Top Navigation
Main Navigation
मंगलबार, माघ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, माघ १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • उदयपुरमा सप्तकोसी कटान, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन
उदयपुरमा सप्तकोसी कटान, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन १८, २०७९
Ministry of Home Affairs

उदयपुर । उदयपुरको बेलका नगरपालिका-१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ ।

पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ ।

सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेको छ । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनीसँग छलफल गरिएको हो ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएको हो ।

मन्त्री खाणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिएको छ । गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिए । कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।

विपद्मा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

कटानका कारण २ हजार ४ सय घरधुरी प्रभावित हुने बताइएको छ । कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ ।

केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १२:१७
##MinistryOfHomeAffairs
प्रतिक्रिया दिनुहोस्
थप समाज
नौ जिल्ला डढेलोको उच्च जोखिममा
नौ जिल्ला डढेलोको उच्च जोखिममा मंगलबार, माघ १४, २०८२
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ?
आज विदेशी मुद्राकाे काराेबार कतिमा हुँदै छ ? मंगलबार, माघ १४, २०८२
कस्ताे रहला आज र भोलि देशभर माैसम ?
कस्ताे रहला आज र भोलि देशभर माैसम ? मंगलबार, माघ १४, २०८२
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै
साउदी अरबसँग नयाँ श्रम सम्झौता हुँदै आइतबार, माघ १२, २०८२
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ?
अमेरिकी डलरको मूल्य उच्च, अन्यकाे कति ? शनिबार, माघ ११, २०८२
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप शुक्रबार, माघ १०, २०८२
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै
शून्य लागतमा ८ सय श्रमिक मलेसिया जाँदै शुक्रबार, माघ १०, २०८२
सशस्त्र प्रहरीकाे रजत महोत्सव विशेष समारोह 
सशस्त्र प्रहरीकाे रजत महोत्सव विशेष समारोह  शुक्रबार, माघ १०, २०८२
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा 
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा  मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
  • नंः २ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः ३ १६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
  • नंः ४ उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
  • नंः ५ नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा 
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्