Top Navigation
Main Navigation
मंगलबार, कात्तिक ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, कात्तिक ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भाषा, साहित्य, संस्कृति र नाटक विधा मुलुकका गहना हुन् : प्रधानमन्त्री देउवा
भाषा, साहित्य, संस्कृति र नाटक विधा मुलुकका गहना हुन् : प्रधानमन्त्री देउवा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार २६, २०७९
Sher Bahadur Deuba

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताएको हो ।

प्रधानमन्त्री देउवाले मुलुकको समृद्ध भाषा, संस्कृति र सभ्यताका माध्यमबाट देश तथा विदेशमा राष्ट्रको पहिचान गराउन सफल हुने विश्वाससमेत व्यक्त गर्दै उनले भने, “भाषा, साहित्य, संस्कृति सङ्गीत, नाट्यकलालगायत विधा हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय गौरव हुन्। यसका माध्यमबाट स्वदेश तथा विदेशमा नेपालको विशिष्ट पहिचान बनाउन महत्वपूर्ण सहयोग पुग्दै आएको छ, भाषा संस्कृतिका सिर्जनात्मक अभ्यासमा योगदान गर्ने सर्जक र स्राष्टाको योगदानको कदर गर्नु राज्यको दायित्व पनि हो।” 

Nepal Oil Corporation

प्रधानमन्त्री देउवाले स्रष्टा र साधकको सम्मानबाट उनीहरुको कामको योगदान हुनाका साथै नयाँपुस्तालाई सिर्जनात्मक कार्यमा प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।

उनले पुरस्कृत प्रतिभाका माध्यमबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै यस क्षेत्रको विकासका लागि सरकार सदैव सहयोग गर्न तत्पर रहेको बताएका थिए।

प्रधानमन्त्री देउवाले सरबारले प्रदान गर्ने विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत स्रष्टा र साधकबाट मुलुकको श्रीवृद्धिमा थप प्रेरणा मिलोस् भनी कामना गरका थिए।

मन्त्रालयले विभिन्न नौ विधाका पुरस्कर ४३ स्रष्टालाई प्रदान गरेको छ। राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कर, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार तथा इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार प्रदान गरिएको हो ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १३:४०
##SherBahadurDeuba
प्रतिक्रिया दिनुहोस्
थप समाज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व
आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार पर्व आइतबार, कात्तिक ३, २०८२
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन
असोजमा कुल ३३ लाख ८२ हजार भेटी सङ्कलन आइतबार, कात्तिक ३, २०८२
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित
सिन्धुलीमा बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित शुक्रबार, कात्तिक १, २०८२
यस्ताे छ, आज देशभर मौसम 
यस्ताे छ, आज देशभर मौसम  शुक्रबार, कात्तिक १, २०८२
लाेकप्रिय समाचार
  • नंः १ अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
  • नंः २ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः ३ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः ४ कर सुधार कार्यक्रमको ऐतिहासिक सफलता: ५ वर्षमा करदाता सङ्ख्या दोब्बर
  • नंः ५ प्रेमिल भाइरल जुँगे र अनिता थापाको अनुपम प्रेमकहानी
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्