Top Navigation
Main Navigation
बुधबार, साउन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, साउन १, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मदन भण्डारीको ७१औँ जयन्ती : राष्ट्र निर्माणमा ‘जबज’ को आधार
मदन भण्डारीको ७१औँ जयन्ती : राष्ट्र निर्माणमा ‘जबज’ को आधार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असार १३, २०७९
Madan Bhandari.jpg

काठमाडौ । आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ।

तीक्ष्ण क्षमता र बहुमुखी प्रतिभाका धनी जननेता भण्डारीलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादकका रुपमा नयाँ पुस्ताले सम्मानभाव व्यक्त गरेको छ।

मौलिक विचारसहित समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पुर्याउने जननेता भण्डारीको ७१औँ जन्मजयन्ती (असार १४) का सन्दर्भमा लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतालाई आत्मसात् गर्दै कम्युनिष्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थितिअनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हितको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक सङ्घर्ष गर्न नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता भण्डारीको देन विशिष्ट रहेको छ।

भण्डारीले नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै माक्सवाद-लेलिनवादको सिर्जनात्मक प्रयोगका रूपमा विसं २०४९ माघ (१४-२०) मा सम्पन्न पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ कम्युनिष्ट पार्टीको लोकतान्त्रिकीकरणका लागि पृथक र लोकप्रिय मानिन्छ। ‘जबज’ लाई शान्तिपूर्ण र लोकतान्त्रिक पुँजीवादी क्रान्ति हुँदै समाजवादको लक्ष्यमा क्रमशः जाने प्रमुख आधारशीला मानिन्छ ।

Nepal Oil Corporation

वाम वुद्धिजीवी डा बद्रीविशाल पोखरेलले ‘जबज’ आमश्रमजीवी जनताको सर्वाङ्गीण हितका लागि ल्याएको विश्व दृष्टिकोण भएको र यसले श्रमको अधिकतम उपयोग गर्दै श्रमलाई सीपसँग जोडेर विकासको प्रतिफल दूरदराजका जनतासम्म पारदर्शीरुपमा हस्तान्तरण गराउने सोच बोकेको बताएका छन्। त्यसबेला ‘सङ्घीयता’ शब्दको प्रयोग नभए पनि विकेन्द्रीकरणलाई जनतालाई आर्थिक, नैतिक, सांस्कृतिक र सबै हिसाबले स्वतन्त्र र आत्मनिर्भर बनाउन जबजको सान्दर्भिकता रहेको डा पोखरेलको भनाइ छ ।

‘जबज’ को विचारलाई मार्गदर्शक सिद्धान्त मान्ने एमाले मात्रै होइन, एमालेसँग २०७५ जेठ ३ गते एकता गरेर हाल पूर्ववत पार्टीमा फर्किएको नेकपा (माओवादी केन्द्र) ले अपनाएको एक्काइशौँ शताब्दीको जनवाद र जबजका १४ विशेषता तथा हाल ती पार्टीहरूले लिएको वैचारिक नीति, कार्यक्रम र समाजवादको लक्ष्यका सन्दर्भमा अनेक समानता भेटिन्छन्।

शीर्ष नेताको स्वार्थ नमिलेका कारण एमालेबाट गतवर्ष चोइटिएर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) ले जबजकै विचारलाई स्पष्टतः अँगालेको छ । जबजका मुख्य १४ विशेषतामा संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य-मान्यतामा प्रतिबद्ध हुनु आदि पर्दछन्।

बहुदलीय प्रतिस्पर्धाको विचारको निरन्तरतामा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ।सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षता जस्ता उपलब्धिहरू हासिल भएको छ।

माक्सवाद-लेनिनवादको मार्गदर्शन, नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तात्कालिन कार्यक्रम जनताको जनवादजस्ता विषयले पार्टी एकताको वैचारिक, राजनीतिक जग निर्माण गरेकामा ती सबै पार्टीका नेताबीच विमति देखिँदैन।

नेता भण्डारीको ७१औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेका साताव्यापी कार्यक्रमका वक्ताहरुले पनि त्यही भावलाई व्यक्त गरिरहेका छन् ।

एमालेका महासचिव शङ्कर पोखरेलले प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवादमा जननेता भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्त देशको विकासका लागि दीर्घकालीन सोच र दूरदर्शितापूर्ण भएको टिप्पणी गरे भने मदन भण्डारी फाउण्डेशनले ‘युवाका दृष्टिमा जननेता भण्डारी’ विषयमा गराइरहेको भिडियो प्रतियोगिता वा गत वर्षहरूमा आयोजना गरेका निबन्ध र गीत प्रतियोगिता, सुशासन र समृद्धिका लागि सञ्चार तालीमजस्ता कार्यक्रममा युवाले भण्डारीको वैचारिकता राष्ट्र निर्माणको आधार र जग भएको भाव व्यक्त गरिरहेका फाउण्डेशनकी सचिव पेम्बा लामाको भनाइ छ।

