्रबार, साउन ३, २०८२
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’ बुधबार, साउन १, २०८२
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा बुधबार, साउन १, २०८२
काेहलपुरबाट १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ 
काेहलपुरबाट १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ  बुधबार, साउन १, २०८२
पाँच प्रदेशमा आज भारि वर्षाकाे पूर्वानुमान
पाँच प्रदेशमा आज भारि वर्षाकाे पूर्वानुमान बुधबार, साउन १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर
  • नंः २ कलाकार फाजु बाबाको उपचार्थ आर्थिक सहयोगको अपिल 
  • नंः ३ मोतिराज खनाल र राधिका हमालकाे सशक्त आवाजमा "छड्के कपाल किन कोरेको" तीज गीत सार्बजनिक
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्