Top Navigation
Main Navigation
बिहीबार, कात्तिक २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, कात्तिक २१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सप्तकोसीले धार सोझ्याउँदा उदयपुर र सप्तरी क्षेत्र प्रभावित
सप्तकोसीले धार सोझ्याउँदा उदयपुर र सप्तरी क्षेत्र प्रभावित
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन १८, २०७९
Saptakoshi River

काठमाडौँ । सप्तकोसी नदीले तीन दशकपछि आफ्नो पुरानै धार सोझ्याउँदा उदयपुरको बेलका नगरपालिका र का केही क्षेत्र प्रभावित हुन पुगेको छ ।

विगत केही दिनदेखि पूर्वकेन्द्रित मौसम बदलीका कारण भारी वर्षापछि कोसी नदीमा आएको बाढी आज बिहान ४ बजेदेखि उदयपुरको बेलका नगरपालिकाबाट बस्ती छिरेको हो ।

बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोच हुँदै कोसीले बस्तीतर्फको बाटो सोझ्यायो । पैतालीस सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । स्थानीय भन्छन्–“हिजो बाटो बिराएको भन्नु कि पुरानै बाटो पहिल्याएको ? आज आँगनमै बग्यो कोसी अब हाम्रो हालत के हुने हो ?”

यसरी ३४ वर्षपछि कोसीले पुरानै धार सोझ्याएको छ । स्थानीयको स्मरणमा २०४५ सालको भूकम्पपछि कोसीले बाटो बिराएर आफ्नो धार अन्यत्रै सोझ्याएको थियो ।

Nepal Oil Corporation

त्यसपछि त्यस्तै २०५०/५२ सालतिरबाट त्यस क्षेत्रमा बस्ती बस्न सुरु भएको थियो । अहिले त्यहाँ भरिभराउ घर छन् । यहाँको जनसङ्ख्या १८ हजारभन्दा बढी पुगिसकेको छ । अब अहिले आएर कोसीले फेरि उही पुरानो भङ्गालो पछ्यायो र बस्तीभित्रै छिर्याे ।

यसका कारण त्यस आसपास क्षेत्रका झण्डै २ हजार परिवार प्रभावित हुन पुगेका छन् । प्रभावित स्थानीयको उद्धार कार्य जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिएका हुन् । उनका अनुसार अहिलेसम्म करिब १ हजार परिवारलाई उद्धार गरिएको छ ।

अझै केही परिवार उद्धारको पर्खाइमा रहेका र उनीहरुको सुरक्षाकर्मी, स्थानीय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धार जारी रहेको उनले जानकारी दिए । बेलका नगरपालिकाक-१, २, ८ र ९ वडामा कोसीको एउटा भङ्गालो पसेको छ ।

गत वर्ष पनि सोही क्षेत्रबाट कोसी बस्तीमा प्रवेश गर्न लागेको थियो । त्यसबेला अस्थायी तटबन्धले कोसी रोकिएको थियो तर यसपाली भने कोसी धार परिवर्नत गर्न सफल भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार सो क्षेत्रमा पानीको बहाव रोक्न भन्दै ३ हप्ताअघि २० लाख पठाएर काम गरिएको थियो ।

त्यहाँ बनाइएको छेकबारले केही काम गरे पनि त्यसको तल्लो भागबाट कोसी पसेको उनले जानकारी दिए। “विसं २०४५ अघि हिँडेको क्षेत्रबाट पुनः कोसी बगेको, त्यहाँको खेतीबाली पुरेको छ, घर पनि डुबानमा छन्, केही टापुमा मानिसहरु असुरक्षित रहेका जानकारी आएको र उद्धार जारी रहेको छ”, पोखरेलले भने, “उद्धार गरिएकाको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।” 

गृहमन्त्री बालकृष्ण खाणले आज बिहान मात्रै बस्ती स्थानान्तरदेखि उद्धार, राहत कार्य तीव्र बनाउन र आवश्यक परेमा हेलिकप्टर परिचालन गर्ने गरी तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको थियो ।

सोहीअनुसार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको जनाइएको छ । खाद्यान्न, टेन्ट, पिउने पानीलगायत सबै व्यवस्थापनका लगि परिचालन भइसकेको पनि पोखरेलले जानकारी दिए ।

सुरक्षाकर्मीले र्याफ्टिङको सहयोगमा मानिसको उद्धार गरिरहेको छ । आवश्यकतानुसार सशस्त्र प्रहरी, सेना तथा नेपाल प्रहरी परिचालन गरिएको छ । कटान भएको क्षेत्रमा बहाव कसरी रोक्न सकिन्छ भनेर आवश्यक गृहकार्यसमेत भइरहेको पनि पोखरेलले जानकारी दिए।

विगत केही दिनदेखिको भारी वर्षाले नेपालका अन्य केही जिल्लासमेत प्रभावित बनाएको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा बासस्थानको आवश्यक व्यवस्थापनमा समन्वयात्मक रुपमा कार्य भइरहेको जानकारी दिए।

