Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, असोज १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • ठूलो आर्थिक चलखेलमा यातायात कार्यालय सार्ने भएपछि स्थानिय र व्यवसायीको चर्काे विरोध
ठूलो आर्थिक चलखेलमा यातायात कार्यालय सार्ने भएपछि स्थानिय र व्यवसायीको चर्काे विरोध
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असार २६, २०७९
Yatayat

भक्तपुर । विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेर सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण कार्य गर्दै आएको ‘यातायात व्यबस्था कार्यालय’ थिमिस्थित राधेराधे माइक्रोबस पार्कमा सार्ने भएपछि बिरोध भएको छ।

यातायात व्यबस्था कार्यालय जगातीको प्राङ्गणमा आज स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायी संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक चलखेलका कारण नयाँ कार्यालय प्रमुख आउने वित्तिकै कार्यालय सार्ने भएको बताएको हो ।

सूर्यविनायक नगरपालिका-८ जगाती भक्तपुरमा २०७३ माघ २ गतेबाट सञ्चालनमा रहेको ‘यातायात व्यबस्था कार्यालय’ पाँच वर्षपछि राधेराधेस्थित माइक्रोबस पार्कमा रहेको भूकम्प अगाडि बनेको पुरानो घरमा सर्ने भएपछि यहाँका बासिन्दा एवं लेखापढी व्यवसायीले विरोध जनाएका छन् ।

Yatayat-331657463786.jpg

आज यातायात कार्यालयको प्राङ्गणमा स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायीले ठूलो आर्थिक रकमको चलखेलमा यातायात कार्यालय अनुपयुक्त घरमा सर्न लागेको भन्दै विरोध गरेका हुन् ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक लक्ष्मी कार्कीले सरकारी मापदण्डभित्रै रहेर पाँच वर्ष कार्यालय सञ्चालनमा रहेको अरनिको राजमार्गसँगैको घर छाडेर कार्यालयमा नयाँ प्रमुख नेत्र भट्टराई आए लगत्तै ठूलो रकमको चलखेल गर्दै कार्यालय सार्न लागेको बताए।

कार्यालयका प्रमुख भट्टराईसँग घरभाडा सम्झौता नविकरणमा आर्थिक लेनदेनको कुरा नमिलेपछि बिना सूचना र कोटेशन समेत आव्हान नगरी थिमिस्थित माइक्रोबस पार्कमा कार्यालय सार्नुले आर्थिक लेनदेनको चलखेल भएको पुष्टी भएको उनले बताए।

कार्यालयले कुनै पनि नयाँ घरमा जानु अगाडि निश्चित समय तोकेर सार्वजनिक सूचना जारी गर्नु पर्नेमा कुनै सूचना नै जारी नगरी एकलौटी रुपमा भाडा मूल्यांकन समितिलाई समेत प्रभावमा पारेर अनुपयुक्त घरमा कार्यालय सार्न लगाएको पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक कार्कीले आरोप लगाए।

कार्यालय सार्न खोजेको घर भूकम्प अगाडि बनेको, साँघुरो घर, मापदण्ड भन्दा साना कोठा एवं भर्याङ रहेको, पर्याप्त पार्किङ तथा खुल्ला ठाउँ नभएको र सेवाग्राहीका लागि उपयुक्त नहुने साँघुरो ठाउँमा कार्यालय लान लागेको भन्दै उनले स्थानीय व्यवसायी एवं लेखापढी व्यबसायीसँग समेत कार्यालय प्रमुखले मासिक रकम माग गरेको आरोप लगाए।  

जगातीमा कार्यालय स्थापना भएपछि कार्यालय प्रमुखका रुपमा आएका अनोज घिमिरे, किरण ढकाल, शशी शेखर महर्जन, राजकुमार कपालीको पालामा यही घर उपयुक्त भए पनि नयाँ कार्यालय प्रमुखका रुपमा भट्टराई आए लगत्तै कार्यालय भवन अनुपयुक्त भन्दै सार्ने चलखेल गरेको पत्रकार सम्मेलनमा व्यवसायी गोकूल वनले बताए।

मध्यपुरथिमिको राधेराधे (वागमती आयल स्टोर) पछाडि नै एक रोपनी जग्गामा ट्रलिबस कार्यालयको एकतले भवन र जग्गा हुँदाहुदै त्यो जग्गामा समेत कार्यालय नसारी बिधि र प्रक्रिया समेत पूरा नगरी कार्यालय सार्ने भएको उनको भनाइ छ । कार्यालय प्रमुख भट्टराई, सोही कार्यालयका अधिकृत छैठौँ प्रशासन शाखाका गोविन्द शिवाकोटी र कृष्ण निरौलासमेतको मिलेमतोमा आर्थिक चलखेलकै कारण घर भाडा मूल्याङ्कन समितिलाई समेत गलत निर्णय गर्न लगाएको लेखापढी व्यवसायीको आरोप छ ।

‘यसअघि यातायात कार्यालय एकान्त कुना ललितपुरमा समेत आर्थिक चलखेल गरेको र केही महिना अगाडि सेवाग्राहीको फाइल नै गायब बनाएर पुलमुनी फाइल भेटिएको जस्ता काण्डले विवादमा मुछिएर भक्तपुर सरुवा भएर आए लगत्तै यिनै भट्टराईले यातायात कार्यालय नै सार्ने गरि चलखेल सुरु गर्नुले पनि आर्थिक चलखेल भएको पुष्टी गर्दछ।’ संघर्ष समितिद्धारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ ।

त्यतिमात्रै नभई सेवाग्राहीका लागि रु. ४० मा सञ्चालन भइरहेको स्वास्थ्य परीक्षण कार्यको सम्झौतासमेत एकतर्फी रुपमा रद्ध गरेर कार्यालय प्रमुख भट्टराईले प्रति व्यक्ति रु. ६० लिने गरि अर्को पक्षलाई दिएको व्यवसायीले बताएका छन्।

पत्रकार सम्मेलनमा व्यवसायी शिवनारायण ग्वाछाले सरकारको लाखौको लगानी, यहाँ १०० भन्दा बढी व्यवसायीले सञ्चालन गरेको करोडांैको लगानीको व्यवसाय समेत नोक्शानमा परेको भन्दै उनले सेवाग्राहीलाई मर्कामा पर्ने गरि कार्यालय नै सार्नुले पनि आर्थिक चलखेल भएको पुष्टी हुने बताए।

सूर्यविनायक नगरपालिका-८ गुण्डुमा यातायात कार्यालयको आफ्नै भवन बनाउने प्रक्रिया सरकारले अगाडि बढाइसकेको र यहीँ वर्षबाट भवन निर्माण कार्य अगाडि बढाउने अबस्थामा केही वर्षका लागि कार्यालय सार्न खोज्नु रहस्यमय भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १९:२५
##yatayat
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्