Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • वेलकानगरबासीकाे आवाज : हामी बाढीको चपेटामा छाैं
वेलकानगरबासीकाे आवाज : हामी बाढीको चपेटामा छाैं बेलकाको वानडाँडा र भागलपुर क्षेत्रका जनता बाढीको उच्च जोखिममा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार ५, २०७९
Belaka Municipality

उदयपुर । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा-१ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन्।

बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन्।

वेलका-१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्छन्, “गत चार वर्षअघि गिदेरी खोलाको कटानले घरखेत नष्ट गर्याे, तर नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण हुन नसक्दा यस वर्ष पनि बाढीको चपेटामा छौँ।” 

चार वर्षअघि बेलका नगरपालिका-१ बानडाँडा र २ का भागलपुर क्षेत्र तथा तपेस्वरी क्षेत्रमा झण्डै ६०० घरपरिवार स्थानीय गिदेरी खोला, खहरे खोलासहितको बाढी कटानका कारण विस्थापित भएका थिए।

सम्बन्धित निकायले नदी नियन्त्रण गर्न वा तटबन्धन निर्माणमा ध्यान नदिँदा यसपटक पनि भीषण वर्षा हुने अवस्था रहेका कारण आफूहरू बाढीको उच्च जोखिममा रहेको वेलका भागलपुरका स्थानीयवासी धनप्रसाद निरौलाको गुनासो छ।

निरौलाका अनुसार चार वर्षअघि भागलपुर क्षेत्रमा मात्र झण्डै ५० घर बाढीबाट वर्षायाममा विस्थापित भएको र ५०० घर प्रभावित भएको थियो।

तर अहिले पनि नदी नियन्त्रण तथा स्थायी तटबन्धन निर्माणमा सम्बन्धित जनप्रतिनिधि र जिल्ला दैवी प्रकोप समितिले उचित ध्यान नदिएका कारण बस्ती बाढीकोे उच्च जोखिममा परेको उजले बताए।

तीन वर्षअघि पनि स्थानीय नदीमा बाढी आउँदा नेपाली सेनाले अस्थायी तटबन्धन निर्माण गरिदिएको थियो। सोही कारण हालसम्म सुरक्षित रहेको तर गत वर्षदेखि फेरि अस्थायी तटबन्धन भत्कन थालेपछि आफूहरू असुरक्षित हुन परेको बानडाँडाका अर्का स्थानीय राजकुमार बस्नेतले बताए।

बस्नेत भन्छन्, “नदी क्षेत्रमा स्थायी बाँध तथा तटबन्धन छैन, अहिले दैनिक वर्षाका कारण नदीको बहाव बढेर आउन थालेको छ। गाउँका ६०० घरपरिवार रात्रिका समयमा बाढीको डरले नसुतीकन रात काट्ने गरेका छन्।”

अहिले दैनिक वर्षा हुन थालेको र नदीको बहाव बढ्न थालेकोले खोला नदीमा बाढी आउन सुरु गरेको छ। कुनबेला गाउँमा बाढी प्रवेश गरेर बिगार गर्ने हो भन्ने खतरामा आफूहरू रहेको वानडाँडा तथा भागपुरवासीले दुःखेसो गर्दै आएका छन्।

प्रशासन तथा स्थानीय तहले बाढी आएर क्षति गर्याे भने दुई/चार केजी चामल र एक/दुई वटा भाँडा त्रिपाल मात्र बाँड्न आउने गरेको तर आफूहरूका क्षेत्रमा नदी कटान नियन्त्रण गर्न पहल भने नगरेको गुनासो आम वानडाँडाका बासिन्दाको गुनासो छ।

यस वर्ष पनि व्यापक वर्षा हुन थालेपछि स्थानीय खोलानाला र नदीमा पानीको बहाव बढ्न थालेका कारण बेलकाको वानडाँडा र भागलपुर क्षेत्रका जनता बाढीको उच्च जोखिममा रहेका छन्।

सम्बन्धित प्रशासन स्थानीय तहका सरकारसहित जिल्लाका जनप्रतिनिधिले जनताको जीउधन सुरक्षाका लागि बेलैमा सोच्नुपर्ने बेला आएको यस क्षेत्रका आम जनताको बुझाइ रहेको छ। 
 

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १३:०८
##BelakaMunicipality
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्