मङ्गलबार चितवनस्थित नारायणी नदीमा समेत बहाव उच्च भएको थियो । पहिरो र गेगर खसेर नारायणगढ मुग्लिन सडक पटकपटक प्रभावित भइरहेको छ । कञ्चनपुर क्षेत्रमा समेत प्रभावित भएको प्राधिकरणले जनाएको छ।

डा भट्टराईका अनुसार मङ्गलबार म्याग्दीमा समेत ठूलो विपद्जन्य घटना भएको छ । त्यहाँ पाँच जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् ।

आज र भोलि बिहीबार पूर्वी नेपालमा वर्षा कम हुने अनुमान गरिएकाले पनि कोसीको बहाव घट्ने आशा गरिएको छ । उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादवले थप पानी परेन भने स्थानीयको व्यवस्थापनमा सहज हुने बताए । उनका अनुसार मानवीय र पशुजन्य क्षति हुन नदिन विशेष सावधानीका साथ उद्धार कार्य चलिरहेको छ ।

केही बस्तीका स्थानीय सर्न नमानेको र त्यस क्षेत्रमा स्थानीय प्रशासन र जनप्रतिनिधि पुगेपछि सार्ने क्रम जारी रहेको जनाइएको छ । अहिले भने पानी पर्ने क्रम रोकिएकाले उद्धार कार्यमा केही सहज भएको जनाइएको छ । उता कोसीको बहाव भने घटेको छैन ।

पश्चिम सर्दै वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट भने वर्षा हुने प्रणाली नेपालको पश्चिमतर्फ सरेको छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार उक्त प्रणाली पश्चिममा थप सक्रिय हुन थालेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा दक्षिणबाट उत्तरी क्षेत्रमा सरेको छ । पूर्वी क्षेत्रमा सरदर देखिन्छ ।

उक्त रेखा उत्तरतर्फ सर्नु भनेको नेपालको भू–भाग नजिक आउनु हो । यसरी उक्त रेखा नजिक आउनु भनेको त्यस क्षेत्रमा भारी वर्षा गराउने मनसुन प्रणाली सक्रिय हुनु हो । अहिले पूर्वमा सरदरमा झरेकाले वर्षा कम भएको हो ।

नेपालमा पछिल्लो पटक यही १० गतेबाट पूर्वी क्षेत्रमा उक्त न्यून चापीय रेखा सरदरस्थानमा आएको थियो । त्यसपछि उत्तर सर्दै नेपालतर्फ आयो । यसकारण साउन १२ बाट १७ गते साँझसम्म उत्तरतर्फ रहँदा नेपालको पूर्वी क्षेत्रमा बढी वर्षा मापन गरिएको थियो ।

यही वर्षाले कोसीको बहाव उच्च हुन पुग्यो । अहिले पूर्वबाट उक्त रेखा नेपालको पश्चिम क्षेत्र नजिक आएकाले त्यस क्षेत्रमा वर्षा बढी हुने अनुमान गरिएको छ ।

मनसुन भित्रिएसँगै ३५ को मृत्यु

गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो साल मनसुन सक्रिय भएदेखि (जेठ २२ पछि) विपद्जन्य घटनाबाट ३५ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता छन् ।

विभिन्न घटनामा परेर ३९ घाइते भएका छन् । देशका ४७ जिल्लामा विपद्जन्य घटना भएको छ । त्यसबाट ८२ घर पूर्ण र ६४ घरमा आंशिक क्षति पुगेको छ । यही साउन १६ यताका २ दिनमा विपद्बाट सात जनाको मृत्यु भएको जनाइएको छ ।

अनि याे पनि :

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १७:५१
##saptakoshi
प्रतिक्रिया दिनुहोस्
थप समाज
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा सोमबार, कात्तिक १८, २०८२
मुस्ताङमा मच्चायो बाढीले वितण्डा
मुस्ताङमा मच्चायो बाढीले वितण्डा शुक्रबार, कात्तिक १५, २०८२
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह
हिमपातले ढाक्यो, यात्रा नगर्न आग्रह मंगलबार, कात्तिक १२, २०८२
काठमाण्डूको गौरीघाटमा छठको तयारी
काठमाण्डूको गौरीघाटमा छठको तयारी शुक्रबार, कात्तिक ८, २०८२
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज
दाउन्ने सडकखण्डमा धूलो हटाएर राजमार्गलाई सहज सोमबार, कात्तिक ४, २०८२
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश
शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको शुभकामना सन्देश सोमबार, कात्तिक ४, २०८२
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु
तीन महिनादेखि  रोकिएको ‘ओभरपास’ निर्माण पुनः सुरु आइतबार, कात्तिक ३, २०८२
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु
पर्सामा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एककाे मृत्यु आइतबार, कात्तिक ३, २०८२
पाहुनाको रोजाईमा अरिङ्गाल
पाहुनाको रोजाईमा अरिङ्गाल आइतबार, कात्तिक ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपालमा नेप्सेप्रति बढ्दो उत्साह: युवामा लगानीको रहर
  • नंः २ सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
  • नंः ५ सेताम्मे हिउँ छिचोल्दै मिसन कोरला नाका यात्रा
विचार
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्