भण्डारीको जन्मजयन्तीलाई साताव्यापीरुपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ। नेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उनको व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर र प्रवद्र्धन गर्दै आएको छ ।

फाउण्डेशनका सचिव लामाका अनुसार साताव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार मदन भण्डारी कलेजमा छलफल शृङ्खला र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । छलफल कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेको थियो।

असार ११ गते कीर्तिपुरमा प्राज्ञिक अन्तरसंवाद, १२ गते सञ्चारकर्मीसँग अन्तक्र्रिया र १३ गते नेपालमा सडक सुरक्षाबारे संवाद सम्पन्न भयो। मूल कार्यक्रम असार, १४ गते राष्ट्रिय सभागृहमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने गरी तय गरिएको छ ।

सोही दिन ‘जबज : राष्ट्र निर्माणको आधार’ विषयमा प्रवचन पनि हुँदैछ। सोही कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण हुनेछ भने असार १५ गते राष्ट्रिय गीत तथा ‘श्वेतशार्दुल’ को पाँचौँ अङ्कको सार्वजनीकरण र असार १६ गते लोकतान्त्रिक आन्दोलनाका योद्धालाई सम्मान गरिनेछ।

विसं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको निधन भएको थियो।

मदन-आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक २ वर्ष अगाडि विसं २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टीको एकीकरण भएको र हाल नेकपाबाट तीन वटा पार्टी विभाजित भए पनि वैचारिक ध्रुवका दृष्टिले ती दल धेरै टाढा छैनन्।

मेधावी मदनको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा पिता देवीप्रसाद भण्डारी र माता चन्दकुमारीको कोखबाट भएको थियो। विसं २०२८ मा वनारसमै पुष्पलालसँग भेटे मोर्चा तयार गरेका भण्डारीले त्यही साल भएको फागुन २१ मा झापा विद्रोह र पाँच सहयोद्धाको साहदतपछि उनको क्रान्तिकारी यात्राले गति लिएको थियो।

विसं २०४८ मा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसका संस्थापक नेता तथा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौँ क्षेत्र-१ बाट प्रतिनिधिसभा सदस्यमा जितेपछि मदन विश्वभर फिजिएको थियो।

अमेरिकाको ‘न्यूज वीक’ ‘कार्ल माक्र्स लाइव इन नेपाल’ भनेर समेत लेखेको थियो ।
 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  २१:३०
##madanbhandari
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ?
भिजिट भिसामा सेटिङ्गकासाथ गएका प्रमाणहरु सार्बजनिक हुँदासम्म पनि सरकार मौन किन ? मंगलबार, असार ३१, २०८२
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड
मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाए जस्तै, भ्रष्टाचार गर्न दिन्छु, भ्रष्टाचारीलाई बचाउँछु भनेको सावित भएको छ : प्रचण्ड सोमबार, असार ३०, २०८२
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न?
तीन वटै तहका सरकारलाई अमरेशको प्रश्नै प्रश्न? आइतबार, असार २९, २०८२
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह
अख्तियार नाउको लागि अफिस खुल्या छ, भ्रष्टाचारीलाई कारवाही गर्दैन : अमरेशकुमार सिंह बुधबार, असार २५, २०८२
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा
विद्याका विरुद्ध ओली-देउवा एउटै मोर्चामा बुधबार, असार २५, २०८२
हिजो प्रतिपक्षमा हुँदा जीबी राईलाई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुक्यो ? जीबी राई चाहियो यहाँ !
हिजो प्रतिपक्षमा हुँदा जीबी राईलाई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुक्यो ? जीबी राई चाहियो यहाँ ! मंगलबार, असार २४, २०८२
त्रिवि सिनेट बैठक स्थगित गरेर प्रधानमन्त्री ओली पुल उद्घाटनमा 
त्रिवि सिनेट बैठक स्थगित गरेर प्रधानमन्त्री ओली पुल उद्घाटनमा  आइतबार, असार २२, २०८२
मन्त्रिपरिषदले गरेका निर्णयहरु
मन्त्रिपरिषदले गरेका निर्णयहरु सोमबार, असार १६, २०८२
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।। आइतबार, असार १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्